नेपालका नेताहरू अमेरिका, चीन र भारत लगायतका नेताहरूलाई झुक्याउन र धोका दिन सिपालु छन् । नेताहरूको बार्गेनिङ र मोलमोलाइका शर्तहरु सबैले बुझ्न आवश्यक छ । हिन्दीमा उखान छ, चोर चोर मौसेरे भाई । हाम्रो मुलुकका नेताहरू जति सबै चोर चोर मौसरे भाईहरु हुन् । हाम्रो नेताहरू द्वैध चरीत्रका दोग्लाहरु हुन् । हाम्रो मुलुकका नेताहरू अन्तर्राष्ट्रिय मुलुक अमेरिका, चीन र भारत लगायतका राजनीतिज्ञ नेताहरूहरुलाई समेत धोका दिन र झुक्याउन पछि पर्दैनन । कुन बेला र कुन समयमा कसलाई धोका दिने हो हाम्रो मुलुकका नेताहरूको ठेगान र भर हुँदैन । मुलुकमा बार्गेनिङको नाममा राजालाई, प्रधानन्यायाधीश सुशीला कार्की, चोलेन्द्र शमशेर राणा लगायतलाई पनि समय समयमा धोका दिई राखेका छन् ।
नेताहरूको बार्गेनिङका शर्तहरु आफ्नो घरपरिवारका सदस्य, नातागोतालाई अन्तर्राष्ट्रिय मुलुकहरुमा राजदुत बनाउन बार्गेनिङ, सर्वोच्चमा मुद्दा दर्ता नगर्न बार्गेनिङ, सर्वोच्चमा मुद्दा दर्ता गर्न बार्गेनिङ, सर्वोच्चबाट मुद्दा फिर्ता लिन बार्गेनिङ, प्रधानन्यायाधीशलाई मुद्दा फैसला नगर्नका लागि बार्गेनिङ, अमेरिकालाई कालोसूची बाट नाम हटाउन बार्गेनिङ, कमिसनको लागि बार्गेनिङ, सरकार गिराउन बार्गेनिङ, सरकार बनाउन बार्गेनिङ, मन्त्रीहरु बनाउन बार्गेनिङ, नेप्सेको अध्यक्ष हटाउन बार्गेनिङ, नेप्सेको अध्यक्ष बनाउन बार्गेनिङ, गभर्नर बनाउन बार्गेनिङ, गभर्नर हटाउन बार्गेनिङ, अख्तियार प्रमुख हटाउन बार्गेनिङ, अख्तियार प्रमुख बनाउन बार्गेनिङ, आफ्नो स्वार्थ अनुकुलको काम गराउन बार्गेनिङ, महाअभियोग लगाउन बार्गेनिङ, महाअभियोग नलगाउन बार्गेनिङ र निर्वाचनमा जित हासिल गर्न बार्गेनिङ आदि आदि लगायतका थुप्रै विषय वस्तुहरुमा बार्गेनिङहरु छन् ।
स्वतन्त्र नेपाली नागरिक : राकेश कुमार शर्मा

0 comment