
प्रभातराज पाण्डे,
राजनीतिमा धर्म मिसाउन आवश्यक छैन तर नेपालमा हिन्दुवादी शाखाहरू खुल्न थालेका छन् । दुर्गा प्रसाईं भन्ने पात्र देखिएका छन् । भित्र केही न केही पाकिरहेको जस्तो देखिन्छ ।
पछिल्लो समय केही हिन्दु र मुस्लिमबीच सर्लाही, नेपालगञ्ज र अन्यत्र पनि ‘धार्मिक द्वन्द्व’ देखिए । धरानमा गाईको मासु खाएको सन्दर्भमा र अन्यत्र पनि ‘जातीय द्वन्द्व’ देखिए । गाईको मासु खान हुने कि नहुने भन्ने बहस चलिरहेका बेला गेरुवस्त्रधारीहरूको ठूलो जुलुसको कुरा पनि आउँछ । यस्ता धार्मिक र जातीय द्वन्द्वहरू जमिनमुनि दबिएका हुन्छन् र यी कुनै न कुनै बेला विस्फोट हुनसक्छन् । यी पृष्ठभूमि मात्रै हुन् ।
यस्ता द्वन्द्व पहिला पनि थियो, अहिले पनि छ । संसारभरी थियो, यहाँ पनि छ । यस्ता द्वन्द्वहरू जताततै हुन्छन्, (सबै) मानव इतिहासको अपरिहार्य अंश हुन् । संसारकै उदार भनिने अमेरिकाको विहंगम जातीय द्वन्द्व हामीलाई थाहा छ । अहिले नै ट्रम्प लगायतले चर्काइरहेको जातीय द्वन्द्व बारे सुनिरहेकै छौं । यसको अर्थ अन्तरजातीय द्वन्द्वहरू सामान्यतः पूर्णतया अप्रत्याशित र अनियन्त्रित हुन्छन् भन्ने होइन ।
त्यसो त, सधैं द्वन्द्व भइराख्दैन । कुनैबेला त्यो उजागर हुन्छ भने कुनैबेला सुषुप्त । केहीबेर मत्थर भएका यस्ता घटना खास किसिमको राजनीतिक, आर्थिक परिस्थितिमा पुनः उब्जन्छ । हामीले उजागर हुने कारण के हो भनेर ध्यान दिनुपर्छ । त्यस्ता द्वन्द्वहरूलाई कम प्राथमिकता दिएर सामान्यीकरण गर्नु मूर्खतापूर्ण हुन्छ । द्वन्द्वहरू राजनीतिक, आर्थिक, सांस्कृतिक र अन्य परिवर्तनहरूको प्रकृति र प्रवाहमा निहीत हुन्छन्, सँगै कुनै पनि समाजमा अन्तरनिहीत सामाजिक असमानतामा पनि । त्यस्ता द्वन्द्वहरू प्रायः महत्त्वपूर्ण अन्तर्राष्ट्रिय र विश्वव्यापी आयामहरू पनि हुन्छन्। धर्मयुद्ध, यूरो-अमेरिकी दासत्व, रुवाण्डा, युक्रेन, इजरायल(प्यालेस्टाइन, श्रीलंका, बर्मा, थाइल्याण्ड लगायत यसका उदाहरण हुन् ।
यस्ता द्वन्द्व पार्टीभित्रै, नेताहरू बीच नै छ । नेपाल कस्तो राज्य बन्नुपर्छ भन्ने छलफल छँदैछन् । प्रधानमन्त्री आफैं गेरुबस्त्र लगाएर देश बाहिर(भित्र डुलेका डुल्यै हुनुहुन्छ । कांग्रेसका शशांक कोइरालाले त हिन्दु देश बन्नुपर्छ भन्नुभएकै छ । यस्ता अरू पार्टीमा पनि कति छन् । यसमाथि भारतमा जुन हिन्दुवादी धार छ, त्यसले यहाँ पनि काम गरिरहेको छ । त्यसका शाखाहरू जिल्ला जिल्लामा खुल्न थालेका छन् । हालसालै म एउटा जिल्ला भ्रमणमा थिएँ । त्यहाँ मेरा धेरै उपलब्धि हासिल गरेका मित्रका छोराले अवकाशपछि म आरएसएसको जिल्ला प्रमुख भएँ भन्नुभयो । यस्तो सुन्दा दुःख पनि लाग्यो ।
यही पृष्ठभूमिमा दुर्गा प्रसाईं भन्ने पात्र देखिएका छन् । भित्र केही न केही पाकिरहेको जस्तो देखिन्छ । तर कति ठूलो हुन्छ, त्यो थाहा छैन । यी सबै कुरालाई मत्थर गर्न होला, नेपालका राष्ट्रपति, प्रधानमन्त्रीले आवधिक रूपमा तीज र शिवरात्रि जस्ता पर्वमा पशुपति र अन्य मन्दिर जाने गरिरहेका छन् । पहिला राजाले जे गर्थे त्यही गरिरहेका छन् । यो द्वन्द्व मत्थर गर्न हो कि भोट पाउनका लागि हो कि दुवै हो ?
व्यक्ति की संरचना पनि बदलिनुपर्छ ?
हाम्रो संविधानमा यो धर्म निरपेक्ष मुलुक हो लेखिए पनि यस्ता धेरै पुराना अभ्यासहरूले पार्टी र सरकारका नेताहरूबाट निरन्तरता पाइरहेका छन् । यो मात्रा ह्वात्तै बढ्न थालेको शंका छ ।
म आज नेपाल वा अन्यत्रका त्यस्ता द्वन्द्वहरूमा ध्यान दिने छैन। बरु एउटा वैचारिक प्रश्नको खोजी गरी लोकतन्त्र र धर्मबीचको सम्बन्ध खोजी गर्न चाहन्छु । नेपालको राजनीति थप धार्मिक विचारधारा, हिन्दुत्वको राजनीतितर्फ अघि बढ्न खोजेको हो कि भन्ने विषयमा केही अनुभवजन्य विषय राख्न चाहन्छु । नेपालको संविधानमा नाम मात्रको धर्मनिरपेक्ष रहेको तथ्यले गर्दा पनि यो उल्लेखनीय छ । लोकतन्त्र के हो रु धर्म के हो रु लोकतन्त्र र धर्म मिसाउन हुन्छ कि हुँदैन रु लोकतान्त्रिक राजनीतिक पद्धतिमा धर्म मिसाउन हुन्छ कि हुँदैन ?
यहाँनेर प्रश्न के छ भने हाम्रा नेतृत्व र हामी सबैले लोकतन्त्रको अर्थ बुझ्यौं कि बुझेनौं भन्ने पनि हो । कार्यान्वयन गर्नका लागि त कम्तिमा बुझ्नुपर्यो । राजनीतिक परिवर्तनको क्रममा हामीले निर्दलबाट मुक्ति र बहुदलको स्थापना चाह्यौं । दल भएपछि मुक्ति हुन्छ जस्तो भयो । दल र चुनाव भएपछि अरु कुरा हुँदै गर्छ भन्ने लाग्यो ।
परिवर्तनका वाहक दल हुन् । दल भएपछि हुन्छ भनेजस्तो गर्यौं । त्यसैले दलीयकरण द्रूत गतिमा अगाडि बढ्यो । दलले सबैलाई निले( प्राध्यापक, डाक्टर नै खाए। राजनीतिक पार्टीका आधारमा प्राध्यापक, डाक्टर, उपभोक्ता समिति, वन समितिको चुनाव हुन थाल्यो। हुँदाहुँदा हामीले हालसालै देख्यौं, एनआरएन पनि दलले खाए। दलीयकरणले स्वतन्त्र नागरिकलाई कुनै ठाउँ नै छोडेन।
लोकतन्त्र पार्टी, सरकार र चुनाव मात्रै नभएर यसका धेरै पक्षहरू छन् । लोकतन्त्र भनेको राज्यको कामहरू सञ्चालन गर्ने राजनीतिक, सार्वजनिक र नागरिकको फराकिलो प्ल्याटफर्म (मञ्च) हो । लोक शब्द लौकिकबाट आउँछ । लोक र लौकिकको स्रोत एउटै हो । त्यसैले लोकतन्त्रको सम्बन्ध लौकिक संसारसँग छ, जुन संसार अनुभवजन्य रूपमा हाम्रो अगाडि छ, देव लोकसँग सम्बन्धित होइन । यो हामी भौतिक रूपमा बस्ने संसार हो। परलोक, इहलोक, दैवलोक, धर्मलोकसँग लोकतन्त्रको कुनै सम्बन्ध छैन ।
भौतिक भन्नासाथ एकाथरीले भौतिक र अध्यात्मिक भनेर विभाजन गर्छन् । वास्तवमा भौतिक भनेको त सांसारिक हो । यो भनेको भौतिक, मानसिक र वैचारिक पनि हो जहाँ दया, माया, करुणा सबै कुरा हुनसक्छ । हामीले भौतिक भन्नासाथ यस्तो निख्खर भौतिकको परिकल्पना गर्यौं कि त्यहाँ पदार्थ शिवाय केही हुँदैन । जस्तो कि ज्यान ९प्राण० र माया नभएको कुनै वस्तु जस्तो । वास्तवमा फरक छुट्याउनुपर्ने सांसारिक र दैविक हो । सांसारिकभित्र अध्यात्मिक अट्छ । त्यसैले भौतिक र अध्यात्मिकमा अन्तर छैन ।
नेपाल बृहत् शब्दकोष अनुसार लौकिक भनेको लोकसँग सम्बन्धित, यस लोकको, सांसारिक, व्यवहारिक । जस्तो कि लौकिक विवाह भनेको वैदिक वा धार्मिक विधि अनुसार नभई वरवधु स्वयम् संलग्न भएको विवाह भनेर यहाँ परिभाषित गरिएको छ। त्यसैले लौकिक भित्र राजनीति, आर्थिक विषयहरू पर्छन्। त्यसैगरी सम्पत्ति, कृषिका कुराहरू पनि यसैभित्र पर्छन्।
धार्मिक निरपेक्ष भनेको देश निरपेक्ष, राज्यका मामिलाहरू निरपेक्ष भनेको हो, हाम्रो निजी जीवनमा हामी जे पनि विश्वास गर्न सक्छौं, पूजा गर्न सक्छौं । यसरी धर्म निरपेक्ष राज्य भनेको राज्यको कुरा गरेको हो, हाम्रो घरको कुरा गरेको होइन । राज्य सञ्चालन गर्ने दौरानमा जनै बाहिर देखाएर पाठ गर्न पाइँदैन भनेको हो । त्यसैले धार्मिक प्रतिनिधित्व र राज्य छुट्टाछुट्टै विषय हुन् ।
हामी बिर्सनु हुँदैन, पार्टी र चुनाव बाहेक लोकतन्त्रका अरू धेरै आयाम । चुनावलाई अत्यधिक जोड दिंदा हामीले अरु आयाम भुल्यौं । लोकतन्त्र भनेको समस्त सामाजिक सम्बन्ध कसरी सञ्चालन गर्ने, परम्परा र आर्थिक सम्बन्धहरू कसरी पुर्नगठित गर्ने भन्ने हो। मधेश र पहाडको, महिला र पुरूषको, दलित र गैरदलितको सम्बन्ध कसरी पुर्नगठित गर्ने भन्ने कुरा हो। शिक्षक र विद्यार्थीको, उपकुलपति र प्राध्यापकको सम्बन्ध कसरी पुनर्गठित गर्ने भन्ने कुरा हो। स्कुलमा के पढाउने भन्ने कुरा हो। लोकतन्त्र आएपछि विद्यालयको पाठ्यपुस्तकमा के परिवर्तन भयो भन्ने विषयमा हाम्रो ध्यान गएकै छैन। चुनाव बाहेक अन्य कुरामा हाम्रो ध्यानै गएन ।
राज्यसञ्चालनको क्रममा हामी पूरै धार्मिक हुन मिल्छ कि मिल्दैन भन्ने विषयमा हामीले ध्यान दिन सकेकै छैनौं। संस्कृति वा धर्मबारे हामीले छलफल नै गरेकै छैनौं। परम्परा छोडेपछि हामीले नयाँ किसिमले सोच्न थाल्नुपर्थ्यो। नयाँ आँखाले विश्व र सामाजिक सम्बन्धलाई हेर्न थाल्नु पर्छ। नयाँ सन्दर्भमा कसरी सोच्ने भनेर प्राध्यापक र विद्यार्थीहरूले सोच्न थाल्नुपर्थ्यो । परिवर्तित समाजले हामीलाई कस्तो ज्ञान दिनुपर्छ, कस्तो सूचना लिन सिकाउनुपर्छ रु पहिलेकै पाठ पढेर हुन्छ कि नयाँ चाहिन्छ रु स्वस्थानी नै भए पनि त्यसलाई कसरी नयाँ आँखाले हेर्ने रु लोकतन्त्रको एकजना सशक्तीकृत नागरिक भएर यी सबै संसारलाई कसरी नवीन दृष्टिकोणले हेर्ने, आत्मसाथ गर्ने र लेख्नेरबोल्ने भन्ने हो । नयाँ किसिमले कसरी पढ्ने भन्ने हो।
लोकतन्त्रको मुख्य कुरा नागरिकको सिर्जना गर्ने हो। यो भनेको आफ्नै खुट्टामा उभिने, शीर ठाडो गरेर हेर्नसक्ने र कसैले भनेको मान्नै पर्ने नभएको र आफ्नै विवेकले काम गर्न सक्ने व्यक्ति हो। कानुनबमोजिम काम तर आफ्नो खुट्टामा उभिएर आफ्नै विवेकले काम गर्न सक्छ । आलोचनात्मक भएर हेर्छ, कसैको भक्ति गर्दैन। दलको नेता, मास्टर, बाबुले भनेको मान्नै पर्छ भन्ने छैन। लोकतन्त्रबाट सिक्ने कुरा यही हो । लोकतन्त्र अन्तर्गत यस्तो सशक्त नागरिक बन्ने प्रक्रिया सुरू हुनुपर्ने हो ।
अहिले गाउँमा मुखिया त छैनन्। बाबुबाजेसँगको सम्बन्ध पनि टाढाटाढा हुँदै गयो। तर, दलका नेताले जे भन्यो त्योचाहिं गर्ने भयौं। काँग्रेस, एमाले, माओवादी बन्ने अनि तिनका नेताले जे भन्यो त्यही गर्ने भयौं। यसैमा आफ्नो तरक्की देख्ने भयौं । आफूले आलोचनात्मक भएर पटक्कै नसोच्ने बानी हामीसँग छ ।
हिन्दूमा धर्मलाई दुई किसिमले लिइन्छ( पहिलो, ईश्वरवाद र दोस्रो, कर्तव्यका रूपमा । कर्तव्य भनेको के गर्नुपर्छ भन्ने कुरा हो जहाँ ईश्वरको हवाला दिइँदैन । प्रोफेसर भएर के गर्नुपर्छ रु त्यो मेरो धर्म हो । डाक्टर भएर के गर्नुपर्छ भन्ने उसको धर्म हो । बाबु(आमा भएर के गर्नुपर्छ रु त्यो उहाँहरूको धर्म हो । यही धर्म पालना हिन्दुधर्मभित्रको एउटा पक्ष हो । अर्को, ईश्वरलाई मान्ने धार हो ।


0 comment