प्रभातराज पाण्डे,

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन वा छोटो नाम सार्क सन् १९८०मा दक्षिण एसिया क्षेत्रमा विकसित भएको क्षेत्रीय एकताको भावनालाई बङ्गलादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गरेका थिए। यसअघि नेपालका राजा वीरेन्द्र वीरबिक्रम शाहले सन १९७७ ताका कोलोम्बो योजना परामर्शदात सम्मेलनमा नेपालको नदी-नालाहरूलाई यस क्षेत्रका मुलुकहरूको हितको लागि प्रयोग गर्न आह्वान गरेका थिए।

बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५ मा ढाकामा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर गर्न बङ्गलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्कासहित सात राष्ट्रले सहमति जनाएका थिए। जस अनुरूप १६ जनवरी १९८६ मा काठमाडौँमा सार्क सचिवालयको स्थापना गरियो। सार्कको कान्छो सदस्यको रूपमा अफगानिस्तानले नयाँ सदस्यता हासिल गरेको छ। यसबाट सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या ८ पुगेको छ। सन् २०१९को तथ्यांक अनुसार, सार्क देशहरूले कुल पृथ्वीको ३५ क्षेत्रफल र २१५ जनसंख्या ओगटेका छन्।

उद्देश्य

सार्कको बडापत्र अनुसार यसका उद्देश्यहरू निम्न अनुसार रहेका छन ;

  1. यस क्षेत्रको आर्थिक वृद्धि, समाजिक प्रगति तथा सांस्कृतिक विकासमा तीब्रता ल्याउनु र सबै मानिसलाई स्वाभिमानसाथ रहने र उनीहरूलाई आफ्नो पूर्ण क्षमताको महसुस गराउने अवसर प्रदान गर्नु,
  2. दक्षिण एसियालीका देशहरूबीच सामूहिक आत्मनिर्भरतालाई अभिवृद्धि र सुदृढ गर्नु,
  3. आपसी विश्वास, एक अर्काका समस्याहरूप्रति समझदारी बढाउनु,
  4. आर्थिक, सांस्कृतिक, प्राविधिक, समाजिक तथा वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहयोग र आपसी सहायता प्रबर्द्धन गर्नु,
  5. अन्य विकासोन्मुख देशहरूसँगको सहयोगलाई मजबुत तुल्याउनु,
  6. आपसी साझा हितका मामिलामा अन्तर्राष्ट्रिय मञ्चहरू सहयोग सुदृढ गर्नु,
  7. समान लक्ष्य र उद्देश्य भएका अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूलाई सहयोग पुर्‍याउनु,
  8. दक्षिण एसियाका जनताको हित अभिवृद्धि तथा जीवनस्तर सुधार गर्ने।
  9. यस क्षेत्रको आर्थिक वृद्धि, समाजिक उन्नति तथा सांस्कृति विकासलाई अभिवृद्धि गर्ने।
  10. दक्षिण एसियाका राष्ट्रहरूबीचको सामूहिक आत्मनिर्भरतालाई अभिवृद्धि र संवृद्धि गर्ने।
  11. एकआपसको समस्याप्रति पारस्परिक विश्वास र समझदारी राख्दै योगदान दिने र
  12. आर्थिक, समाजिक, सांस्कृतिक, प्राविधिक तथा वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहभागिता र पारस्परिक सहयोगको अभिवृद्धि गर्ने।

सार्कका सिद्धान्तहरू

  1. सङ्गठनको ढाँचा भित्र गरिने सहयोग एक अर्काको सार्वभौम समानता क्षेत्रीय अखण्डता राजनीतिक स्वतन्त्रता एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप तथा आपसी हितमा आधारित हुनेछ।
  2. यस्तो सहयोग दुईपक्षीय तथा बहुपक्षीय सहयोगको बदलामा नभई त्यसको पुरकको रूपमा हुनेछ।
  3. यस्तो सहयोग दुईपक्षीय तथा बहुपक्षीय दायित्व विपरित हुने छैन।
  4. यस्तो सहयोग खराब नियतिको लागि हुने छैन।

सार्क सचिवालय

सार्क सचिवालय नेपालको काठमाडौँमा रहेको छ। यसको उद्घाटन नेपालका तत्कालीन राजा वीरेन्द्र शाहबाट सन् १९८७ जनवरी १६मा भएको हो।

सार्क शिखर सम्मेलनहरू

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापना सन् १९८५ डिसेम्बर ८ मा भएको हो । नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स र श्रीलङ्का मिलेर स्थापित सार्कको पछिल्लो राष्ट्रको रूपमा अफगानिस्तान रहेको छ। सन् २००७ अप्रिलमा भारतमा सम्पन्न १४ औँ शिखर सम्मेलनले अफगानिस्तानलाई सदस्यता प्रदान गरेको हो।

सार्क स्थापनामा बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानको योगदान महत्वपूर्ण रहेको छ। रहमानले सन् १९७०को दशकमा दक्षिण एसियाली राष्ट्रहरूको एउटा व्यापारीक समूह गठनको प्रस्ताव राख्नुभएको थियो। उहाँले सन् १९८० मे २ मा दक्षिण एसियाली क्षेत्रीय सहयोगुको अवधारणालाई अगाडि सार्दै दक्षिण एसियाली राष्ट्रहरूका राष्ट्ररसरकार प्रमुखहरूको शिखर बैठकको आहृवान गरी पत्राचार गर्नुभयो। सन् १९८१मा सात देशका विदेश सचिवहरूको पहिलो बैठक श्रीलङ्काको कोलम्बोमा बस्यो। शृङ्खलावद्ध बैठकहरूको आयोजनापछि सन् १९८५ डिसेम्बर ७-८मा बङ्गलादेशमा आयोजित शिखर भेलाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको बडापत्रलाई औपचारिक रूपमा स्वीकार गरेको हो।