प्रभातराज पाण्डे,

हामी आफूसँग जुन चीज हुन्छ, त्यसको खासै वास्ता गर्दैनौँ मानव स्वभाव के देखिन्छ भने भएको चीजको वास्ता नगर्ने, नभएको चीज खोजी गर्ने भलै त्यसलाई पाउन ठूलै प्रयत्न गरिएको किन नहोस् तर जुन चीज हुँदैन त्यसको भने पछि लागिरहेका हुन्छौँ थाहा छैन यस्तो किन हुन्छ अनि थाहा छैन यसलाई विज्ञानको नियमले के भन्छ सायद विकासको नियम भन्ला, तर मानव स्वभाव यही हो कि आफूसँग जे त्यो मन पर्दैन जुन छैन त्यसको भने पछि लागिरहेका हुन्छौँ

जस्तो हामीलाई थाहा कुनै पनि चोरले आफूलाई चोर भन्दैन अहिलेसम्म कुनै पनि चोरले त्यस्तै वाध्यता नपरी सितिमिति आफू चोर हो भनेको उदाहरण कतै भेटिएको छैन आफूले मात्र नभन्ने होइन कसैले भन्यो भने पनि मन पराउँदैन सके तत्कालै प्रतिवाद गर्ला नभए पनि मुर्मुरिएला चोर नै थियो चोरी गर्दै हिँड्थ्यो यसको अर्थ हो चोरी वा चोरी कला ऊसँग थियो तर त्यो मन परेन त्यस्तै चोर थिएन त्यस्तो भएको भए चोरी नै गर्दैनथ्यो, तर त्यसको भने पछि लागिरहेको

त्यस्तै कुनै पनिसाइकोले आफूलाईसाइकोमान्दैन कसैले भन्यो भने रिसाउँदै भन्ला तिम्रोसाइकोतिमीसितै राख होइन तिमी नै हो यहाँ पनि भएको यही हो साइकोथियो त्यसैले मन पारएन जसले दियो वा भन्यो उसैलाई फिर्ता गरिदियो साइकोथिएन त्यसको भने दाबी गर्न पुग्यो कुन चाहिँ पागल खानाका पागलले आफूलाई पागल भनेको उदाहरण भेटिएको ! उसले तिनै डाक्टर, नर्सलाई नै पागल ठानिरहेको हुन्छ, जो उसको उपचारमा खटिएका हुन्छन् डाक्टरहरू भन्छन्- संसारका सबै मानिसमा १० प्रतिशत पागलपन रहेको हुन्छ तर त्यसलाई स्वीकार्न भने कोही पनि तयार छैन सबैले यही ठानेका हुन्छन् कि आफू पागल होइन अर्को हो त्यसैले कसैले कुनै अप्रिय काम गर्यो भने भनिरहेका हुन्छन्- ‘कुन पागल होला वा कस्तो पागल होला यस्तो काम गर्ने !’ तर परिआएका बेला आफू पनि त्यस्तै पछि परिरहेका हुँदैनौँ यसको पनि अर्थ यही हो कि जे आफूसँग थियो त्यो मन परेन जुन थिएन त्यसको खोजी गरियो

हेरौँ अरू पनि केही उदाहरण संसारमा धनीले आफूलाई धनी भनेको हुन्छ गरीबले गरीब ठानेको हुन्छ भलै व्यवहारले त्यस्तै देखाइरहेको होस् तर बोलीले भने स्वीकारेको हुँदैन प्रायः बजारमा ठूल्ठूला सेठले भँगेरे टाउके अक्षरमा लेखेका देखिन्छगरीबकी दुकान यसको पनि अर्थ यही हो कि धनी थियो तर त्यो मन परेन गरीब थिएन त्यसैले त्यसको दाबी गर्न पुग्यो गरीबको अवस्था पनि त्यस्तै हो कुनै पनि गरीबले आफूलाई गरीब ठानेको हुँदैन त्यसैले कसैले गरीब भन्यो भने प्रतिवाद गर्दै भन्लान्- ‘गरीब भयौँ भयौँ थोरै तिमीसित माग्न आएका छौँ ?’ यसको अर्थ हो उसलाई गरीब भनेको मन परेको छैन तर धनी थिएन त्यसैले त्यसको अभिनय गर्न खोजिरहेको

एकछिन हेरौँ भिखारीको दर्शनलाई पनि कुनै पनि भिखारीलाई आफू भिखारी बनेको मन परेको हुँदैन त्यसैले सके मागेर भए पनि धनी बन्न खोज्छ नभए यही माग्ने कलामार्फत् अरूलाई पनि आफूजस्तै भिखारी बनाउन खोजिरहेको हुन्छ किनकि उसलाई अरूले भिखारी भनेको मन परेको हुँदैन अरूलाई पनि आफूजस्तै बनाउन खोजिरहेको हुन्छ यी केही उदाहरण हुन् हरेक क्षेत्रमा यही नियमले काम गरेको हुन्छ मानिसको स्वभाव नै यस्तै भएको वास्ता नगर्ने नभएको खोजी गर्ने मानव सृष्टिसँगै चल्दै आएको यो नियम अहिले पनि उस्तै पछि पनि यस्तै रहने तर यथार्थमा हुनुपर्ने चाहिँ आफूसँग जे त्यसैप्रति इमान्दार हुनुपर्ने हो त्यसैको सदुपयोग गर्नुपर्ने हो, संरक्षण गर्नुपर्ने हो केही दिन्छ भने पनि त्यसैले दिन्छ, कही पुर्याउँछ भने पनि त्यसैले पुर्याउँछ

आफ्नो भनेको आफूँसँग भएको नै हो जे आफूसँग छैन त्यो अर्काको हो आफूसँग नभएको चीज अर्काकै हुन्छ, आफ्नो हुँदैन अर्काको भनेको अर्काकै हो, जुन आफूअनुकुल हुँदैन यसको अर्थ नभएको चीजको खोजी गर्नु हुँदैन भन्ने होइन गर्नुपर्छ नभए व्यवहार नै चल्दैन विकास नै रोकिन्छ तर त्यतिसम्म मात्र गर्नुपर्छ जति आफ्नो क्षमता त्यो पनि त्यतिबेलासम्म जति बेलासम्म आफैँ व्यवस्था गर्न सकिन्न सँधै अर्काको मुख ताक्न थालियो भने वा अर्काकै खोजी गर्न थालियो भने पछि परिन्छ आफूसँग भएको पनि हराउँछ अर्काको पनि पाइन्न