प्रभातराज पाण्डे,

मानिसले जन्मेदेखि मृत्युवरण नगरुञ्जेलसम्म अपनत्व खोजेको हुन्छ सेन्स अफ बिइङ लभ्ड, एडमायर्ड, हुनुमा कसैले गर्व गरोस्, उसको उपस्थिति कसैले दर्ज गरिदेओस् ' छु नि' भनोस् यो भागदौड, उछलकुद, आरोपप्रत्यारोप, मिहिनेत, लगन, दौडमा अघि हुने मोह सायद यस्तै एक्नलेज्ड हुनका लागि हो नागरिकको हकमा पनि यो लागू हुन्छ राज्यले मलाई परेको बेला, अप्ठ्यारोमा मद्दत गरोस्, उसलाई सुनोस्, उसको आड, भरोसा, हिम्मत बनोस् भन्ने भाव हरेक नागरिकभित्र सुषुप्त रूपमा बसेको हुन्छ तर, अहिले नेपालमा राज्य भन्ने अवधारणा नै धूमिल राज्य भनेको पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली मात्र होइन, राज्य भनेको संरचना हो, जसलाई संविधान नियम कानुनले बाँधेको हुन्छ त्यसले कर्णाली काठमाडौंका नागरिकलाई उही आँखाबाट हेर्छ त्यसले कार्यकर्ता सत्तालाई प्रश्न गर्ने नागरिकमा भेद देख्दैन तर, यहाँ संरचना होइन नेता, पार्टीको तजबिजमा देश चल्न थाल्यो, अनि राज्य होइन व्यक्ति हावी हुँदा एउटा धार वादभन्दा परकाले असुरक्षा बहिष्कृत महसुस गर्न थाले फलस्वरूप यहाँ मेरिटको कदर हुन छाड्यो मेरिट परको कुरा भयो, नेता विशेषको निगाह नहुँदा त्यही पार्टीभित्रका मानिस पनि किनाराकृत हुन थाले यसले क्षमता, सम्भावना हुटहुटी भएका व्यक्तिलाई पाखा लगाउने संस्कार विकास गर्यो

त्यसैले नागरिकको राज्यसँगको सम्बन्ध कमजोर हुँदै गयो यो मन दुखाइ कतिपय अवस्थामा सामाजिक सञ्जालमा गाली, आवेग उत्तेजनाबाट पोखिएका छन् भने कतिले भद्रविद्रोह गरेर देश छाड्ने् तहसम्म पुगेका छन् एउटा युवाले आफ्नै समाजमा व्यक्तिहरू क्षमता गुणका आधारमा होइन, दल विशेषको निगाहमा अलौकिक सयर गरेको देखेको हुन्छ कुस्त कमाएको देखेको हुन्छ यस्तो प्रवृत्तिले धेरै युवामा असुरक्षा बढाइदिएको उसमा भय अघिपछि कोही भनसुन गर्ने छैनन्, त्यसैले ' सम्भावनाका पखेटा फिँजाउन सक्दिनँ' भन्ने उसमा महसुस हुन्छ यो तहको अविश्वासमा व्यक्तिसँग केवल दुईवटा विकल्प हुन्छन एक, आफ्नो निराशा सामाजिक सञ्जालमा व्यक्त गर्ने दुई, देश छाड्ने अहिले यही दुई विकल्पको प्रयोग भइरहेको हो नेताले भाषणमा के बोले भन्ने कुरा गौण हो देशका विधि संरचना कति मजबुत छन् भन्नेचाहिँ अहम् प्रश्न हो तर, विडम्बना विधि, थिति सबै भत्किएका छन् आज नेताका मुड कुण्ठा प्रधान छन् व्यक्तिको मुडले चल्ने देशका नागरिकले आफ्नो हैसियतअनुसारको विकल्प खोजेका हुन्

सामाजिक सञ्जालले समग्र राष्ट्रको भावना प्रतिबिम्बित गर्न सक्दैन यहाँ बढी निराशाको कारोबार हुन्छ नकारात्मकता बढी बिक्ने यो प्लेटफर्ममा मानिसहरू नकारात्मकता नै बढी पोख्छन् सामाजिक सञ्जालले उसको यो अभिलाषा पूरा गरिदिन्छ तर, फेरि हामीले मनन गर्नुपर्ने अर्को पक्ष के भने सामाजिक सञ्जालले समग्र राष्ट्रको भावना प्रतिबिम्बित गर्न सक्दैन यहाँ बढी निराशाको कारोबार हुन्छ नकारात्मकता बढी बिक्ने यो प्लेटफर्ममा मानिसहरू नकारात्मकता नै बढी पोख्छन् अघि नै भनेँ, मानिस स्वभावत: सुनिन, एक्नलेज्ड हुन चाहन्छ सामाजिक सञ्जालले उसको यो अभिलाषा नकारात्मकता वमन गर्दा पूरा गरिदिन्छ नकारात्मकता खपत हुने भएकाले मानिसहरू आफू बढी सुनिएको महसुस गर्न नकारात्मक हुने गर्छन् त्यसैले पनि बढी नकारात्मक छन् तर सकारात्मकका लागि माहौल पनि एकदम फिका सामाजिक सञ्जालले विचारभन्दा क्षणिक भावनाको प्रतिनिधित्व गर्छ उदाहरणका लागि घण्टा ट्राफिकमा पर्दा देश अस्तव्यस्त भएको मेरो भावना हो तर, देशमा धेरै कुराहरू बिग्रिएका छन्, बिस्तारै बनाउनुपर्छ देश बन्दै भन्ने मेरो विचार हो विचार पोख्दिनँ सञ्जालमा, भावना पोख्छु जसले भन्छदेश अस्तव्यस्त भयो, बस्नै नसकिने गरी खत्तम भइसक्यो यसरी नै सामाजिक सञ्जालमा नकारात्मकताको कारोबारको शृङ्खला चल्छ, जुन बिस्तारै भाष्यमा परिणत हुन्छ भावना परिवर्तनशील आज वाह लागेको चीज भोलि नै हामी नाक खुम्च्याउँछौँ त्यसैले भावना बढी बिक्ने प्लेटफर्मकै आधारमा समग्र देश खत्तम भयो भनेर निचोडमा पुग्नु अपूरो बुझाइ हो

सरकारकै अकर्मण्यताका कारण मात्र मानिसहरूले देश छाडिरहेका छन् भन्ने बुझाइलाई प्रमाणित गर्ने हामीसँग अध्ययनका निष्कर्ष छन् ? पहिलो कुरा, हामीले अध्ययन नै गरेका छैनौँ कि कति मानिस केका लागि बाहिरिएका छन् भनेर कतिले विदेशमा स्वतन्त्रता देखे होलान्, कतिले भविष्य कतिले देशप्रतिको विश्वास महसुस गरेनन् होला कति थप दक्षताका लागि पनि विदेशिए होलान् एउटा सत्य के हो भने नागरिकहरूको राज्यसँगको भरोसा बिस्तारै क्षयीकरण हुँदै रहरका पखेटा फिँजाउन विदेशिएका छन् वा हातमुख जोर्न घरखेत बन्धकी राखेर देश छाड्ने लाइनमा उभिएका छन्, याे चाहिँ राज्यले मनन गर्नुपर्छ हामी कित्ताकाट सजिलै गरिदिन्छौँ, देश खत्तम भयो, सबै गए भनेर तर, समाज बहुआयामिक यसका सफलता असफलताका मिहिन कारण छन् हामी त्यतातर्फ घोत्लिन्नौँ त्यस्ता मिहिन कारण बुझ्न तथ्यपरक अध्ययन चाहिन्छ त्यसका लागि बौद्धिक जगत्, अध्ययन अनुसन्धान गर्ने थलो चनाखो हुनुपर्छ त्यसका लागि हामीकहाँ स्पेस अत्यन्त कम बिस्तारै हामी क्रियात्मकभन्दा प्रतिक्रियात्मक समाजमा परिणत हुँदै छौँ, जहाँ अध्ययनको निष्कर्षबाट विचार विमर्श गरिँदैन भावनात्मक प्रतिक्रिया मात्र सर्कुलेट हुन्छ पछिल्लो बाटो सजिलो भनिदिए पुग्छ कसले के भन्यो भनेर कसैले अभिलेख राखेर उसको भनाइका आधारमा उसलाई तौलिइँदैन त्यसैले जसले जे बोले पनि हुन्छ नेपालमा

प्रतिक्रियामा मात्र रमाउने चोथाले समाजलाई आफ्नै समाजको गति भविष्यको पत्तो हुँदैन सायद आज हामी यस्तै बिन्दुमा उभिएका छौँ जहाँ हल्ला , आवेग , उत्तेजना , तर विचार तथ्यपरक आँकडा छैन कमजोर राष्ट्रको खराबी के हो भने त्यहाँ तथ्यहरूभन्दा भावनाको सट्टाबाजी हुन्छ देशकै महत्त्वपूर्ण ओहोदामा बसेकाले नै मनलाग्दी तथ्य आँकडा दिन्छन् उही कुरा सत्तामा रहँदा ठीक प्रतिपक्षीमा हुँदा जमेर आलेचना गर्छन् जब आँकडा, विचार तथ्यहरू धूमिल हुँदै जान्छन्, तब जनता दिग्भ्रमित हुन्छन् सायद आममानिसको नैराश्यताका धेरै कारणमध्ये यो पनि एक हो उसलाई पत्तो छैन कि देशमा के हुन्छ के भइरहेको भनेर बिधि थिति नबसेको देशमा मात्र अनुमान हल्लाको बजार गुलजार हुन्छ यस्तै हल्लामा सबै बर्बाद भयो भनेर भावनामा बहकिएर पनि मानिसहरू देश छाडेका हुन सक्छन् यति हुँदाहुँदै पनि धेरै सूचकले देशले प्रगति नै गरेको देखाउँछ, तर पनि किन हरेक मानिस निराश भन्ने प्रश्न पनि आमसञ्चारको पहुँच बृहत् भएको यो समयमा सरकार, दलका हरेक गतिविधिलाई माइक्रोस्कोपिक तहबाट हेरिन्छ जब आँकडा, विचार तथ्यहरू धूमिल हुँदै जान्छन्, तब जनता दिग्भ्रमित हुन्छन् सायद आममानिसको नैराश्यताका धेरै कारणमध्ये यो पनि एक हो उसलाई पत्तो छैन कि देशमा के हुन्छ के भइरहेको भनेर हिजोको दिनमा मिलीभगतमा कैयन् घटना लुकाइन्थ्यो, आज त्यो कठिन कारणपार्टी, सरकारभित्रै अनेकन खेमा समूह छन् तिनले कतै कतै आफ्ना असन्तुष्टि चुहाइदिन्छन्, अनि हरेक बेथितिका फाइल ढिलोचाँडो खुल्छन् नै यसलाई सकारात्मक कोणबाट हेर्ने हो भने हिजो फोहोर कार्पेटमुनि लुकाइन्थ्यो कार्पेट सफा भनिन्थ्यो, आज हरेकलाई थाहा कार्पेट फोहोर , त्यो कार्पेट बस्नै नसकिने गरी गन्हाएको कार्पेट फोहोर भन्ने ज्ञात हुनु पनि सकारात्मक हो फोहोर भन्ने स्वीकारेपछि बल्ल सफाइको प्रक्रिया अघि बढ्छ

सबै बेथितिको चिट आज छरपस्ट समाचार सूचनाको माध्यमबाट ती आममानिससम्म क्षणभरमै ठोक्किन्छन् ।अनि यसले पनि मास फ्रस्ट्रेसन बढाएको यो पनि बिग्रियो, त्यो पनि खत्तम आदि राज्य बलियो हुने आममानिसको जीवन उकास्न हो तर यहाँ राज्य होइन, व्यक्ति बलिया छन् व्यक्ति शक्तिमा आउनु शक्ति आर्जनका लागि जस्तो भएको शक्तिमा किन आउने ? पुन: शक्तिशाली हुन शक्तिशाली किन हुने ? आफ्ना तजबिजको निर्णय गर्न यो खेलमा जनता हार्छन्, केही दलविशेष नेताले क्षणिक रूपमा जिते पनि यो खेल घातक यसमा देशले ढिलोचाँडो हार्छ नै किनकि यो खेलमा नियम छैन यसका रेफ्री झेली छन् मन परेकालाई खेलमा सामेल नै नभए पनि प्रथम घोषणा गरिदिन्छन् त्यसैले रातदिन मिहिनेत गरेर खेलका लागि तयार भएको मानिस प्रतियोगितामा छनोट नै हुँदैन

यति धरै निराशाका बीच आशा कहाँनिर भने हामी नर्थ कोरियाजस्तो डिनायलमा छैनौँ हामीलाई थाहा देशमा धेरै कुरा भत्किएको यो नेताहरू नै स्वीकार्छन् गर्न बाँकी मिलाउने काम धेरै छन् जब समस्याको बोध हुन्छ, तब समाधानका लागि बाटा खुल्छन् नै नागरिकका रूपमा हामीले भने प्रश्न गर्न छाड्नु हुन्न प्रश्न नगर्ने नागरिकलाई गुनासो गर्ने छुट पनि हुँदैन प्रश्नका कारण नै हरेक समाज विकासका अनेकन चरण पार गर्दै अघि बढ्छ हिजोको राणाकाललाई गरिएका प्रश्न, त्यसपछिका निशंकुशतालाई गरिएको प्रश्नले नै आज हामी थप प्रश्न गर्ने हैसियतमा आइपुगेका हौँ लोकतन्त्रमा प्रश्नले ठूलो महत्त्व राख्छ प्रश्नबाट भागेर कोही कतै जान सक्दैन यस्तै प्रश्नहरूले नै हो राज्यलाई राज्य बनाउने बारम्बारको सही प्रश्नले नै हो जवाफदेहिता बढाउने आशा गरौँ, हाम्रा यी प्रश्न पक्कै पनि एक दिन समाधानका सूत्र बन्नेछन्