बिमल सुबेदी,
काठमाडौं – बाहुनले रक्सी खानु हुन्छ कि हुँदैन भन्नु भन्दा अगाडी बाहुन भनेका को हुन्, त्यो जान्नु चासोपर्दोछ । हाम्रो सन्दर्भमा बाहुन भन्नाले के बुझिन्छ त्यसको उत्पत्तिको सम्बन्ध मध्यु युगिन हिन्दु सामान्ति सामाजिक व्यवस्था र तत्जन्य परम्परासँग गाँसिएको र यसैबाट निर्देशित भएको धारणा बिशेष हो भनेको पनि पाइन्छ । यसैले होला, प्राय गरेर गैह्र बाहुनहरुले नेपालमा बाहुन भनेका अभिजातिय सामान्ति हिन्दु शासक बर्ग याने क्षेत्रीहरुका पृष्ठपोषक, शक्तिका संकठन निर्माता र बौद्विक ध्रुततामा खप्पिस, लोभी, डरपोक तर चलाख जाति बिशेषका रुपमा पनि बुझ्दछन् । तर नेपाली बाहुन क्षेत्री आफुहरुभने प्रचिन आर्यका सन्तान मान्दछन् र आफुलाई भारतिय कान्य कुब्जी ब्राम्हण आदीसँग जोड्नमा गर्भ गर्दछन् । उनीहरु भारतमा मुसलमानको आक्रमण पश्चात विधर्मीहरुको डरले नेपालका पहाड कनडरामा भागेर पसेको भन्ने प्रकारको इतिहास र प्रमाणहरुले पु्ष्टिगर्न त्यति नभ्याउने तर्क गर्दछन् ।
एउटै जातिको एउटै रितीरिवाज, परम्परा, मुल्यमान्यता, थर र संस्कार हुन्छ । तर नेपालका पाहडी बाहुन र भारतीय मधेसी बाहुनका विचमा यी कुनै पनि कुरा नमिल्नुले नेपालको बाहुन क्षेत्री भएको जाति भारतमा नपाइनुले र मुसलमानको आक्रमण भन्दा सयौ सय बर्ष अगाडि देखि नै बर्तमानमा आफुलाई आर्यबाहुन क्षेत्र हौं भन्ने जातिका पूर्खा नेपालमा बसोबास गरेको प्रमाण पाइनुले तर्कको पुष्टि गर्दैन । बरु यी पहाडे मटवाली खसजाति भएको र तत्कालिन भारतीय सम्बद्ध सभ्यताको प्रभाव र बसमा परेर तागाधारी बनेका हुन भन्ने एउटा तर्क छ । यस अर्थमा नेपाली बाहुन क्षेत्री बास्तवमा परम्परागत हिन्दु मूल्य र मान्यता अनुरुप आर्य बाहुन र क्षेत्री नै होइनन् बरु रक्सी खाने प्रचिन शक या खस जातिका सन्तान हुन् भन्ने बुझ्नु पर्ने हुन्छ । तर्कमा दम छ तर यो लेखमा यसलाई पुष्टिगर्ने जमर्को गरिएको छैन । किनभने बिषय यहाँ बाहुनले रक्सी खानु हुन्छ कि हुदैन भन्ने हो ।
बाहुनले रक्सी खानु हुँदैन भन्नेहरुको तर्क अनुसार बाहुन प्राचीन बैदिक आर्यहरुका सन्तान भएकाले यिनको पवित्र र विशुद्ध जातीय इतिहास र संस्कारमा तमासी, अशुद्ध र अनार्य पदार्थ रक्सी खानु त के छुनु पनि हुँदैन भन्ने छ । तर प्रचीन आर्यहरुले नै सोमरसका नाममा रक्सी खान्थे भन्ने कुरा भने बाहुनहरु मान्न तयार देखिदैनन् । बैदिक आर्यहरु सोमलाई पवित्र, दुर्लभ र प्रिय मान्दथे । ऋग्वेदको सम्पूर्ण नवौं मन्डल र अन्य धेरै सम्पूर्ण सुक्तमा सोमबारे बर्णन हुनुले नै यसको महत्व प्रष्ट हुन्छ । प्राचीन आर्यहरु यही प्रिय सोमको लोभ देखाउदै आफ्ना इष्ट देवताहरु जस्तो इन्द्र, बरुण, अग्नी आदिलाई आह्रान गर्दथे । र यज्ञमा सोमरसको हवि प्रदान गर्दथे । यो कुनै लाल वा अरुण रंगको (ऋग्वेद ७ । ९८।१) कुनै कण्दमूल, फल वा लहरा वा काण्ड वा अन्य केही थियो जसको पुर्ण ज्ञान सेवन कर्तालाई पनि थिएन । किनभने सोमलाई उनीहरु पनि धेरै ताढा उत्तरको (तैत्तिरीय ब्राम्ह्रण ३। ११। ५२) कुनै मुञ्जवन्त वा मोजवत वा भुजवत पहाडबाट ल्याउथे । यो मोजवत पहाडमा सोम पाइन्थ्यो भन्ने कुरा ऋग्वेदको धेरै सुक्तहरुमा (१।९।३।६, ३।४८।२।, ५।३६।२, ५।४३।४, ५।८५।२।, ९।८।२) र अर्थव वेद (३। २१। १०) मा उल्लेख छ । मोजवत पर्वत कहाँथियो भने बरेमा पनि मत्यैक्य देखिदैन । यसलाई कसैले हिमालय पर्वत र कसैले हिन्दूकुश पर्वत आदि मानेका छन् । जे होस, यो अनार्य क्षेत्रमा थियो भन्ने सम्भावना बलियो देखिन्छ । मंगोलियाको प्राचीन भूगोलमा दक्षिणका चार ठूला पर्वतमा उलुकताघ याने महापर्वत, कुर्चिकताघ याने लघुपर्वत, मुजताघ याने हिम पर्वत र बेलघताघ याने कालो पर्वतका बारेमा उल्लेख पाइन्छ । यसमा परेको मोजताघ नै आर्यहरुको मुञ्जवन्त पर्वत हुनुपर्दछ भन्ने भनाई छ ।
मोजवत शब्द संस्कृत मूलको नभएकाले पनि यो अनार्य शब्द ठहर्दछ । ऋग्वेद (९।८।४) मा सोम उत्पन्न स्थलको पहरा गन्दर्भले गर्दछन् भन्ने पाइन्छ । यस्तै गरेर ऐतरेय ब्राम्हणको तेस्रो अध्यायको बाह्रौं मन्त्रमा सोमराजालाई पूर्व दिशाबाट तेह्रौं महीनालाई निन्दनीय र सोम बेच्नेलाई पापी भनिएको छ । सोम बेच्नेलाई पापी भनिएकोबाट शायद मौकामा यी लडाकु आर्यहरु सोमलार्य हरण गरेर वा खोसेर पनि ल्याउदाहुन कि भन्ने बुझिन्छ । सोम तर खरीद गरेर ल्याइन्थ्यो भन्ने धेरै प्रमाण पाइन्छन् । तैतीरिय ब्राम्हण (३।१३) मा अध्वर्यु होतासँग खरीद गरेको सोमको लागि मन्त्र पढ्न भन्दछन् । शतपथ ब्राम्हण (३।३।१।१) मा सोमको रस निकाल्नु अगाडि यसलाई खरीद गर्ने विधान पाइन्छ । ऋग्वेद (३।५३।१४) मा सोम कुनै पर्वतमा उम्रने र गदर्भबाट पाइने कुराको छनक पाइन्छ शतपथ ब्राम्हण (३।३।१।१४), तैत्तिरीय संहिता (६।१।६) मा जुन गाईको बदलामा सोम खरीद गरिन्छ त्यसको रंग रातो र केही पहेलो हुनु पर्दछ किनभने सोमको रंग पनि त्यस्तै छ भनेर भनिएको छ ।
जसरी आजभोलि हाम्रा दैनिक उपभोगका बस्तु एवं खाद्य– सामान आदि जो टाढाबाट आएका हुन्छन् र जसरी हामी यस्ता बस्तु बारे पूर्णज्ञान नराखीकनै बजारबाट किनेर उपभोग गर्दछौं । त्यसरी नै सहज प्राप्य हुनुको यो खरीद बस्तु सोम प्रति पूर्ण ज्ञान नराखी सेवन गर्दाहुन भन्ने सकिन्छ । किनभने सोम दुर्लभ भएपछि विकल्पको खोजी त भयो तर मूल सोम प्राप्त गर्न सकिएन । तर रक्सी जस्तै प्रकृतिको मादक पदार्थ यो हुनाले यसलाई छोड्न पनि सकिएन । तर रक्सी जस्तै प्रकृतिको मादक पदार्थ यो हुनाले यसलाई छोड्न पनि सकिएन । यदि सोम अचेल कल्पना भएजस्तो ताजा बलबर्धक झोल मात्र भएमा र यसको नशालु प्रभाव नहुदो हो त कालक्रममा यो विर्सिइने थियो । रक्सी र सोमरस जस्तै छन् । किनभने जसरी रक्सी भन्नासाथै हामी एउटा टर्रो, नमीठो, बमनकारी, स्वास्थ्यको निम्ति बढी सेवन गरेमा हानीकरक र मातलाग्ने नशालु तरल पदार्थ बिषेशलाई सम्झन्छौं ।
त्यसरी नै रक्सीका यी चार गुण सम–प्र्रकृतिका गुण सोमरसमा पनि रहेको बुझिन्छ । सोम पनि रक्सी झै नमीठो वा टर्रो केही हुनुपर्छ । किनभने सोमको सेवन विधीमा यसलाई नचाखिकन स्वाट्टै पिउनुपर्दछ भन्ने पाइन्छ । रक्सीझै सोम पनि बमनकारी थियो । तैत्तिरीय संहिता (२।३।५) र शतपथ ब्राम्हण (५।५।४।९) आदि मन्त्रमा पिएको सोम बमन गरेपछि प्रायश्चित्तको विधान या यज्ञआदिको उल्लेख छ । यस्तै तैत्तिरीय ब्रम्हणमा सोम सेवन पछि हुने वमनको उल्लेख छ । रक्सी झै सोम पनि अधिक सेवनमा हानीकारक थियो । मैत्रायणी संहिता (२।२।२।१३) मा सोमको अधिकतामा हानीकारकता देखाइएको छ । सोमको कडा नशालाई रक्सीकै जस्तो पानी हालेर मत्थर बनाइन्थ्यो होला । यसैले ऋग्वेद (९।६१।७) मा जल सोमकी आमा हुन भनियो । सवैभन्दा महत्वपूर्ण कुरा रक्सी जस्तै सोमरस पनि मादक र नशालु थियो । एतरीय ब्राम्हण (२।३।४) मा एउटी लामो जिब्रो हुने राक्षशनीले तयार पारेको याने कुटेर, निचोरेर, छानेर झोलरुपमा पिउन तयार बनाइएको सोमरस चोरेर पिएको र यसले गर्दा उसलाई नशा लागेको, मातेर लरबराउदै हिंडेको तर पछि दही आदि सेवन गरेर नशा छुटेको वर्णन पाइन्छ ।
यस्तै सोमरस सेवन गरेर नशाले मातेको वर्णन पाइन्छ । यस्तै सोमरस सेवन गरेर नशाले मातेको बर्णन मैत्रायणी संहिता (२।२।३) मा “इन्द्रो वै त्वष्टु ः सोममपिबत् अनुपह्यमानः । तस्योध्र्वः सोमपीथो पतत्” भनेर गरिएको छ । ऋग्वेदका विविध सुक्त (९।५२, ९।३९, ९।१०५) का विविध मन्त्रमा सोमको मादकता बारेमा आभास पाइन्छ । एतरीय ब्राम्हणमा पनि राक्षसले सोमलाई चोरेको वर्णन छ । ऋग्वेद (८।४६।६) मा “अग्नि न मथित सं दिदीप ...” आदि भनेर सोमलाई मथेको अग्निको समान मलाई तेजवान बनाउ भनिएको छ । मथेको भन्दा झोल मारेको बुझ्न अर्थसहज छ । झोल पारेको आगो र रक्सी झण्डै अर्थसमान छन् ।


0 comment