प्रभातराज पाण्डे,

राजा ज्ञानेन्द्र जहाँ जहाँ जानुहुन्छ त्यहाँ त्यहाँ उहाँ राजसंस्थाको पक्षमा उभिनेहरू हजारौँको सङ्ख्यामा देखिन्छन् त्यसमा पाका उमेरका व्यक्तिहरू मात्रै नभएर अझ अत्यधिक सङ्ख्यामा युवाको उपस्थिति अझ बढी देखिन्छ।

यसका कारणहरू:-  

. राज्य सत्ताको वर्तमान चरित्र कार्यप्रति व्यापक जन असन्तोष आक्रोश,

. राजसँस्थाको अन्त्यमा वाह्य शक्तिहरूको भूमिका रह्यो भन्नेमा बढ्दो विश्वास त्यस्तो विश्वासलाई पुष्टि गर्ने बलिया साक्ष प्रमाणहरू,

. राष्ट्र समाज छिन्नभिन्न भएको राज्यको उपस्थिति तथा अस्तित्वमा निरन्तर भैरहेको क्षय राजसंस्था  अस्तित्वमा रहुञ्जेल कम्तीमा नेपाल सङ्कुचित रुपमा नै भए पनि एउटा स्वतन्त्र सार्वभौम राष्ट्र्को रूपमा रहिरहने विश्वास।

नियतिको एउटा खेल भनौँ, राजा ज्ञानेन्द्र नेपालमा दुई पटक अत्यन्त प्रतिकूल परिस्थितिमा राजगद्दीमा राखिनु रहनुभयो। दुवै पटक मुलुकभित्रको क्रान्ति वा आन्दोलन त्यसमा वाह्य शक्तिहरूको हस्तक्षेपकारी भूमिकाका कारण उहाँ हट्नुभयो पछिल्लो पटक राजसंस्थाकै अन्त्य भयो। आम जनता राजसस्थाको पक्षमा होलान् ( तर नेपालमा भएका हरेक आन्दोलनहरूमा वाह्य शक्तिहरूको उपस्थिति भूमिका निर्णायक रहेको त्यस्तो उपस्थिति भूमिकाले नेपालका आन्दोलनकारी राजनीतिक शक्तिमा एउटा भर विश्वास जगाएको त्यसले आन्दोलनलाई निष्कर्षमा पुर्याएको पाइन्छ। आफ्नै आन्तरिक क्षमताको बलमा मात्र नेपालका राजनीतिक दलले आफ्नो नेतृत्वमा भएको आन्दोलनलाई निर्णायक विन्दुमा पुर्याउन सकेका छैनन्। एउटा प्रिय अप्रिय जे भने पनि विद्यमान परिस्थितिजन्य सत्य के हो भने जुन जुन वाह्य शक्तिहरू राजसँस्थाको बहिर्गमन गराउनमा उत्प्रेरक निर्णायक भूमिकामा थिएतिनै बाह्य शक्तिको सहमतिबेगर आन्तरिक कारणले मात्रै नेपालमा राजसंस्थाको पुनः स्थापना सम्भव नहोला।

ठीक बेठीक आफ्नो ठाउँमा होला तर नेपालको जनसङ्ख्याको ठूलो हिस्सा राजा वा राजसंस्थालाई राष्ट्रियताको राष्ट्रिय एकताको प्रतीकको रूपमा बुझ्ने गर्छ। उत्तिकै टड्कारो सत्य के पनि हो भने राजसंस्थाको अन्त्यपछि सो संस्थाको विकल्पमा स्थापित राष्ट्रपतिको पदले सो संस्थाको राजनीतिक, सामाजिक, वैधानिक नैतिक गरिमा शक्तिलाई धान्न सकेन, सकेको छैन। राज्यका अन्य अङ्ग संवैधानिक संरचना निरन्तर क्षयीकरण सडनको स्थितिमा पुग्दा पनि राष्ट्रपतिको संस्थाले त्यसमा आफ्नो भूमिका देखेन वा पाएन। राजा वा राजसँस्थाको पक्षमा बढ्दो जनसमर्थनको कारण त्यो पनि हो भन्ने लाग्छ। तर स्थिति त्यति सरल छैन। कथं सवैको सहमतिले राजसंस्थाको पुनः स्थापना भैहालेमा पनि अराजकता अव्यवस्थाको यो स्थितिमा, सारा राज्य संरचना सामाजिक एकता विश्वास छिन्नभिन्न भएको, सुरक्षा निकाय अदालतदेखि सम्पूर्ण निजामती प्रशासन शैक्षिक प्रतिष्ठानसमेत आउने लामो समयसम्मका लागि बलियो दलीय नियंत्रण प्रभावमा गैसकेको अवस्था मुलुकको अर्थतन्त्र लथालिङ्ग भएर सरकारले आफ्ना कर्मचारीलाई तलव दिन सङ्घीय संरचनालाई धान्न पनि वाह्य ऋण लिने केवल रेमिटेन्सको भरमा बाँचेको अर्थतन्त्र सहितको यही राज्य संरचना बोकेर, यही सामाजिक विभाजन,वैमनष्यता पारस्परिक अविश्वास एक हदसम्मको घृणामा रमाइरहेको नेपाली समाजले बोकाएको भार दवावलाई पुनर्स्थापित राजसँस्थाले धान्न सक्दछ रु भन्ने प्रश्न उठ्छ नै।

त्यो सवैलाई व्यवस्थापन गर्ने समय राजा वा राजसंस्थालाई उपलव्ध हुन्छ रु अर्को प्रश्न पनि आइहाल्छ। अर्को कुरा राजनीतिक दलहरू जति नै भ्रष्ट हुन्, अक्षम, दिशाहीन अराजक हुन्उनीहरूको राष्ट्रव्यापी संगठन छ। ती सवैमा पनि पार्टी केन्द्रका सवै अभाव, विकार विकृतिहरू छ्याप्छ्याप्ती भएको यही शासन व्यवस्थाले मात्र आफ्ना त्यस्ता भ्रष्ट विकृत स्वार्थ रक्षा गर्ने भएकाले ती सवै संरचनापनि पार्टी केन्द्रको पक्षमा स्वाभाविक रूपमा उभिन्छ नै। आफ्ना दैनिक व्यावहारिक जीवनका कारण जनताको एउटा समूह उनीहरूसँग त्यो संगठित छ। उता राजाको पक्षमा जनता छन् तर तिनको संगठन छैन। त्यो असंगठित समूहले संगठित राजनीतिक दलहरूको वाह्य प्रभावमा समेत रहेको समग्र राज्य सत्ताको दवाव प्रहार झेल्न धान्न सक्दैन। राजाको पक्षमा देखिएका राजनीतिक दलका नेतृत्वले जनताको बलियो विश्वास समर्थन समेट्न सकेको छैन।

आफूलाई राजावादी वा राजसंस्थाको समर्थक देखाउनेहरूको वैचारिक राजनीतिक अराजकताको स्तर अझै बढी यो कुराको जानकारी अरूभन्दा बढी राजा ज्ञानेन्द्रलाई भन्ने लाग्छ। अन्त्यमा वाह्य शक्तिको भूमिका ? असाध्य जटील प्रश्न छँदै छ। त्यसैले राजसंस्थाको औचित्य आवश्यकता हुँदाहुँदै पनि उल्लिखित चुनौती प्रश्नहरूको उत्तर पनि राजसंस्थाको पुनः स्थापनाको सवालसँगै आउँछ। सनातन हिन्दु समाज संस्कृतिले वैदिककालदेखि नै राष्ट्रलाई आफ्नो जीवनको अङ्गको रूपमा मानेको छ। यसलाई यसरी बुझ्न सकिन्छ जस्तोः युरोपमा पुरानो फ्रेन्च भाषामा राष्ट्रसँग मिल्दोजुल्दोनासायशव्दको प्रयोग तेह्रौँ शताव्दीमा भएको देखिन्छ आधुनिक व्यापक अर्थमा अङ्ग्रेजीमा राष्ट्र अर्थात्नेसनशव्दको प्रयोग चौधौँ शताव्दीदेखि प्रयोगमा आएको देखिन्छ। अक्सफोर्ड विश्व विद्यालयबाट प्रकाशित ऋग्वेदको परिचयमा उल्लेख भए अनुसार पनि ऋग्वेद ईशापूर्व दुई हजार वर्षको आसपास लेखिएको होक्ष् त्यस हिसावले आजभन्दा करीव साढे चार हजार वर्ष पुरानो यो ग्रन्थको मण्डल १० सूक्त १२५र३ मा नै आजको राष्ट्रको अर्थ दिने शव्द वाक्य पढ्न पाइन्छउदाहरणका लागिः

अहं राष्ट्री सङ्गमनी वसूनां चिकितुषी प्रथमा यज्ञियानाम्।अर्थात् राष्ट्रको सामूहिक शक्ति समृद्धिलाई प्रेरणा प्रदानगर्ने चेतना हूँ, राष्ट्रको स्वामिनी हूँ सवैको सामूहिक यज्ञ (कर्म) का देवता बसुहरूमा प्रथम हूँ। देवताहरू मेरो शक्तिलाई धारण गर्दछन् भनेर देवीले भन्नु भएको पाइन्छ।

त्यसै गरी यजुर्वेदको नवौँ अध्याय को २३ सौँ कण्डिकामा भनिएको –“वयं राष्ट्रे जागृयाम पुरोहितास् स्वाहास् अर्थात्हामी राष्ट्रका नीति निर्माताहरू आफ्नो राष्ट्रलाई जागृत जीवन्त राख्न सकौँयसको लागि हे स्वाहा देवी यो आहुति ग्रहण गरिदिनुहोस्’ !

अझ यजुर्वेदको दशम अध्यायको दोस्रो, तेस्रो चौथो कन्डिकामा जल अर्थात् पानीलाई देवीको रूपमा उल्लेख गरेर उनलाई राष्ट्रदायिनी शक्ति मानेर हे देवी हामीलाई राष्ट्र दिनुहोस्, हामीलाई समृद्धि दिनुहोस, शक्ति, सामर्थ्य पराक्रम दिनुहोस, हामीलाई आनन्द प्रदान गर्नुहोस्, हामीलाई पशुहरू प्रदान गर्नुहोस् , हाम्रा जमिनहरूलाई सिञ्चित गरिदिनुहोस् भनेर आहुति अर्पण गरेको पाइन्छ। ईशा पूर्व १४ सय आसपासमा रचित मानिएको यजुर्वेदमा यज्ञ गरेर जलकी देवीलाई आहुति अर्पण गरेर उनीसँग राष्ट्र मागिएको, राष्ट्रको लागि शक्ति, सामर्थ्य पराक्रम प्रदान गर्न प्रार्थना गरिएको सन्दर्भले राष्ट्रको सवालमा हाम्रो समाज प्राचीनकालदेखिनै कति संवेदनशील रहेछ भनेर बुझ्न सक्छौँ।

मूलतः राष्ट्र भनेको एउटा भावना हो, विचार हो, आस्था विश्वास हो। यहाँ के मनन् गरिनु पर्दछ भनेनेपाली जनताले राजसंस्था खोजेको भन्दा पनि राष्ट्र खोजेका हुन्। राष्ट्रको लागि राजसंस्थाको औचित्य देखेका हुन्। त्यो उनीहरूको विश्वास हो, विचार भावना हो।  चार / साढे चार हजार वर्षदेखि भगवान भगवतीसँग राष्ट्र माग्ने, राष्ट्रको एकता समृद्धिको लागि कर्म पुरुषार्थ गर्न शक्ति देऊ भनेर प्रार्थना गर्ने, त्यसको लागि यज्ञ आदि कर्म गर्ने पिता पुर्खाकै सन्तान दरसन्तान भएकाले नेपाली जनताको ज्ञात रअज्ञात रूपमा संस्कारबश आएको राष्ट्रियताको भावना राष्ट्रप्रतिको चिन्तानै राजा ज्ञानेन्द्र राजसंस्थाको बल हो भनेर बुझ्न सकिन्छ। जनताको त्त्यो भावनालाई कुनै सिद्धान्त वा दर्शन वा राजतन्त्र वा गणतन्त्रको नाराले बोक्न धान्न सक्दैन।

राष्ट्र भनेको पनि त्यस्तै हो, राष्ट्र भनेको ढुङ्गा, माटो, खोला मानिसहरू होइनन्। अझै प्रष्ट पारौँ, देश एउटा भूगोल मात्रै हो, भूमि मात्रै हो। त्यो भूमिमा बस्ने मानिसका साझा सामूहिक आशा, आस्था,अपेक्षा, विचार, भावना विश्वास समेत जोडियो भने त्यो राष्ट्र बन्छ, त्यसलाई राष्ट्र भनिन्छ। ढुङ्गामाटो,वृक्ष, वनस्पति,सूर्य, चन्द्र आदि ग्रह, नक्षत्र, नदी,तलाउ समुद्रलाई देवता मान्ने देख्ने भावना विश्वासले मात्रै ती वस्तुमा राष्ट्र भेट्छ। राष्ट्र नभेट्नेले राज्य भेट्दैन।

नेपाली राष्ट्रियताको बल राजसंस्था हो भन्ने बुझेका जनतालाई, हामी नै नेपाली राष्ट्रियताको प्रवल संरक्षक हौँ भनेर दलहरू दलहरूका नेतृत्वले बुझाउन नसकेरै आजको स्थिति निर्माण भएको हो। एउटा यो पनि उल्लेख गरौँ, जब पहिलो संविधान सभाले जातीय आधारमा देशमा सङ्घीयता लाद्ने निश्चित प्रायः थियोत्यतिखेर सङ्घीय राज्य संरचनाको विपक्षमा दृढतापूर्वक राजनीतिक युद्ध लडिरहेका दुई जना राजनीतिज्ञलाई पालै पालो भेट्न केही मित्रहरूको साथमा यो पङ्क्तिकार पनि पुगेको थियो। छलफलको क्रममा पङ्क्तिकारलेतपाईंहरू सङ्घीय राज्य कि एकात्मक राज्य भनेर जनमत सङ्ग्रहको माग किन गर्नुहुन्न रु भन्ने प्रश्नगर्दा उत्तर आयो

त्यस्तो जनमत सङ्ग्रहको मागगर्दा धर्मनिरपेक्षता गणतन्त्रलाई पनि जनमत सङ्ग्रहमा लगिनुपर्छ भन्ने माग दवाव आउँछ। धर्मनिरपेक्षता गणतन्त्रलाई पनि जनमत सङ्ग्रहमा लगिँदा अत्यधिक ठूलो सङ्ख्यामा जनताले राजसंस्था हिन्दु राष्ट्रको पक्षमा मत दिने भएकाले हामीले सङ्घीयतालाई जनमत सङ्ग्रहको विषय बनाउन सक्दैनौँ। मूलरूपमा माथि उहाँहरूले जे भन्नुभयो, त्यो धर्मनिरपेक्षता गणतन्त्रवादी नेताहरूको सामूहिक धारणा थियो त्यस्तो राजनीतिकरूपमा अनैतिक अप्रजातान्त्रिक गैरजिम्मेवार दृष्टिकोणसँगै आम जनताले आफ्नो दैलो नजिकैदेखि सिंह दरवार, बालुवाटार, ठूला दलका ठूला नेताहरूको निवास स्थान एयरपोर्टमा दिनहुँ सुनिने अनेकौँ काण्डले नेपालका राजनीतिक दलविरुद्ध आम निराशा विरोधको स्थिति निर्माण हुन पुगेको छ।

राजनीतिक दलको नेतृत्व मण्डलबाट नेपाल राष्ट्रको अपमान अवमूल्यन मात्रै भएको छैन (राष्ट्रघात पनि भएको , उनीहरूको समग्र राज्य व्यवहारमा राष्ट्र नै अस्तित्वहीन प्राणहीन हुनपुगेको बाक्लो अनुभूति आमजनताले गरेको देखिन्छ। यो परिवेशमा के बुझ्न सकिन्छ भने, जनताले राष्ट्र नभेट्दा राज्य उनीहरूको मनबाट राज्य पनि विस्तार हराउँदै जान्छ आजको अवस्था राष्ट्र नभेटिएको राज्य हराउँदै गएको अवस्था हो। दुइटा ठूला, सफल शक्तिशाली मुलुकबीच सानो कमजोर मुलुकको बल नै राष्ट्र प्रेम राष्ट्रियताको भावना हो राज्य जोगाउने राज्यलाई सफल बनाउने आधार पनि हो। राष्ट्रको सम्मान मर्यादाविरूद्ध राष्ट्रिय हित रक्षाका लागि जनताले इमान्दार भरोशायुक्त नेतृत्व पाएका दिन उनीहरू वर्तमान व्यवस्था नेतृत्वविरुद्ध आन्दोलन वा विद्रोहमा जाने निश्चितजस्तै देखिन्छ कथं त्यस्तो नेतृत्व जनताले पाएनन् , वर्तमान अराजकता अव्यवस्थाले यही गतिमा निरन्तरता पाइरहेमा राष्ट्र राज्यको अस्तित्व कसरी जोगिएला भन्न सकिन्न।