गोपाल खनाल,
काठमाडौं – नेपालले असंलग्न परराष्ट्रनीति अपनाएको जगजाहेर छ । विश्वरंगमञ्चमा असंलग्न आन्दोलनले गतिलिनु अघि नै नेपालले सैन्य गुटबन्दीबाट असंलग्न रहेन नीति लिएको हो । सबैसँग मित्रता राख्ने र कसैलाई कसै विरुद्ध सैनिक गतिविधिका लागि आफ्नो भूमि प्रयोग गर्न नदिने नेपालको नीति हो । नेपालले शरणार्थीका रुपमा नेपाल बसेर त्यसको नाजायज फाइदा उठाउने खम्बाहरुको चीन विरोधीसैन्य दृष्प्रयासलाई निस्तेज पारेको थियो । उच्च हिमाली क्षेत्रमा संयुक्त सैनिक गतिविधि गर्ने महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको पहलकर्मीलाई बढवा दिएर छिमेकी राष्ट्र चीनमाथि संशय उत्पन्न गर्नेसम्मको व्यवहार नेपालका लागि विल्कुलै अनुचित विषय हो । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लिएर अमेरिका नेपालमा छिर्न दाउ हेरिरहेकै छ । यद्यपि, यो विषयको पर्दाफास भएपछि अमेरिका पछि हटे पनि यस्को अर्कै वारान गोर नेपालमा अमेरिकी सैन्य गतिविधि गर्ने साजिस गरिरहेको छ । यदि अमेरिकी सैनिकहरु कुनै बहानामा नेपाल प्रवेसिए भने यस्को सुनामीले नेपाललाई नै अर्को युक्रिन बनाउने लगभग पक्कपक्की छ ।
नेपालको राष्ट्रिय सुरक्षाको आधार भनेको यसको विदेश नीतिको सफल सञ्चालन हो । आफ्नो राष्ट्रिय हितको निकयौलि गर्न नसक्ने, विदेश नीतिलाई आन्तरिक सत्ता संघर्षको साधन बनाउँदैनौसम्म पनि भन्न नसक्ने नेताहरुका कारण नेपाल दिनानुदिन भूराजनीतिक स्वार्थको चेपटामा जाकिंदै जाँदैछ । इण्डोप्यासेफिक स्ट्रटिजी (आइपिएस) अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) नेपालको संसदबाट पारित गराएर कार्यान्वयनमा गइरहेको छ अमेरिका । यसका लागि अमेरिकी उच्च अधिकारीहरुको कलाबद्ध बाक्लो नेपाल भ्रमण भईरहेको छ । एमसीसी मूलत हिन्द प्रसान्त अमेरिकी रणनीतिकै एक पाटो हो । जो चीन विरुद्ध लक्षित छ । उत्तरी छिमेकी मुलुक भारत नेपालको सीमा अतिक्रमण गर्नमा मात्र सिमित छैन साँस्कृतिक रुपमा समेत परोक्ष हमला गरिरहेको छ । केही अघि भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र धारण गर्न लगाएर भारतले भूसाँस्कृतिक दवावलाई प्रस्ट्याइसकेको छ । हुन त प्रचण्डले २०६६ माघ २९ मा सुनसरीको चतरामा भएको महायज्ञमा पुगेर गृहशान्तिका लागि भैसी पूजा गरिसकेका थिए । भ्रमण सूचीमै राखिएको महाकालेश्वर दर्शन गर्दा गेरुवस्त्र लगाउनै पर्ने नियमका कारण बाध्य भएको र नलगाउँदा १ अर्ब हिन्दुको मनमा चिसो पस्ने त्रास भएकाले उक्त रुप धारण गरिएको उनको प्रस्टोक्ति सार्वजानिक भयो ।
विश्व प्रसिद्ध महान दार्शनिक कार्ल माक्र्सले धर्मका व्यवहारिक प्रभावको दर्शन गर्ने क्रममा यसलाई अफिम (नशा) तुलना गरेका छन् । जसरी एउटा घाइते वा विरामी व्यक्तिलाई नशाले तत्कालै आराम दिएको र काममा स्फूर्ति दिएको भ्रम दिन्छ, अचेत बनाउँछ र जीवन नै बरबाद गरिदिन्छ । त्यसरी नै धर्मले पनि मान्छेलाई अस्थायी नशा दिन्छ । सटी वा गलत छुट्याउने सामथ्र्य दिदैन र गरिबी अभावलाई त्यसकै भरमा छाड्छ र अन्ततः वर्वाद गर्छ । माक्र्सले त्यस्तो सायद १९ औ सदीको मध्योतरको आफ्नो परिवेश र द्वन्द्वात्मक नैतिकबादीमाथि धार्मिक कट्टरपन्थीहरुको आक्रमणका सन्दर्भमा भनेका थिए । तर अहिले कालमाक्र्सको समय होइन न प्रचण्ड नै वास्तविक माक्र्सबादी हुन् । सर्वहारा बर्ग अस्तित्वमा रहँदा त्यसको अधिनायकत्व वा अधिनायकबादको उद्देश्य राखिएको थियो । उब सर्वहारा वर्गका नेतृत्वकर्ता दलाल पूंजीवादी आन्दोलनको संरक्षकमा रुपान्तरण भएपछि अवस्थामै तात्विक परिवर्तन आयो । नेपालमा कम्यूष्ट भन्नेहरुले बर्गीय पक्षधरतालाई तिलानजवी दिएको दशकौं भइसक्यो । विचार सुद्धान्त दशैनबाट च्युत भएपछि जताबाट क्षणिक राजनीतिक लाम हुन्छ त्यसको निर्देशन मान्नु नियति हुन्छ ।
उदयीमान अर्थतन्त्र भएका छिमेकी भारत र चीनओन महाशक्ति राष्ट्र अमेरिकाले नेपाललाई गरेको आग्रह दिएको दवाव राखेको चासोबाट नेपाल भूराजनीतिक संस्कृतिको समेत चपेटामा फस्दै गएको छ । मोदीको हिन्दुत्वमा आधारित साँस्कृतिक सभ्याताको पहल र अमेरिकाको ईसाईकरणमा धार्मिक स्वतन्त्रताबादलाई विश्लेषणको एकाई मान्नु पर्छ । यी प्रवृत्तिहरुलाई इतिहाससँग होइन वर्तमानसँग बहस हुन आवश्यक छ किनकि बसुधैव कुटुम्वक्रम को मर्ममाथि प्रहार हुन नअपाओस् । सनासनी धर्मका पक्षमा नेपाल र भारत एकैठाउँमा छन् तर व्यवहारमा भने यस्तो देखिदैन ।
उदाहरणकै रुपमा भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्सा र नयाँ भवन उद्घाटनमा देखिएको दृष्य । दिन्दुराष्ट्रवादी आन्दोलनका अगुवा व्यक्तित्व विनायक दामोदर सावरकरको जन्मदिन पारेर प्रधानमन्त्री मोदीले जेष्ठ १४ मा भब्य हिन्दु विधि परम्पराबीच उक्त नयाँ भवनको उद्घाटन गर्दै भने – ‘यो प्रजातन्त्रको मन्दिर हो’ भारतीय जनता पार्टीले सरकारलाई नायक मान्छ भने उसका विपक्षीले अल्पसंख्याक प्रति उनी भेदभावी रहेको रुपमा बुझ्छन् । भवनमा बनाइएको नक्सा र अपनाइएको पूजा विधि सबैले साँस्कृतिक राष्ट्रवादलाई मलजल गर्छन् । जब नेपालका प्रधानमन्त्री प्रचण्डले भ्रमणमा गएको पहिलो दिनै भारतको राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालसँग मुरल (भित्ते चित्र) बारे प्रश्न गरेका थिए डोभाल ले मुरल भौगोलिक नभएको साँस्कृतिक मात्र भएकाले त्यसलाई अन्यथा बोल्न आग्रह गरेका थिए । मुरमा साँस्कृतिक राष्ट्रवादकै प्रमाण भेटिन्छ । भाजपाले हिन्दुत्वलाई धर्म भन्दा पनि जीवन शैली र सनातनी पहिचान मान्ने गर्छ ।
चिनियाँ राष्ट्रपति सी जिन पिङले २०७९ चैत्र २ मा विश्वका विभिन्न राजनीतिक दलसँगको उच्चस्तरको भर्चअल बैठकलाई सम्बोधन गर्दै विश्वव्यापी सभ्यता पहल (ग्लोबल सिभिलाई जेसन इनिसियतिभ) को प्रस्ताव राखी त्यसमा जोडिन आछान गरेका थिए । त्यसयता यही पहललाई केन्द्रमा राखेर विभिन्न सम्यता बीचको सद्भावपूर्ण सम्वन्धका लागि आछान गरिरहेका छन् । हरेक बर्ष जस्तो केही नयाँ प्रस्ताव ल्याडेन सीले यसअघि नै विश्व विकास पहल, विश्व सुरक्षा पहलको घोषणा गरिसकेका छन् । जसप्रति विभिन्न देशहरु जोडिने क्रमजारी छ ।
२०८० जेठ १८ मा साँस्कृतिक सम्पदा र विवासबारे बोल्दै उनले चिनियाँ समावेशी सभ्यताले विभिन्न धार्मिक विश्वासी समुदायबीच सहसौहार्दपुर्ण सम्बन्धको निर्देश गर्ने र विश्व समुदायमा सबै सभ्याताप्रति खुला र उदार हुन प्रेरित गर्दै कुनै पनि साँस्कृतिक ढाँचा कसैलाई निर्यात नगर्ने दावी गरे । विश्वका पुराना सभ्याताहरु मध्येको हान सभ्यता र प्राचीन साँस्कृतिक दर्शन कल्फुसियनिज्ममा आधारित रहेर बेइजिङले बेइजिङले सभ्यता पहल अघि बढाइरहेको छ । पुरानो चिनियाँ सभ्यता कन्फुसियनिज्म चीन सहित पूर्वी एसियाको साझा दर्शन हो । यद्यपिपछि कोरिया र जापानले फरक सभ्यताको विकास गरे । हिन्दुत्वको दर्शन र कन्फुसियनिज्मका आफ्ना अस्तित्व छन् । तर दुवैले व्यक्तिको नैतिकमा र आचारमा जोड दिन्छन् र बैश्विक सद्भाव खोज्छन् ।
विश्व शक्तिमा पुनः सन्तुलन र बदुलाव आइरहेका बेला अमेरिकासँग महाशक्तिको प्रतिस्पर्धामा रहेको चीनले किन सभ्यताको पहललाई प्रथामिकतामा राख्यो भन्ने बुझ्नैपर्छ । सर हाटफोर्ड म्याकिन्डरको भूराजनीतिक ‘हार्टल्याण्ड’ को पहिचान र त्यसमाथि नियन्त्रण गर्न संकेतले विश्वमा शासन गर्छ भन्ने भनाईलाई मान्ने हो भने अबको महत्वपूर्ण भूमि हिन्द प्रशान्त क्षेत्र हो । हिन्द प्रशान्त क्षेत्रमा प्रभाव जमाउन र नियन्त्रकायम गर्न चीन र अमेरिका बीच प्रतिस्पर्धा छ । चीनने सभ्याता पहल ल्याउनुको साझा कारण किन भने दक्षिण पुर्वी एसियाली राष्ट्रहरुमा साँसकृतिक रुपमा समानता छ, जसले जनस्तरको सम्बन्धलाई बलियो बनाउन सक्छ । तिनले अमेरिका वा भारतसँग त्यसअर्थमा सहकार्य गर्न सहज देखिदैन ।
अमेरिकाले विश्वमा रहेका अल्पसंख्यक सिमान्तकृतलाई सहयोग पु¥याएको दावी गर्छ । तर त्यो हिन्दु अल्पसंख्यक बौद्ध मार्गी, मुस्लिम अल्पसंख्यक अन्य धर्म वा संस्कृतिका बारेमा लागु हुँदैन । हुन्छ तर केवल इसाई अल्पसंख्यकको संरक्षण र विस्तारमा मात्र । अमेरिकाको चिन्ता अमेरिकाभित्रको बन्दुकराज, काला र गोराबीचको व्यवहारिक पूर्वाग्रह भन्दा इसाइकारणको विश्वव्यापी प्रवद्र्धन नभएकामा छ । अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक प्रतिबेदन २०२२ ले भारतमा क्रिश्चियन लगायतका धार्मिक अल्पसंख्याक माथि निरन्तर आक्रमण भइरहेको र हिन्दु अतिबादी बढेको दावी गरेको छ । त्यही रिपोर्टले भारतीय जनतापार्टीले नेपालमा हिन्दुबादी पार्टी र नेताहरुलाई हिन्दुराष्ट्र पुनः स्थापनाको माग उठाउन पैसा दिने गरेको दावी पनि गरेको छ । यस्तै, नेपालमा धार्मिक स्वतन्त्रता खतरामा रहेको अमेरिका र व्रिटेनको बुझाई छ । विश्वभर धार्मिक सिमान्तकृतहरुको अधिकारीक पक्षमा आवाज उठाउँदै आएको दावी गरेपनि उसले चाहेको इसाईबहुल विश्व व्यवस्था नै हो ।
नेपाल भूराजनीतिक रुपमा संवेदनशील अवस्थितिमा छ । आफ्ना विश्व आकांक्षा र चाहनालाई पुरा गर्न चीन, अमेरिका र भारतले नेपालमा कृयाकलाप केन्द्रित गरिरहेका छन् । आर्थिक सहयोग र साझेदारी मार्फत नेपालमा प्रभाव बढाउन कायम राख्न र आफ्नो प्रभाव बाहिर नजाओस भन्न भारतको छिमेकी पहिला, पूर्व हेर नीति देखि चीनको बीआरआई र अमेरिकाको एमसीसी जस्ता कार्यक्रम अघि सारिएका छन् । जसको अंश नेपाल बनिसकेको छ । नेपालमाथि अमेरिकी सुरक्षा रणनीति (आइपीएस) र चिनियाँ विश्व सुरक्षा पहल प्रभावक्षेत्र सिद्धान्त कायमै राखेको छ । कुनै पनि वेला यसको नयाँ संस्करण ल्याएर दवाव दिन संकेत प्रवल सम्भावना छ ।
विश्व राजनीति र कुटनीतिक व्यवस्थामा प्रबृतिगत परिवर्तन देखिदैछन् । जसमा, साझा पहिचान, परम्परा र धार्मिक विश्वासको समुच्च रुप साँस्कृतिक सम्बन्ध हावी हुँदै । राजनीतिक विचारधारा र सभ्यता सहितको भौगोलिक पहिचानको खोजी हुँदैन । यसको अगुवाई गर्ने नेतृत्व लोकप्रिय हुँदैन । चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्रीको लोकोप्रयताले यस कुराको असली गवाही दिइरहेको छ । दक्षिण तिरको हिन्दू राष्ट्रबाद, उत्तरतिरको कन्फुसियसबादमा आधारित सभ्याताको विस्तार र अमेरिकी इसाई राष्ट्रवादको साँस्कृतिक स्वार्थको जटिलतामा नेपाल नजानिदो रुपले जेलिन थालेको छ ।
नेपालमा करिब ८१ प्रतिशत हिन्दुहरु छन् । नेपालको भूसाँस्कृतिक सम्बन्ध भारतसँग छ । भारतमा भाजपाले हिन्दू राजनीति र हिन्दुत्वको संरक्षणमा जोडिदिंदै अल्पसंख्यक मुस्लिम र इशाई धर्मालम्वीहरुलाई बन्दे मातारम बोलो’ भन्दै धम्क्याई रहेको छ । भारतीय अग्निहिन्दुवादी भावपाको धार्मिक अहिष्णुतावादी कुकृत्यको नेपाली हिन्दुजनले विरोध गर्न सक्दैनन् । यही बेला चीनले विश्व सभ्याता पहलमा जोडिन नेपाललाई आग्रह गर्दै आइरहेको छ । उता इशाईहरुको संरक्षण गर्न अमेरिका र बेलायतको नेपालमाथि चर्को दवाव छ । नेपालमा अनुदान र सहयोग मार्फत अमेरिकी शाक्ति सक्रिय भइरहेको छ । एमसीसी कै अनुदान थपिदिने भएको छ । स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर गर्न अमेरिकाले नेपालमाथि ताकेता गरिरहेको छ । चीन, भारत र अमेरिकाको त्रिपक्षीय भूराजनीतिक र एवम् साँस्कृतिक चपेटामा नेपाल पर्न थालेको छ । अनुदान र सहयोग मार्फत अमेरिकी शाक्तिले धार्मिक र साँस्कृतिक रुप धारणा गरोस भन्ने तर्फ सजग हुँदै राष्ट्रि एकता बलियो बनाउनु नै अहिलेको मूल दायित्व भन्न सकिन्छ ।


0 comment