प्रभातराज पाण्डे,

प्रायः मानिस आफ्नै लागि मात्र बाँच्छन् दार्शनिकहरू जीवनलाईजन्मदेखि मृत्युसम्मको अथक अर्थपूर्ण यात्राभन्छन् खाने, पिउने, सन्तान जन्माउने अन्त्यमा जीवन विसर्जन गर्नेहरूको संख्या धेरै हुन्छ कतिपय मानिस छरछिमेक, गाउँ, टोल अलि परका मानिसलाई पनि आफ्नै ठान्छन् गच्छेअनुसार उपकार गर्न खोज्छन्, गर्छन् उनीहरू आफ्नो परिवारको भन्दा राष्ट्रको हितमा समर्पित हुन्छन् विन्स्टन चर्चिलका शब्दमा उनीहरू उत्तम, अब्बल सराहनीय नागरिक हुन् राष्ट्रका लागि अहोरात्र सोच्ने काम गर्ने यस्ता व्यक्ति थोरै हुन्छन् उनीहरू सरकारलाई प्रश्न सोध्ने साहस गर्छन् नसोधिएका प्रश्नहरू खोतल्छन् राजनीति बिग्रियो, कूटनीति बिथोलियो अर्थव्यवस्था हुँडलियो भनेर चिया दोकानमा गन्थन गर्ने जनताले बेथिति सहेर बस्नुभन्दा सरकारका गलत कर्मको सशक्त विरोध गर्ने साहस गरे भने राष्ट्र सुरक्षित समृद्ध हुन सक्छ एकजना हजुरबा ससाना नातिनातिनीहरूलाई राति सुत्ने बेलामा दिनैपिच्छे नयाँनयाँ कथा सुनाउँथे महिनौँ दिन कथा सुनाउँदा बाजेको कथाभण्डार रित्तियो पुरानै कथा सुनाउँदा बाठा नानीहरू भन्थे, यो कथा हजुरले पहिले नै सुनाइसक्या हो बाजेलाई फसाद ¥यो उनले चरा उडेको कथा सुनाउँछु भन्दै नयाँ जुक्ति झिके केटाकेटीलाई फुस्ल्याउन खोजे


बूढा बाजे कथा सुनाउन थाले, एकजना राजा आठ÷दश जना सिपाही लिएर जंगलमा सिकार खेल्न गएछन् बाघ, भालु, चितुवा, हरिण, बँदेल, चित्तल, घोरल आदि केही नभेटेपछि उनले चरा मारेर भए पनि सिकारको धोको मेट्ने विचार गरेछन् एउटा ठूलो रुखमा हजारौँ चरा बसेका थिए राजाले हाँगाहाँगामा बन्दुक हान्दै एउटा चरा खसाले अर्को पनि खसाले तेस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौ, आठौ, नवौ, दशौ, गर्दैगर्दै एक हजार एक, एक हजार दुई, तीन, चार पाँच बूढालाई यत्तिकैमा कान्छो नातिले सिरकभित्रैबाट तिघ्रामा चिमोटेछ अइया .. किन चिमोट्छस् बद्मास केटो वृद्ध रिसाए नातिले अभिनय गर्दै प्रतिवाद ¥यो, राजाले ड्याम्म बन्दुक हानेर एउटा चरा खसाल्दा अरू चरा उडेर भाग्छन् कि ट्वाल्ल परेर रूखमै बसिरहन्छन् ? हामीलाई मूर्ख बनाउने हजुरबाले ? धत् हाहाहा केटो हाँस्यो अरू केटाकेटी पनि हाँसे नातिको प्रश्नले बूढा झस्किए नेपाली जनतालाई पनि मूर्ख ठानेर नेताहरूले दिनहुँ त्यस्तै कथा सुनाउँछन् तर चिमोटिदिने कोही छैनन् तसर्थ, राजनीति बिग्रियो, कूटनीति बिथोलियो अर्थव्यवस्था हुँडलियो भनेर चिया दोकानमा गन्थन गर्ने जनताले बेथिति सहेर बस्नुभन्दा सरकारका गलत कर्मको सशक्त विरोध गर्ने साहस गरे भने राष्ट्र सुरक्षित समृद्ध हुन सक्छ आफूले रुचाएको दलले राष्ट्रघात गर्दासमेत थप्पडी मार्ने जनताले चुनावमा प्रिय नेताको हबिगत देखेका छन् जघन्य अपराधी, डाँका, तस्कर, हत्यारा, घुस्याहा, विदेशीका एजेन्ट आदि केही कुमान्छेहरूलाई जिताउने जनताले मन परेको दललाई जिताए तर सत्य परास्त भयो न्याय, इमान, देशप्रेम, आदर्श, मूल्यमान्यता धुलिसात् भयो भोलि त्यस्ता कुमान्छेहरू अझ धनी होलान् तर गाउँ, नगर सबै उजाड बन्छन् राष्ट्र बर्बाद बन्छ विदेशीको थिचोमिचो बढ्छ राष्ट्रिय एकता खल्बलिन्छ


चीनका प्रसिद्ध इतिहासकार पान कु भन्छन्, असाधारण उपलब्धि सफलता प्राप्तिका लागि असाधारण व्यक्तिकै प्रतीक्षा गर्नुपर्छ प्राचीन कालदेखि सुयोग्य सम्राट् असल राजाहरूले दरबारमा ख्यातिप्राप्त विद्वान्विदूषीहरूको सल्लाह लिन्थे भारतमा निरक्षर सम्राट् अकबरले नवरत्न उपाधि दिएर राजनीति, कूटनीति, भूगोल, इतिहास, संगीत, साहित्य, आयुर्वेद, राष्ट्रिय सुरक्षा आदिका विज्ञहरूलाई सम्मानका साथ सल्लाहकार बनाएका थिए सम्राटको आशय बुझेर उनीहरू नसोधिएका प्रश्नहरूको पनि उत्तर दिन्थे सम्राट् अकबरका प्रिय मन्त्री थिए वीरबल उनको ज्ञान, चातुर्य, विद्वता क्षमताको सुवास देशदेशान्तरसम्म फैलिएको थियो भनिन्छ, उनी तत्काल हरेक प्रश्नको उत्तर दिन सक्थे वीरबल युवावस्थामै मन्त्री भए रानीले अकबारसँग गुनासो गरिन्, मेरो भाइलाई पो मन्त्री बनाउनुपथ्र्यो, वीरबललाई किन बनाउनु भयो ? राजाले जवाफ दिए, वीरबल बुद्धिमान् छन् तिम्रो भाइ बुद्धु रानीले ठुस्स पर्दै प्रश्न गरिन्, कसरी ? राजाले रानीको भाइ वीरबललाई डाके पहिले सालालाई आदेश दिए, बगैँचामा कुकुरको खोर कुकुरले बच्चा पाएको सुनेँ, के हो, मलाई सबै जानकारी चाहियो राजाको सालो (रानीको भाइ) दौडिदै गयो तीनवटा बच्चा रहेछन् भन्ने जवाफ दियो तीन÷चार पल्टसम्म राजाले कस्ता रंगका, भाले कि पोथी, कता फर्केका छन् भन्दै हेर्न पठाए वीरबललाई राजाले संवाद नसुन्ने ठाउँमा टाढै राखेका थिए अन्त्यमा वीरबललाई बोलाएर कुकुरबारे रिपोर्ट मागे उनले एकैपल्टमा सबै बेलिबिस्तार लगाए ... हो, यस्तै कारणले तिम्रो भाइभन्दा वीरबल बुद्धिमान् भनेको हुँ राजाले जवाफ दिएपछि रानी लज्जित भइन्


धेरै वर्षदेखि राजनीतिका नाममा ढाँट्ने, ठग्ने राष्ट्रघात गर्नेमध्ये कतिपयले नेपालमा यसपाली पनि चुनाव जिते कैयन् राजनीतिक प्रवञ्चक रहस्यमय पात्र परास्त भए सत्ता नपाउँदा राजतन्त्र ठिक सत्ता पाउँदा गणतन्त्र नै ठिक भन्ने अवसरवादीहरू पनि पराजित भए जनताले प्रत्यक्ष रूपमा प्रश्न नगरे पनि नसोधिएका प्रश्नको उत्तर आफै दिए माओवादीका एजेन्डा बोकेर आफ्नो पहिचान गुमाएका कैयन् नेता ठाउँठाउँमा हारे संसदमा प्रवेश गर्नै नहुने कैयन् पात्रहरूले पनि चुनाव जिते यस्ता घटनाले मतदाताहरूको क्षमता, योग्यता इमानदारीको परीक्षा लिइरहन्छन् भारतमा प्रधानमन्त्री जवाहरलाल नेहरूको मृत्युपछि बिस्तारै नक्सलाइट (नक्सलपन्थी) आन्दोलन चर्किंदै गयो मेची नदीबाट पाँच किलोमिटर पूर्वमा पर्ने नक्सलबाडी बजारबाट फैलिएको हुँदा त्यसलाई नक्सलाइट भनियो चारु मजुमदार, कानु सन्याल जंगल सन्थाललायतका नेता थिए आन्दोलनमा झापामा आएर उनीहरूले कैयन् युवकयुवतीलाई राजनीतिक प्रशिक्षण दिए नक्सलवाडी, सिलीगुडीलगायत ठाउँबाट आएका भूमिगत (अन्डरग्राउन्ड) कम्युनिस्ट नेताहरूले नेपालमा आफू लुक्ने वातावारण बनाए तत्कालीन प्रशासनले झापामा फैलिएको विद्रोह निर्ममतापूर्वक दमन ¥यो नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुँइकेल आदि युवक मारिए प्रारम्भिक दिनहरूमा नेपाली कांग्रेस कम्युनिस्ट पार्टीको मलजल भारतमै भएको हो २०६२/६३ सालको आन्दोलन मात्र होइन, माओवादी विद्रोहको डिजाइन पनि दिल्लीमै भएको थियो


भारतका फिल्ड मार्सल मानेक शाको शाम मानेक शाः म्यान एन्ड हिज टाइम्स नामक जीवनवृत्तान्तमा लेखिएको , सन् १९७० को दशकमा कलकत्तामा पनि कम्युनिस्ट आन्दोलन फैलियो तर गोर्खाली पल्टन देखेपछि आन्दोलनकारी भागे फोर्ट विलियममा राखिएका गोर्खाली सैनिक शहरमा मार्च गरेको देखेपछि त्यहाँका आन्दोलनकारीको सातो उड्यो मानेक शाले कमाण्ड गरेको / गोर्खा राइफलमा सबै नेपाली मूलका युवक थिए उनीहरूसँग मानेक शा नेपालीमै कुरा गर्थे भारतका हरेक युद्ध विद्रोहमा गोर्खालीहरूको फौज अमोघ अजेय मानिन्छ तर भारतका शासकहरू नेपालप्रति सध} नकारात्मक विचार राख्छन् राजनीति वा युद्धमैदान, कूटनीति होस् वा फुटबल मैदान, नेतृत्व गर्ने व्यक्ति (कमान्डर) योग्य भने विजय निश्चित भनिन्छ, भेडाले नेतृत्व गरेको भने सिंहको बथान पनि काम लाग्दैन तर सिंहले नेतृत्व ¥यो भने भेडाको फौजले पनि जित्छ किनभने सिंह दुर्दमनीय हुन्छ हार्दैन, भाग्दैन पुच्छर लुकाएर मर्दैन राजनीतिक नेता पनि त्यस्तै हुनुपर्छ भनेर चाणक्यदेखि मेकियाभेलीसम्मले वर्णन गरेका छन् पद ओगटेर बस्दैमा कोही नेता हुँदैन नेताले नीति बनाउँछ, मार्गचित्र बनाउँछ उत्प्रेरणा जगाउँछ अहर्निश क्रियाशील बन्छ संगठन गर्छ कार्यकर्ता, शुभेच्छुक जनतामा उत्साहको सञ्चार गराइरहन्छ घच्घच्याइरहन्छ निराश बन्न दिँदैन संगठनलाई सजीव राख्छ


नेपाली सेनाको स्थापना गोरखाका प्रथम शाहवंशीय राजा द्रव्य शाहका पालामा भयो १६१६ साल (विक्रम संवत्) राजा भएका द्रव्य शाहदेखि आजसम्मको तिथिमिति हिसाब गर्दा ४५८ वर्ष पुरानो इतिहास सेनाको यति लामो इतिहास भएको सेना संसारमा कति होलान् ? तर दुर्भाग्यवश, असफल अस्थिर राजनीतिक परिवेश तथा दाउपेचको घेरामा पारेर पटकपटक सेनाको मानमर्दन गरियो नेपाली सेना भनेको बलात्कारी फौज आफ्नो पार्टीको प्रमुख दुस्मन भन्नेहरू नै प्रधानमन्त्री रक्षामन्त्री भए त्यस्तोलाई सलाम ठोक्नुपर्दा सेनाको मनोबल मनोदशा कस्तो होला ?
द्रव्य शाहद्वारा स्थापित सेनालाई सुदृढ तुल्याएर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे त्यसबेला सेनामा पहाडी, उच्च पहाडी हिमाली भेगमा बसोवास गर्नेहरू नै योद्धा थिए नेपाल एकीकरण अभियानमा जसजसले योगदान गरे, इतिहासमा उनीहरूको मात्र चर्चा हुनु स्वाभाविक हो तसर्थ, पृथ्वीनारायण शाहको अवमूल्यन गर्ने दुराशयले कतिपय लेखक वा विश्लेषकले हाम्रा पुर्खाको किन चर्चा गरिँदैन भनेर अरण्यरोदन गर्नु अर्थहीन हुन्छ २०४७ सालको संविधानअनुसार प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गएका बेला कृष्णप्रसाद भट्टराईलाई दिल्लीका पत्रकारले सोधे, तराईवासी (मधेसी) लाई नेपाली सेनामा किन भर्ना गरिँदैन ? भट्टराईले प्रतिप्रश्न गरे, भारतको सेनामा नेपालको पहाडका युवकहरू छानीछानी भर्ना गरिन्छ तर नेपाल तराईका मान्छे किन भर्ना गरिँदैन ? यो प्रश्न तपाईंहरूकै सरकारलाई सोध्नुपर्छ, होइन ? पत्रकारहरू निरुत्तर भए चीनबाट किन हतियार (एन्टी एयरक्राफ्ट गन्) किनेको भन्ने प्रश्नमा पनि भट्टराईले जवाफ दिए, क्रेताले जहाँ सस्तो राम्रो पाउँछ त्यहीँ किन्छ
नसोधिएका प्रश्न लाखौँ हुन सक्छन् यदाकदा एउटै प्रश्नले हजार प्रश्नको प्रतिनिधित्व गरेको हुन्छ महाभारतमा युधिष्ठिरले असफल राष्ट्रको चर्चा गरेका छन् ऋग्वेदमै उल्लेख राष्ट्र राजधर्मको प्रसंग पौराणिक ग्रन्थमा धेरै ठाउँमा पाइन्छ युधिष्ठिर भन्छन्, असफल राष्ट्रमा जनता भयाक्रान्त हुन्छन् उनीहरूको मुहार मलीन हुन्छ, अँध्यारो हुन्छ चिन्ता व्याप्त हुन्छ

हिजो संसद् भवनमा निदाएर, जिस्किएर वा अनुपस्थित भएर हरेक महिना मोटो रकम तलब भत्ता खाने निर्लज्ज बथान ठूलो थियो आउँदा दिनमा सातवटा प्रान्त (प्रदेश) का विधानसभा केन्द्रीय संसद्मा त्यही रोग प्रवृत्ति दोहोरिन सक्छ अन्तर्राष्ट्रिय शक्ति केन्द्रका आज्ञाकारी बन्न तँछाडमछाड हुन सक्छ राष्ट्रको भलो चिताउनेहरू अल्पमतमा परे भने महाकाली सन्धिजस्ता राष्ट्रघाती कुकर्महरू बल्झिन सक्छन् स्वधर्म, संस्कृति, परम्परा, राष्ट्रको मूल्यमान्यता हाम्रा राष्ट्रिय एकताका आधार भत्काउने होडबाजी चल्न सक्छ त्यसबेला राष्ट्रको रक्षक भएर उभिने राष्ट्रनायक को हुन्छ ? राजनीतिमा दलनायक गुटनायक मात्र छन् कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका राज्यको चौथो अंग विदेशी रंगले पोतिएको तल्लो वर्गको जनता आफ्नो कुटो हलोमा जोतिएको विदेशीले हरेक दलमा घोडा चढेका छन् आफ्ना चिन्तन लादेर दौडाएका छन् संसारमा गणतन्त्रका दुईवटा मूलभूत चरित्र देखिएका छन् साम्राज्यवाद विस्तारवादको छत्रछायाँमा बसेर बल्लतल्ल स्वाधीन भएका राष्ट्रमा पहिलेका शासकका पृष्ठपोषक, समर्थक, अनुचर, गुप्तचर तथा सहयोगीहरू नै शक्तिशाली भएका छन् त्यो बुर्जुवा गणतन्त्र भयो सन् १९१९ देखि तीस वर्षसम्म कम्युनिस्टहरूले चीनमा संघर्ष गरे तर माओ जीवित रहुन्जेल (सन् १९७६ सम्म) चीनमा समृद्धिको ढोका खुल्न सकेन

सन् १९१२ मा राजतन्त्र अन्त्य हुँदाको अवस्था भन्दा आर्थिक रूपले कमजोर बन्यो देश दङ स्याओ पिङ्ले सत्तारोहण गरेपछि उनले राष्ट्रिय एकता, व्यक्तिगत स्वतन्त्रता आर्थिक स्वतन्त्रतालाई नयाँ ढंगले परिभाषित गरे फ्रान्स अमेरिकाजस्ता समृद्ध राष्ट्रको गणतन्त्र स्वाधीन नेपालको गणतन्त्र कंगो, हाइटी नाइजेरियाउम्मुख बन्दैछ यो स्वाधीन छैन तसर्थ दलहरूले कार्लमाक्र्स, लेनिन, माओ, स्टालिन, गान्धी, लोहिया, जयप्रकाश नारायण आदिको माला जप्न छोडेर राष्ट्रनिर्माता पृथ्वीनारायणको मात्र मार्गदर्शन पालना गरे पुग्छ राष्ट्र कसरी प्रवल बन्छ, जनता कसरी शक्तिशाली हुन्छन् राष्ट्रिय सुरक्षा धर्म, संस्कृति, इतिहास, राष्ट्रिय एकता, अर्थतन्त्र, भूगर्भका स्रोत आदिको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सबै कुरा दिव्यउपदेशमा स्पष्ट उल्लेख अक्कलबेगरको नक्कल गरेर नेता बन्न खोज्ने प्रवृत्ति त्याग्ने हो भने प्रमुख दलहरूले विदेशीले बोकाइदिएको विषको भारी भीरमा फ्याँकेर अघि बढ्ने साहस गर्नुपर्छ एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेहोसीमा बोलेका होइनन् भने नेपालमा संघीयताको काम छैन भनेर सार्वजनिक रूपमै स्वीकार गरेका छन् पहिलो चरणमा उपचार गर्दा क्यान्सर पनि निको हुन्छ, छिप्पिएपछि रोगीले मृत्युवरण गर्नैपर्छ