प्रभातराज पाण्डे,

संविधानमा व्यवस्था भएअनुसार सरकार चलिरहेकै समाजवादी, उदारवादी, साम्यवादी सिद्धान्त बोकेका दलहरूको गठबन्धनको सरकार गन्तव्य अन्यौल तीन तहको सरकार स्थानीय, प्रदेश संघीय सरकार भएता पनि कामको जिम्मेवारीको स्पष्ट खाका नभएकै कारण अलमलमा परेको देखिन्छ अझ खासगरी नेपालको परिप्रेक्षमा प्रदेश सरकार नयाँ प्रयोग हो यो धेरै अलमलमा प्रदेश सरकारको काम, कर्तव्य, अधिकार अलमलमा वास्तवमा प्रदेश सरकारले कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो उसैलाई पनि थाहा छैन यस्तो अवस्थाबाट गुज्रिरहेको प्रदेश सरकारले राज्यको ठूलो व्ययभार गरेको

प्रदेशको लागि आवश्यक पूर्वाधार निर्माणको साथै त्यहाँ रहेको मन्त्री, सांसद लगायत सबैको खर्च राज्यले व्यहोर्नु पर्दछ राज्य जनतालाई प्रदेश सरकारले कुनै किसिमको सहयोग पुऱ्याउन सकिएको देखिँदैन जनता राज्यकै लागि प्रदेश सरकार हो भने त्यसको भूमिका देखिएन त्यै पनि प्रदेश सरकार चाहिएको स्थानीय सरकारको परीक्षण भइसकेको यसलाई राज्यले स्पष्ट नीति कार्यान्वयन गर्न दिएमा जनतालाई राहत हुने थियो हुन जनताको लागि सबैभन्दा सानो प्रशासनिक इकाई नै पहुँचको इकाई हो त्यसैले स्थानीय तहलाई पनि भौगोलिक दृष्टिकोणले विशाल बनाउनु भन्दा जनसंख्या भूगोलको आधारमा नजिकको केन्द्र बनाउन सकेमा त्यही नै जनताको लागि नजिकको सरकार हो

संघीय सरकारले प्रदेश स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्न सकेको छैन समन्वय पनि गरेको छैन देश चलाउन सरकार , संसद संसद काम नपाएर घोर निन्द्रामा छ। स्वार्थ मिलेमा सवै समस्याको समाधान शीर्ष नेताहरूले वार्ता दवारा समाधान गर्छन दलहरू गुट, उपगुटमा विभाजित सबै नेताहरूलाई शीर्ष स्थान चाहिएको आफूहरूलाई उच्चस्तरको नेता भएको दावी गर्दछन्, उच्च स्थानको लागि नेताहरू विभाजित हुन्छन् सबैलाई आवश्यक कसैलाई नभएको जस्तो तर अग्रस्थानको पदचाहिँ अनिवार्य चाहिएको

समाज व्यवस्था धमलिएको सबैलाई पद चाहिएको आफुलाई आफै बौद्धिक भन्नेहरू नागरिक अगुवा भएका छन् मानिसलाई कुनै कुनै पद हुनुपर्ने त्यो पनि अगुवा पद हुनुपर्ने यदि कसैले नबनाए आफै घोषणा गर्नुपर्ने कस्तो जात्रा हाडीगाउँ भने झै अनिवार्यरुपले अग्रस्थानको पद चाहिने ब्यक्तीको चरित्र बाट समाजले के आशा गर्ने ? मुलुकले के निकास पाउन सक्ला ? जनप्रतिनिधिहरूले काम नपाएर छटपटाएका छन् सबै निर्णय पार्टीका मुखियाले गरिदिन्छन् प्रमुख पार्टीका शीर्ष नेताहरूले मुलुकलाई अनिर्णयको बन्दी बनाएका छन् कुनै विषयमा बहस छलफल हुन पाउँदैन, पार्टीको ह्वीप भन्दै सांसदहरूको मुखमा ताला लगाइदिन्छन् नयाँ तानाशाह पैदा भएका छन्, उनीहरूले नै नागरिक स्वतन्त्रता समानताको वकालत गर्दै हिड्छन् फलस्वरुप मुलुकमा नागरिक श्रेणी देखापर्न गयो

नेपालको राजनीति परिवर्तन भएपश्चात नेपाली जनताले व्यवस्था परिवर्तनसँगै सबै कुराको परिवर्तन चाहेका थिए वर्गविहीन समाजको परिकल्पना गरेका थिए राजा-रजौटा उल्मूलनका साथै जमिन्दार मुखिया हट्ने छन् नेपाली जनताको हैसियत बराबर हुनेछ मुलुकमा ठूलो-सानो धनी-गरिबको बीचमा भेदभाव हुनेछैन भन्ने विश्वास गरेका थिए तर सबै कुराहरू दिवा सपनामा परिवर्तन भए मुलुकमा राजनीति व्यवस्था परिवर्तनसँगै नाम परिवर्तन गरेर नयाँ मठाधिश पैदा भए

जनताको संलग्नता चाहनालाई न्यून गर्दै संदिग्ध नेताहरूले राजनीतिमाथि अघोषित नियन्त्रण जमाएका छन् भ्रष्टाचारमा नयाँ कीर्तिमान स्थापित गरेका छन्, उनीहरू नै भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउले घोषणा गर्छन् परिवर्तनलाई अग्रगमनको खोल ओढाएर आफनो सत्ता टिकाइरहेका छन् सरकारका कमी-कमजोरीलाई औंल्याउँदा या आलोचना गर्नै ब्यक्तीलाई प्रतिगमनको टयाक लगाइदिन्छन् सबै नीतिको नेतृत्व राजनीतिले गर्दछ देशको भविष्य गन्तव्य औंल्याउने काम पनि राजनेताको हो देशलाई सही मार्गमा डोऱ्याउन सक्ने सक्षम राजनेता देखिएन् यदि राजनेता भइदिएको भए मुलुकको अन्यौल गन्तव्य हुने थिएन

यसरी देश लथालिङ्ग, भताभुङ्ग भइसक्यो राष्ट्र असफलको मार्गमा जाने संकेत देखिन थालेका छन् राष्ट्रको अर्थतन्त्र जर्जर अवस्थामा कालोबजारी, भ्रष्टाचार, मौलाएको अहिलेको सरकार कसैले चलाएको कि आफै चलेको बुझ्न गाह्रो नेपाली जनताले व्यवस्था मात्र परिवर्तन चाहेका थिएनन् वर्गहीन समाजको कल्पना सँगै समाजवादउन्मुख राष्ट्र चाहेका थिए त्यसको लागि स्पष्ट गन्तव्य देखिएन