
सरिता ढकाल,
आजको युगलाई औद्योगिक युग भनिन्छ । औद्योगिक युगको यस चरम विकसित समयमा आजको मानव जीवन र कामनाका लहरहरु पनि छचल्कियो रुपमा दिनहुँ अगाडि आइरहेको पाइन्छ । यसो हुँदा हुँदै पनि आज विश्व–शान्तिमा एक भेट पैदा गर्ने अवस्थाको सृजना पनि टड्कारो रुपमा बराबर देखिन आएको पाइन्छ र यसले आजको मानव, उसको जीवन, समाज, देशकाल र परिस्थितिलाई बराबर भयभित तुल्याएर राख्ने काम पनि गर्दछ ।
आजको समय तथा युगमा औद्योगिकीकरणले आर्थिक समउन्नतिलाई जसरी बढावा दिदैछ । आर्थिक द्वन्द्व र विनासलाई दिन दुगनी रात चौगुना यसरी नै निम्त्याएको देखिन्छ । आजको मानव र उसको युग यसभित्र पूरापुरी झुल्किएर बसेको देखिन्छ । विश्वशान्ति सम्बन्धमा संघ–संस्था, संगठन र मञ्चहरु प्रवलरुपले निर्माण हुँदै यस्ता संघ–संस्था, संगठन र मञ्चहरु आज आइरहेका छन् र विश्वशान्तिको खातिर समानरुपले प्रयोग गर्दै हिडेका देखिन्छन् ।
विश्वशान्तिको कुरा मेरो वैवाहिक जीवन पश्चात म सन् १९७५ तिर जर्मनीमा बस्दा, रहँदा विश्वशान्ति सम्बन्धमा आफू आवद्ध रहेका संघ–संस्थाको सम्झना गर्न पुग्छु –
त्यतिबेला जर्मनहरुमा द्वितिय विश्वयुद्धको घाउ ताजै छ । जर्मनी, फ्रानस, इटली, बेल्जियम, व्रिटेन, पोल्याण्ड चेकोस्लोभाकियामा युद्धले चस्याएका खाटा नबसेका घाउहरुको स्वरहरु सुनिन्यो । यस्ता विकसित, आर्थिक संयन्त्रतामा बसेका यस्ता समान र देशका ब्यक्तिहरुमा यस्ता पोल्दापिल्छिदा घाउहरुमा हैरान हुन्थ्यो । औद्योगिक संयन्त्रमा र यस्ता समाजका व्यक्तिहरुले दैत्यरुपी नरसंस्कार देख्नु भोग्नु परेको । आफ्नो देश र समाजले आजको मान्छेलाई दिएको यो कस्तो श्राप हो ।
हिटलरको जातीय युद्ध एन्टी सेमेटिक र कनसन्ट्रेसन क्याम्पका कहाली लाग्दा वर्णनहरुका वृत्तान्त सुनाउने या भन्नेहरु आफ्नो बानीमा अचिटन भक्तिदै बोल्दथ्यो मानौं ती बर्णनहरु हिजो–आज मात्र घटेका हुन् । मैले बिशेष गरेर पोल्याण्ड घुम्न गएको बखत पोल्याण्डमा कन्सन्ट्रेसन क्यामहरुको निरीक्षण गरे, त्यसबारे सुने । पूर्वी यूरोप पोल्याण्डको राजधानी बार्सामा तीन महिनासम्म कनसन्ट्रेसन क्याम्पका लासहरुको दृश्यले के दिन, के रात एकै रहयो भन्ने कुराहरु ती विभत्स कुकार्यहरुलाई प्रत्यक्षरुपमा देख्नेहरुबाट समेत सुन्ने मौका पाएकी हुँ ।
विभिन्न विषेश नारामा नात्सी जर्मनीसँगै पुर्वी यूरोपका देशहरुमा समेत यो नारा दिँदै कनसनट्रेसन क्याम्प बाहेक बाह्य जनसाधारणलाई पनि श्रम त्यसवेला गराइन्थ्यो । जर्मनी औद्योगिक विकासमा द्रुतगतिले अगाडि बढ्दैथ्यो ।
नात्सी जर्मनीले आफ्ना वरपरका घर–छिमेकका देशहरुमाथि पनि आफ्नो विजयको सपना देखेर विशाल आक्रमण ग¥यो । जर्मनीले परमाणु शक्तिको राम्रो विकास पनि गरेको थियो । जर्मनीको यूरोपका अन्य छिमेकी देशहरु माथिको आक्रमण पश्चात् उसमा घर–छिमेकका राष्ट्रहरु एक भई गोलबद्ध भएर बसे र आक्रमणको प्रतिकार गर्दा भए । युद्धकै क्रममा पछि परमाणु शक्तिमा विकसित भएको अमेरिकालाई आफ्नो सहयोगार्थ आमन्त्रण गरेर परमाणुको समेत प्रयोगबाट जर्मनी माथि आक्रमण भयो । हेर्दा हेर्दै औद्योगिकरण र विकासले सम्पन्न जर्मनी युद्धमा हार्दै ध्वस्त पनि भयो ।
परिणाम स्वरुप बिशाल जर्मनी पश्चिम र पूर्वमा विभाजित हुनपुग्यो र पूर्वि जर्मनीमा साम्यबादीहरुको शासन व्यवस्था कायम भयो । यसरी पूर्वी यूरोपका धेरै देशहरु पोल्याण्ड, हंगेरी, बुलोेरस, चेकोस्लोभाकियामा समेत साम्यबादीहरुको शासन व्यवस्था रहन पुग्यो ।
जर्मनहरुको द्धितीय विश्वयुद्ध पश्चात् आफ्नो विशालदेशको विभाजनको पीडा खप्दै के दिन के रात नभन्दै आफ्ना कठिन परिश्रमले आफ्नो देशको पुनिर्माण गरे । जर्मनीको यो पुर्निमाण विश्व मै एक उदाहरण बनेर रहेको छ ।
यी भए हिटलर उसको नाजी पार्टीले गरेका युद्धका विभीषिका, प्रभाव र परिणाम ।
द्धितीय विश्वयुद्धको घाउ यूरोपका देशहरु एवम् राष्ट्रहरुले समानरुपमा नभोगे पनि विश्वका अन्य महादेशहरु तथा देशहरु पनि यसको चरम प्रभाव र पीडाबाट अछुतो रहेनन् ।
युरोपका जुनसुकै देशहरुको भ्रमण गर्दा पनि त्यतिबेला मैले केवल द्धितीय विश्वयुद्धका मात्र नभई प्रथम विश्वयुद्धका दुखात्मक बर्णनहरु पनि समान रुपले सुने र यसरी उनीहरुको मन मस्तिष्कमा दुबै विश्वयुद्धहरुको फरफराउँदो घाउ रहेको पाए ।
प्रथम त्यसमा पनि द्धितीय विश्वयुद्धले यूरोपलाई पूरै गाँजेर सरी विश्वका अन्य महादेशहरुलाई पनि असर गर्न बाँकी राखेन त्यसको अनुभवमा आजको सभ्यताका सम्पूर्ण देश र महादेश कहालीलाग्दो अवस्थाको सम्झना गर्द पुग्दछन् ।
यसो हेर्दा आजको समय पनि अइतरो रुपमा नभई आएको देखिन्छ । रसिया र युक्रेनको बीचको युद्धलाई हेर्दा युद्धको विभीषिका आज पनि नटरेको देखिन्छ ।
रसिया र युक्रेनको यो युद्ध अतिकति आजभन्दा भोलि घट्ने भन्दा झन्झन् नरसंहारी रुपमा बड्दोछ । यसले रसिया र युक्रेनलाई मात्र प्रभाव नपारी युरोपका समस्त देशहरुलाई नरासंहार प्रभावित भरेको छ र त्यहाँको जनजीवन अशान्तमय र युद्धको पीडा दिनहुँ बढ्दोरुपमा भोग्दो छ । यस युद्धले युरोपमा सैनिक संगठन नेटो आदिमा अमेरिकाको सहयोगको याचना गरेर अमेरीकालाई पूरा रुपमा तान्ने काम गरेका छन् र अमेरीका अहिले नराम्रोसँग प्रर्णरुपले फसेको यी युरोपका आर्थिक कम्युनिटी इ. ईन्सीमा अमेरीकाको हस्तक्षेपकारी प्रभाव बढ्दोछ र यसबाट विश्वमा अन्य घट्नाहरु पनि घट्ने समेत मिल्दो छ । एसियाली मुलुकहरु चीन, नेपाल, भारत जस्ता देशहरु पनि यसबाट प्रभावित भएर कतै युद्धको विभिषिका यिनै देशहरुका सीमाबर्ती स्थानहरुबाट उठेर यिनीहरुलाई नगाँजोस् ।
कतै हाम्रो जस्तो शान्तदेश नेपाललाई छिमेकी, चीन र भारत जस्तो देश र स्थानको सीमाबर्ति भएकै कारणले यस्तो दुर्भाग्यको सामना गर्ने दिन नआओस् ।
युद्धको विभीषिकालाई हामी सबैले सधै ठाउँबाट सम्पूर्ण बल लगाएर विरोध गर्नु पर्दछ । यो आजको विश्वकै एक अभिशाप बनेर रहेको छ ।


0 comment