
सुरेन्द्र ढकाल,
काठमाडौं – अहिले वर्तमान संविधानद्धारा स्थापित राजनीतिक ब्यवस्था देशमा कायम छ । संविधानमा ब्यवस्था भएअनुरुप संविधान संसोधन हुन सक्तछ । त्यसो गर्दा वर्तमान संविधानलाईनै टेकेर गर्न सकिन्छ । तर त्यो प्राय असंभव जस्तै छ । संविधान संसोधन गर्न आवश्यक बहुमत एउटै दलले पुराउन फलामको चिउरा खाए सरह हो । संसोधनको कुरामा दलहरु मिल्दा संभव देखिन्छ तर के कुरा संसोधन गर्ने भन्ने विषयमा दलहरु वीच कुरा त्यति सजिलै मिल्दैन भन्ने कुरा स्पष्टै छ । गणतन्त्र, संघियता र धर्म निरेपक्षताको विरुध्द अहिले सडक जसरी तातीरहेको छ र यसैको कारण जसरी दलहरुमा आन्तरिक विमति वढिरहेको छ त्यसको विश्लेषण गर्दा सजिलै पाराले राजनीतिक निकाश देखिदैन ।
फेरी त्यस्तो निकाशलाई अन्तराष्ट्रिय राजनीतिक माहोलले पक्षपोषण गर्ला नगर्ला त्यो आफनो ठाउमा छ । किनकी २००७ साल देखि २०६३ सालसम्म आउदा जसरी वाह््य हस्तक्षेप राजनीतिक परिवर्तन र निकाशको कडि वन्यो त्यस्को सहि विश्लेषण गर्ने हो भने आन्तरिकरुपमा हुन सक्ने विद्रोहबाट मात्रै राजनीतिक निकाश निस्केला भनेर सोच्नु त्यति वुध्दिमानी नहोला । झन त्यस्माथि नेपालले असंलग्नता त्यागी आफुलाई हिन्द अमेरिकी खेमामा उभ्याएको वर्तमान परिप्रेक्ष्यमा त्यस्ता शक्तिले परिवर्तन रुचाउलान भनेर ठोकुवा गर्न कुनै हालतमा पनि मिल्दैन । त्यसकारण सडकबाट हुने शान्तीपूर्ण आन्दोलनले परिवर्तन ल्याउला वा ८४ मा हुने चुनावले परिवर्तनकामीहरुको बहुमत होला र निकाश पाइएला भनेर सोच्नु आकाशको फल आखा तरि मरमा मात्रै सिमित नहोला भन्न सकिन्न । संसदीय चुनावमा हुने मनि, मसल र मेडियाको प्रयोगमा जसरी देश निलिरहेका राजनीतिक दलहरु अगाडि छन त्यतिनै अगाडि परिवर्तनकामी शक्तिहरु आउलान भनेर पुरै विश्वाश गर्न गाहारो छ किनकी २००७ साल पछि नेपालमा जति क्रान्ती र आन्दोलनहरु भए त्यहा कुनै न कुनै रुपमा हतियार, हिंशा र विदेशी हस्तक्षेपले अहं भूमीका खेलेको छ ।
त्यसो भए परिवर्तन कसरी संभव छ ?
परिवर्तन संभव छ यदि नेपाली सेना भित्र रहेका राष्ट्रवादी शक्तिहरुले कू गरी अन्तरिम शासन आफनो हातमा लिइ जनभावना अनुरुप जनमत संग्रहको माध्यमद्धारा देशले गणतन्त्र, धर्म निरेपक्षता अनि संघियता चाहेको छ वा छैन भनेर निक्र्योल गर्न चाहेमा । हिजो पंचायतकालमा सेनाको जुन रवाफ थियो, प्रधान सेनापतिको जुन हैशियत थियो त्यो माओवादी जनसेनासंगको समायोजन पश्चात घटेर रक्षा मँत्रालयको सचिवको मातहत झरी सकेको परिप्रेक्ष्यलाई ह्रदयंगम गर्ने हो भने सेनाले घटुवा खाइरहेको आफनो अवस्थालाई राम्रै पचाएको स्पष्टै छ । त्यसकारण सेनाले कू गर्ला अनि परिवर्तन होला भनेर त्यति सजिलै सोच्न सकिन्न झन त्यसमाथि हिन्द प्रशान्त रणनीति र स्टेट पार्टनरसीप प्रोग्राममा सामेल भएर नेपाली सेना नेपाली राजनीतिक दलहरु जस्तै बिटुली सकेको छ ।
नेपाली सेना त्यसकारण पनि राजा वीरेन्द्रको पालाको खम्पा बिद्रोह दमन गर्ने मनस्थितिको सेना छैन । सरकारले जे भन्छ त्यस्को अवज्ञा गर्ने हैसियत नेपाली सेनाको छैन भन्दा हुन्छ झन त्यसमाथि संयुक्त राष्ट्र संघीय शान्तसेना बनेर गुलियो चाटन पाएको नेपाली सेना संयुक्त राज्य अमेरिकाको इशारामा चलेको संयुक्त राष्ट्रसंघ विपरित कार्य गर्ला भनेर सपनामा पनि सोच्न सकिदैन । अहिले अमेरिकी सेनाको जुन चलखेल नेपाल भित्र भइरहेको छ त्यस्को परिणती स्वरुप नेपाल युक्रेन वन्ने अवस्था तिर गइरहेको नेपाली सेनाले पनि टुलुटुलु हेरेर वसी रहेको छ । जसरी नेपाल असंलग्न राष्ट्र रहेन, अमेरिकी खेमामा गयो भन्ने ठोकुवा गर्दै उत्तर कोरियाले नेपाल स्थित आफनो दुतावास वन्द गर्यो त्यसै गरी चीनले पनि आफनो दुतावास वन्द गर्ने स्थिति आयो भने नेपाल युक्रेन हुन कति वेर लाग्दैन । त्यसकारण हिन्द अमेरिकी खेमामा उभिएको नेपाली सेनाको कू द्धारा जनपक्षिय राजनीतिक परिवर्तन हुने संभावना ज्यादै झिनो छ ।
संभव के छ त ?
संभव भनेको निर्विकल्प रुपमा विशाल नेपाल मुक्ती सेनाको गठन र परिचालन हो । हिजो भारतले जसरी माओवादी जनसेनालाइ प्रत्यक्ष सहयोग र परिचालन गरी नेपालको राजतन्त्र खतम गरी नेपाल माथि आफनो हालीमुहाली वढाएको छ त्यसै गरी अर्को छिमेकीले विशाल नेपाल मुक्ती सेनालाई सहयोग गर्ने हो भने हिन्द अमेरीकी खेमालाई नेपालमा सजिलै परास्त गर्न सकिन्छ । कालापानी लगायत ७१ भन्दा वढी स्थानहरुमा नेपालको भूमी मिची वसिरहेका भारतीय सुरक्षा दस्ताहरुलाई विशाल नेपाल मुक्तिसेनाले लखेटन सक्यो भने भारत स्वत ९ टुक्रामा विभाजन हुनेछ । चिकेन नेक नेपालको कब्जामा आउने हो भने दक्षिण एसियामा भारतको दादा गिरी सदाकोलागि अन्त्य हुनेछ । बलियो विशाल नेपाल मुक्ती सेनाले मात्रै ससस्त्र आन्दोलन मार्फत आन्तरिक र वाह्य दुबै थरिका अराष्ट्रिय शक्तिलाइ पराजित गर्न सक्नेछ र नेपाली जनभावना अनुरुपको राजनीतिक ब्यवस्थाको सुत्रपात गर्न सक्नेछ । त्यस्को लागि हिन्द अमे्रिकी रणनीतिलाई परास्त गर्न चीन, उत्तर कोरिया, रुस, म्यान्मार, पाकिस्तान, इरान लगायत अमेरिकी साम्राज्यवाद विरोधी राष्ट्रहरुको नया शैनिक गठवन्धन अति आवश्यक भइसकेको छ र त्यस्तो सैनिक मोर्चामा विशाल नेपाल मुिक्तसेना सक्रिय भएर लाग्नु पर्दछ अनिमात्रै राष्ट्रवादी नेपाली जनताले चाहेको राजनीतिक परिवर्तनलाई ब्यवहारमा उतार्न सकिन्छ ।


0 comment