रामशरण पाण्डे,

यद्धको कहालिलाग्दो दृष्य

अक्टोबर ७ मा हमास लडाकुले इजरायलमा अचानक गरेको आक्रमणमा १४ सयजना मारिए पछि विश्वमै सन्सनी फैलियो । सो आक्रमणपछि सुरु भएको पछिल्लो इजरायल–हमास युद्ध एक महिना पूरा हुँदा हताहती निकै बढिसकेको छ । सुरुवाती आक्रमणमा इजरायलले ठूलो क्षति भोग्यो । इजरायलले अक्टोबर ७ देखि नै निरन्तर हमास शासित घना गाजापट्टीमा निरन्तर बमबारी गरिरहेको छ । यी बमबारीमा नौ हजार ७७० मारिएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । 

गाजामा मारिने नौ हजार ९७० मध्ये चार हजार बालबालिका छन् । गैरनाफामूलक संस्था ‘सेभ द चिल्ड्रेन’का अनुसार गाजामा मारिएकामध्ये ४० प्रतिशत बालबालिका रहेको औँल्याएको छ । त्यस्तै हजार बालबालिका अझै बेपत्ता रहेको र धेरै भग्नावशेषभित्र पुरिएका हुन सक्ने संस्थाले चिन्ता व्यक्त गरेको छ । ‘गाजामा पछिल्लो तीन सातामा मारिएका बालबालिकाको संख्याले सन् २०१९ देखि विश्वभरका युद्धग्रस्त क्षेत्रमा मारिएका बालबालिकाको संख्या उछिनेको छ,’ सेभद चिल्ड्रेनले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

इजरायली सेनाले अक्टोबर सातदेखि चार हप्ताको अवधिमा गाजापट्टीमा १८ हजार टन बम खसालेको गाजापट्टीमा शासन गरिरहेको सरकारको मिडिया प्रमुख सालामा मरुफले प्रेस ब्रिफिङमा बताए । यो परिणामको बमले दोस्रो विश्वयुद्धमा हिरोसिमा सहरमा खसालिएको आणविक बमको भन्दा डेढगुणा बढी विस्फोटक शक्ति निकाल्ने विज्ञहरूले बताएका छन् । 

‘इजरायली बमबारी कारण ८५ सरकारी भवन, ४७ मस्जिद ध्वस्त भएको छ भने तीन चर्चमा ठूलो क्षति पुगेको छ । त्यस्तै दुई लाख घरमा क्षति पुगेको र त्यसबाट ती घरका करिब ३२ हजार पाँच सय बेघर भएका छन् । त्यस्तै २०३ विद्यालयमा ठूला असर पुगेको र ४५ विद्यालय भने प्रयोग गर्न नसकिने गरी क्षतिग्रस्त भएको छ । मारिनेमा १२४ स्वास्थ्यकर्मी पनि छन्,’ प्रवक्ता मरुफले जानकारी दिएका छन् । 

अलजजिराका अनुसार गाजामा खसालिएकामध्ये अधिकांश बम अमेरिकामा निर्मित एमके८० शृंखला रहेको छ । यो बम भियतनाम युद्धदेखि प्रयोगमा छ । सुरुमा स्वतन्त्र रूपमा विमानबाट खसालिने गरी बनाइएको यो बम निरन्तर सुधार गरिएर अहिले सटिक रूपमा लक्ष्यमा मार हान्न सकिने बनाइएको छ । जहाँसम्मको लडाकु विमानको कुरा छ, इजरायलले अमेरिकामा बनेका एफ–१५, एफ–३५ र एफ–१६ प्रयोग गरिरहेको कुरोभाकले लेखेका छन् । 

एफ–१५ हवाई प्रभुत्व बनाउन प्रयोग गरिन्छ । तथापि आवश्यक पर्दा यसलाई बमबारीमा पनि प्रयोगमा ल्याउन सकिन्छ । एफ–३५ बमबारीभन्दा पनि सम्भावित जोखिमलाई निस्तेज पार्न प्रयोग हुने सैन्य विश्लेषकको भनाइ छ । यो साता एक एफ–३५ विमानले यमनबाट हुथीले हानेको क्रुज मिसाइल खसालेको भिडियो सार्वजनिक भएको थियो । गाजामा जारी भीषण बमबारीमा मुख्यतः एफ–१६ प्रयोग भइरहेको छ । कुरोभाकका अनुसार अहिले इजरायलले करिब सयवटा यस्ता विमान प्रयोगमा ल्याएको छ । 

इजरायली सेनाले एक हप्ता लामो भीषण संघर्षपछि गाजापट्टीको सबैभन्दा ठूलो सहर गाजा सहरलाई घेरा हाल्न सफल भएको बताएको छ । यस क्रममा उसले सम्पूर्ण गाजापट्टीलाई दुई भागमा विभाजन गरेको छ । इजरायली सेनाका अनुसार हमासको नेतृत्व र मुख्य लडाकु दस्तालाई गाजा सहर रहेकाले त्यसलाई घेराबन्दी गरिएको हो । नजिकिँदै गरेको स्थल युद्धको तयारीका लागि हमास भने घना बस्तीबीचमा तिनको स्थिति बलियो बनाउन लागेको अन्तरर्–ाष्ट्रिय मिडियाले बताएका छन् । उता इजरायली सेनाले गाजा सहरलाई घेरेको सन्दर्भमा अमेरिकाले आगामी दिनमा इरान र हेजबुल्लाले हमासको पक्षमा आक्रमण गरे  आफूले प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएको छ । यसको तयारीका लागि आफूहरूले सो क्षेत्रनजिक ओहायो–क्लास गाइडेड मिसाइल बोक्ने पनडुब्बी पठाइसकेको दाबी गरेको छ । उता इजरायली सेनाका एक प्रवक्ताले आफूहरूले नागरिकलाई थप दक्षिणतर्फ जान दिनका लागि उत्तरी गाजामा दुई दिन कैयौँ घन्टा बमबारी रोकेको बताएका छन् । ‘हामीले तिनलाई कहाँ जाने मात्रै बताएनौँ, ती जाने भनिएको दक्षिणमा थप मानवीय स्थिति निर्माण गर्न सघाइरहेका छौँ,’ लेफ्टिनेन्ट कोलोनेल जोनाथन कोनरिकसले भने । 

गाजामा उच्च हताहती दरको मध्यपूर्वी मुस्लिम देशबाट विरोध भइरहँदा अमेरिकाले कूटनीतिक प्रयास तीव्र बनाएको छ । मानवीय उद्धारका लागि युद्धलाई केही समय रोक्ने विषयमा अमेरिकी विदेशमन्त्री एन्टोनियो ब्लिंकेन टर्की पुगेका छन् । त्यहाँ उनले आफ्ना टर्किस समकक्षी हाकान फिदानसँग वार्ता गरे । उता अमेरिकी विदेशमन्त्री राजधानी अंकारामा रहँदा टर्किस राष्ट्रपति रिसेप तयप एर्दोगानले भने ग्रामीण क्षेत्रको भ्रमणमा निस्किए । यसलाई अमेरिकी मन्त्री पन्छाउने प्रयासका रूपमा हेरिएको छ । इजरायल–हमास युद्धमा अमेरिकाले इजरायलाई पूर्ण समर्थन दिएको कुरामा अधिकांश मध्यपूर्वी देश असन्तुष्ट छन् । 

तर अमेरिकाले इजरायललाई निःसर्त समर्थन दिँदै उसका मध्यपूर्वी इस्लामिक साझेदारलाई आफूहरू मानवीय क्षति कम गर्न केन्द्रित रहेको भनेर सम्झाउन खोजिरहेको छ । ब्लिंकेन अन्य मध्यपूर्वी देशको राजधानी पुगेर टर्की पुगेका थिए । त्यसअघि ब्लिंकेनले जोर्डनको राजधानी अम्मानमा कतार, साउदी अरब, जोर्डन र युएईका विदेशमन्त्रीहरूसँग भेटवार्ता गरेका थिए । त्यहाँ सबैले एक स्वरमा अमेरिकाले इजरायललाई तत्काल युद्धविराम गर्न मनाउनुपर्ने माग गरे । सो भेटवार्तापछि ब्लिंकेन प्यालेष्टाइनको पूर्वी हिस्सा ‘पश्चिम किनारा’मा शासन गरिरहेको ‘प्यालेस्टिन एथोरिटी’का राष्ट्रपति मेहमुद अब्बासलाई भेटे । त्यसअघि ब्लिंकेन इराकमा थिए, जहाँ उनले प्रधानमन्त्री मोहम्मद अल–सुडानीसँग छलफल गरेका थिए । 

संयुक्त राष्ट्रसंघले गाजाभित्र आफ्ना ८८ कर्मचारी मारिएका बताएको छ । मारिनेहरू गाजापट्टीका शरणार्थी क्याम्पमा काम गर्ने संयुक्त राष्ट्रसंघीय उद्धार तथा सहकार्य एजेन्सी (युएनआरडब्लुए) का कर्मचारी रहेको सो निकायले जानकारी दिएको छ । ‘यो संख्या कुनै एक युद्धमा संयुक्त राष्ट्रसंघले गुमाएको सबैभन्दा धेरै कर्मचारी संख्या भएको’ संयुक्त राष्ट्रसंघले बताएको छ । 

संयुक्त राष्ट्रसंघका सबै मुख्य मानवीय एजेन्सीका प्रमुखको एक दुर्लभ संयुक्त वक्तव्य जारी गरेका छन्, जसमा गाजाको स्थिति ‘भयावह’ र ‘अस्वीकार्य’ रहेको भन्दै ‘तत्काल मानवीय युद्धविराम’को आह्वान गरिएको छ । यस्तै आह्वान इजिप्ट र ओमनबाट पनि भयो । तर, इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बन्धकहरू मुक्त नगरिएसम्म गाजामा कुनै युद्धविराम नगर्ने बताएको टाइम्स अफ इजरायलले लेखेको छ । इजरायली सेनाले २४० जना हमासको कब्जामा रहेको बताएको छ । 

‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट(सिपिजे)’का अनुसार अक्टोबर ७ मा युद्ध सुरु भएदेखि नोभेम्बर ६ सम्म कम्तीमा ३६ पत्रकार तथा मिडियाकर्मी मारिइसकेका छन् । मारिएका ३६ पत्रकारमध्ये ३१ प्यालेस्टिनी, चार इजरायली र एक लेबनानी मूलका छन् । त्यस्तै अन्य आठ घाइते, तीन बेपत्ता र आठ पक्राउ परेको सिपिजेले बताएको छ । इजरायल–हमास युद्धमा हताहत तथा बेपत्ता पत्रकारको अनुसन्धान गरिरहेको सिपिजेका अनुसार गाजापट्टीबाट रिपोर्टिङ गरिरहेका पत्रकारहरू विशेषतः उच्च जोखिममा काम गरिरहेका छन् ।

गाजामा पत्रकारले निरन्तरको सञ्चार तथा विद्युत् अवरोधका कारण समाचार सम्प्रेषणमा पनि समस्या भोगिरहेका छन् । त्यसबाहेक तिनले समाचार सम्प्रेषणमा विभिन्न सेन्सरसिप, साइबर आक्रमण, आक्रमणको धम्की, वास्तविक आक्रमण सामना गर्नुपरेको सिपिजेको तथ्यांकले देखाउँछ । प्यालेस्टिनी पत्रकारमध्ये थुप्रैले गाजामा बसोबवास गर्ने तिनको परिवार सदस्य गुमाएकाले पीडामाझ काम गरिरहेका छन् । 

ऐतिहासिक पृष्ठभूमि 

संसारको सबैभन्दा पुरानो र जारी द्वन्द्वमाध्ये एक रहेको इजरायल र प्लाष्टिनी बिचको द्वन्द्वमा एक बिबादित भूमिरहेको छ । बिशेष गरि जोर्डन नदी र भूमध्ये सागर बीचको क्षेत्रमा बस्ने अधिकार कसलाई र कुन अवस्थामा भन्ने विषयमा दुबै पक्षबीच गम्भीर बिबाद छ । हालको द्वन्द्वको जरा बिसौं शताब्दीमा गढेको भएपनि यसलाई बुझ्न त्यस ठाउँको ऐतिहासिक र बर्तमान पृष्ठभूमि बुझ्न जरुरी छ । 

तोराह र कुरान दुबै अनुसार यहुदी र अरब दुबै एउटै स्रोतबाट ब्यूत्पन्न भएका थिए । बाइबलीय उत्पत्तिको पुस्तक अनुसार अब्राहमलाई भगवानले अज्ञात भूमिमा नयाँ राष्ट्र स्थापित गर्न निर्देशन दिएका थिए । जुन कनान (बर्तमान इजरायल र प्लाष्टाइनको क्षेत्र) थियो । हिब्रु भनेर चिनिने अब्राहमका जनजातिले प्लाष्टाइनलाई आफ्नो बासस्थल बनाए, जहाँ पहिले नै बिभिन्न समुदायको बसोबास थियो र भूमि इजिष्टको अधिनमा । धार्मिक पुस्तकका अनुसार कनानमा अब्राहमका दुई छोरा भए । श्रीमती साराबाट छोरा इसाक जन्मिए भने भागर नामक मिश्रीदास स्त्रीबाट स्मायल । कथा अनुसार परमेश्वरले अब्राहमलाई सारा राष्ट्रकी आमा हुने बताएका थिए, तर निकै बर्षसम्म निसन्तानरहेकी साराले प्रमेश्वरको बाचा पुरा हुने आशामा अब्राहमलाई आफ्नी दासी हागर दिन्छिन ताकी हागरले उनीहरुका लागि बच्चा जन्माउन सकुन । तर, नब्बे बर्षको उमेरमा साराबाट इसाकको जन्म हुन्छ । त्यसपछिको राजनीतिक र धार्मिक गतिबिधिले इसाकलाई अब्राहमको एक मात्र उत्तराधिकारी बनायो भने इस्मायल र हागरलाई मरुभूमीमा निर्बासित गरियो । 

बाइबलीय मिथक

बाइबलीय कथा अनुसार भगवानले हागरलाई मरुभूमिमा भेटेर इस्मायलले पनि आफ्नो एउटा ठूलो राष्ट्र खडा गर्ने बताएका थिए । त्यसपछिका समयमा इस्मायलका बंशज अरब भनेर चिनिन थाले भने इसाकका यहुदी । यसरी, अरब र यहुदी भाई भाई हुन् । दुबैले अब्राहमलाई आफ्ना साझा पिताका रुपमा मान्छन् । एक हिसाबले हेर्ने हो भने अब्राहमलाई भगवानले निर्देशित गरेका राष्ट्र तर्कसंगत रुपमा अब्राहमको बिस्तारित परिवारका दुबै शाखामा फैलिएको छ । फरक यति छ, तोराहले यो केवल यहुदीका लागि हो भनि दाबि गर्छ भने कुरानले केबल अरबका लागि । पुरातन इजरायली समाजको स्थापनापश्चात् यस्ले विभिन्न कालखण्डमा बिभिन्न विपत्तिको सामना गरेको थियो । 

औपनिवेशिक कालखण्ड

धेरै शताब्दीसम्म इजरायलको क्षेत्रलाई बेविलोनिया सम्राज्य, फारसी, रोमन, ग्रीक, अरब, फातिमिद, सेल्जुकटर्क, क्रुसेदर, इजिप्सियन, मामलुक र अन्त्यमा अटोमन सम्राज्यहरुले बिभिन्न समयमा शासन गरेका थिए भने बिकसित राजनीतिक परिबेशले धेरैलाई विभिन्न स्थानमा स्थापित र बिस्थापित गरेको थियो । आधुनिक कालमा भने ओटोमन सम्राज्यले १५१७ देखि १९१७ सम्म इजरायली क्षेत्रसहित पश्चिम एसियाको धेरै भागमा शासन ग¥यो । १९ औं शताब्दीको सुरुमा प्यालेष्टाइनका रुपमा परिभाषित गरिएको क्षेत्रको यहुदी जनसंख्या केवल ३ प्रतिशत थियो । यस क्षेत्रका अधिकांश बासिन्दा अरब थिए, जसले सातौं शताब्दीमा अरबले बिजय हासिल गरेपछि यस क्षेत्रलाई ओगटेका थिए । १८८० को दशकको अन्त्य देखि १९०० को सुरुवातसम्म युरोपमा ब्याप्त यहुदी बिरोधी भावनाले लाखौं यहुदीलाई युरोपबाट भाग्न बाध्य बनायो । यसरी युरोप छोडेर बाहिर जाने बाध्ये बनाइएका यहुदी आप्राबासी मध्ये लगभग ३ प्रतिशत प्यलेष्टाइन गए । पहिलो विश्वयुद्धको सुरुसम्म प्यालेष्टाइनको यहुदी जनसंख्या कुलजनसंख्याको १० प्रतिशत पुगेको थियो । १९ औं शताब्दीको युरोपेली राष्ट्रबादको उदयबाट प्रभावित त्यहाँका यहुदीमा पनि यहुदी मातृभूमिको चाहना बढायो । युरोपमा ब्याप्ट यहुदी बिरोधी भावनाले त्यस चाहनालाई थप बढाएको थियो । १८९६ मा एक एष्ट्रो–हंगेरी बिद्वान थियोडोर हर्जलले यहुदी राज्य नामक प्रकाशन प्रकाशित गरेका थिए, जसले एक यहुदी राष्ट्र निर्माणका लागि बौद्धिक आधार निर्माण गरेको थियो । तर यहुदीका लागि बेग्लै राष्ट्र कहाँ बनाउने भन्ने बिषयमा दुई वटा धार देखिए । एकथरिलाई ठाउँभन्दा पनि यहुदी राज्य निर्माण प्रमुख थियो भने अर्को पक्ष प्यालेष्टाइनमै राज्य स्थापना गर्न प्रतिबद्ध देखियो । यस बिबाद बीच १९०५ मा बासेलको सातौं यहुदी कांग्रेसले धार्मिक र ऐतिहासिक सम्बन्धलाई ध्यान दिन आवश्यक मान्दै प्यालेष्टाइनमै यहुदी राज्य स्थापना गर्नु पर्ने निर्णय गरे । 

यहुदी राज्य निर्माणको प्रयास

पहिलो विश्वयुद्धमा ओटोमन   सम्राज्यको  हारपछि  बेलायतले ‘प्यालेष्टाइन जनादेश’ का नाममा बर्तमान प्यालेष्टाइनलाई नियन्त्रणमा लियो र दोस्रो विश्वयुद्धसम्म पनि यस क्षेत्रमा प्रशासनिक नियन्त्रण कायम राख्यो । प्यालेष्टाइनलाई आफ्नो नियन्त्रणमा लिएसँगै बेलायती बिदेश सचिब बालफोरले बालफोर घोषणापत्र जारी गरे, जस अनुसार बेलायल सरकारले प्यालेष्टाइनमा यहुदीका लागि राष्ट्र स्थापना गर्न भूमिका खेल्ने बताइएको थियो । यस घोषणाद्वारा बेलायत आफ्नो राणनितिक स्वार्थ पुर्ति गर्न चाहन्थ्यो । पहिले त प्यालेष्टाइन माथि नियन्त्रण कायम राखेर इजिप्ट र स्वेजहरलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्नु रणनीतिक स्वार्थ थियो भने अर्को तर्फ बेलायतमा रहेको यहुदी समुदाय र बेलायती सरकार बीचको बलियो सम्बन्ध थियो । यस घोषणाद्वारा अमेरिका र रुसमा रहेका यहुदी समुदायलाई प्रभावमा पारेर युद्धका समयमा सहयोगी शक्ति बीचको एकता कायम राख्न चाहन्थ्यो । बालफोर घोषणासँगै बेलायतीले प्यालेष्टाइनमा युरोपेली यहुदीको आप्रवासनलाई सहज बनाउन थाले । एकातर्फ आफ्नो बेग्लै राज्य अर्को तर्फ सन् १९२० मा जर्मनीमा नाजीबादको उदय यी दुई कारणले यहुदीको प्यालेष्टाइनमा बसाई सर्ने काम तीब्र रुपमा बढ्यो । 

यहुदीहरुको प्यालेष्टाइन प्रबेश

सन् १९३२ मा जर्मनीमा नाजीको विजयले जर्मनी, अष्ट्रेलिया र चेकास्लोभाकियामा यहुदीहरु उत्पीडनमा परेका थिए । सन् १९३२ र १९३९ का बीचमा प्यालेष्टाइनमा २,४७,००० यहुदी शरणार्थी थिए, जसमध्ये ४६ प्रतिशत युरोपबाट आएका थिए । एक तथ्यांक अनुसार सन् १९३९ देखि १९४५ सम्म नाजी र तिनका सहयोगीले ६० लाख यहुदीको हत्या गरेका थिए । नरसंहारको त्रासबीच यहुदीहरु सन् १९३९ पछि सम्भब भएसम्म युरोपबाट भाग्न जारी राखे र तिनका लागि प्यालेष्टाइन तुलनात्मक रुपमा पहुच योग्य थियो । सन् १९४६ सम्म प्यालेष्टाइनको लगभग ६ प्रतिशत जमिन यहुदीको स्वामित्वमा थियो भने सन् १९४७ सम्म प्यालेष्टाइनको लगभग एक तिहाई जनसंख्या यहुदी थियो । ब्रिटिस ओपनिबेसिक शासनको अधिनमा निसास्सीरहेका अरबहरु ठूलो संख्यामा युरोपेली यहुदीको अगमन र प्यालेष्टाइनमा स्वातन्त्र यहुदी राज्य स्थापना गर्ने यहुदी संगठनहरुको अभिप्रायले भने त्रसित थिए । दोस्रो विश्वयुद्धको संघारमा अरबहरुको समर्थन जुटाउने लालसामा बेलायतीले यहुदी अप्रावासन रोक्न आफ्नो नीति बद्लेका थिए तर परिस्थिति नियन्त्रण बाहिर गैसकेको थियो । दुई समुदाय बीचको त्रासले प्यालेष्टानी भूमिमा आफ्नो पकड बलियो बनाउन अरब र यहुदी दुबैले मिलिसियाको स्थापना गरेका थिए । यस्ता गतिविधीले दुई समु्दाय बीचको हिंसामा उल्लेख्य बृद्धि भयो । दोस्रो विश्वयुद्ध पछि अरब र प्यालेष्टाइन मिलिसियाद्वारा बढ्दो आक्रमणले बेलायतलाई संयुक्त राष्ट्र संघलाई स्थिति समाधन गर्न अग्रह गर्न बध्य तुल्यायो । 

२९ नोभेम्बर १९४७ मा सयुक्त राष्ट्रसंघले प्यालेष्टाइनलाई यहुदी र अरब राष्ट्रमा बिभाजन गर्न सिफारिस गर्ने प्रष्ताब पारित गरियो । प्रस्ताब अनुसार प्यालेष्टाइनको ५६.४७ प्रतिशत भूभाग यहुदी राज्य स्थापना गर्न र ४४.५३ प्रतिशत प्यालेष्टाइनी अरबलाई छुट्टयाइयो । यहुदी प्रतिनिधीले यसलाई स्वीकार गरेपनि प्यालेष्टिनीले बिभाजनलाई अनुचित बताउदै सो योजना अस्विकार गरे । प्यालेष्टिनीका लागि कुल जनसंख्याको ३३ प्रतिशत मात्ररहेका यहुदीलाई ५६.४७ प्रतिशत भूभाग दिनु अन्यायपुर्ण थियो । यसमा पनि अधिकांश यहुदी नयाँ थिए, जब कि प्यालेष्टाइनका अरबहरु त्यहाँ शताब्दीयौ देखि बस्दै आएका थिए । धेरै जसो पश्चिमी देशले यो योजनालाई संयुक्त राष्ट्रसंघमा समर्थन गरे पनि अरब देशका साथै अधिकांश अफ्रिकी र एसियाली देशले यसको विरोध गरे । इजिप्ट, जोर्डन र इराकले त संयुक्त राष्ट्रसंघको बिरोधमा हतियार उठाउने धम्की नै दिएका थिए ।

मध्यपूर्वको रणनीतिक महत्व

पेट्रोलियम पदार्थ र खनिज सम्पदाको अखण्ड भण्डारले भरिपुर्ण पश्चिम एसिया इतिहासको आरम्भ देखि नै धर्तीको एउटा महत्वपुर्ण क्षेत्र रहिआएको छ । एसिया र अफ्रिका, युरोप र सुदूरपूर्व साथै युरोप र अफ्रिकाको मध्य भागमा रहेको पश्चिम एसिया प्राचीन दुनियाँको प्रमुख केन्द्रबिन्दु हो । पुर्व र पश्चिम बीचको सेतुको रुपमा रहेको पश्चिम एसिया समाजिक दृष्टिकोणले अत्यन्त महत्वपुर्ण रहेकैले नेपोलियन, हिटलर, कैसर, बिलियम द्धितीय, सिकन्दर महान जस्ता सम्राज्यबादी शासकहरुले विश्वबिजयको अभियानमा यस क्षेत्रलाई मुख्य लक्ष्य बनाएका थिए । अहिले मध्य पूर्व भनेर चिनिने क्षेत्र नै पहिले पश्चिम एसिया क्षेत्रको रुपमा परिचित थियो । 

मध्यपूर्व शब्दको प्रयोग सन् १०२२ देखि गरिदैआएको हो । मध्यपूर्वले पहिले प्यालेष्टाइन, मिश्र, सिरिया, अरब, इराक र जोर्डनको मात्र प्रतिनिधित्व गर्दथ्यो । तर अहिले मध्यपूर्वले दक्षिण पश्चिमको अधिकांश मुलुकहरुलाई आफुभित्र समेटेको छ । प्यालेष्टाइन युद्ध, अरब युद्धको रुपमा चर्चामा आइरहेको मध्यपूर्व धार्मिक दुनियाँमा पबित्र भूमिभनेर चिनिने इजारयल, इसाइ, मुसलमान, यहुदी, जोराष्ट्रियन र बहाई आदि महत्वपुर्ण विश्वप्रसिद्ध धर्महरुको लागि महान तिर्थस्थल रहिआएको छ । यही धार्मिक महत्वको प्रसंगकै कारण इजरायल र प्यालेष्टाइन युगौ युगसम्म चर्चाको धरोहर रहिरहने कुरा निश्चित छ । 

कन्नानमा यहुदीहरुको प्रवेश

अरबको मरुभूमिमा भेडा र उटको बथान लिएर घुमन्ते जीवन बिताइरहेका यहुदीहरु इसापुर्व १४०० देखि १२०० बर्षको बीचमा प्यालेष्टाइनमा प्रवेश गरेको मानिएको छ । त्यसबेला प्यालेष्टाइनको नाम कन्नान थियो । उसबेला हजारौं यहुदीहरु मिश्रमा दास बनाइएका थिए । यहुदी धर्मका संस्थापक मुसा (मोजेर) ले मिश्रमा दास बनिरहेका यहुदीहरुलाई मुक्तगरेर प्यालेष्टाइन ल्याए । त्यसबेला दक्षिण तर्फको कनबिनी नगरमाथि उनीहरुले प्रभुत्व जमाए । 

इसापुर्व १२२० तिर साउलको नेतृत्वमा राजतन्त्रको स्थापना गरियो । करिब इसापुर्व १००० तिर साउलका उत्तराधिकारी डेभिडले ऐतिहासिक नगर जेरुसेगमलाई पनि कब्जामा लिएर उत्तर दक्षिण दुवैलाई मिसाएर एकिकृत प्यालेष्टाइन राज्याको निर्माण गरे । डेभिडका छोरा सलोमनले प्यालेष्टाइनलाई एक ब्यापारिक शक्तिका रुपमा बिकशित गरे । बाइबल युगको १३०० बर्ष पुर्व प्यालेष्टाइनका सबै जनता यहुदी थिए । यहुदीहरुको स्वतन्त्रराज्य थियो पनि भनिन्छ । सलोमन कलाकौसलका पारखी थिए । नगरलाई उनले झकिझकाउ बनाएका थिए । यिनैले जेरुसेलनमा इश्वरको विशाल मन्दिर निर्माण गरेका थिए । 

सलोमनको मृत्युपछि यहुदी राज्य उत्तर र दक्षिण गरि दुई भागमा बिभाजित भयो । सामरिक राजधानी भएको इजरायल र जेरुसेमन राजधानी भएको जुडाह । सलोमनका छोरा हिरबम जुडाहका राजा बने भने उत्तरको बिद्रोहीहरुले जोरोबमलाई गद्दीसिन गराए र इजरायल राज्यको नाम राखे । यी दुई राज्ये मध्ये इजरायल सम्पन्न र सभ्य थियो भने जुडाह कमजोर राज्य थियो । उसको हातमा जेवरुसेलन मात्र रहेको थियो । पछि दुई शताब्दीसम्म यी दुबै देशहरु अस्तित्वमा रहे । कालान्तरमा जेहुनामक एक अधिकारीले दुई राज्य बीचको मनमुताबबाट फाइदा उठाउदै दुबै राज्यका राजाहरुको हत्या गरिदिए । ई.पू. ५८६ मा जुडाहमाथि बेबोलियेनहरुले आधिपत्य कायम गरे । पछि असिरियाका सम्राट तिगलत पिलेसर प्रथमले इजरायल माथि आक्रमण गरि आफ्नो कब्जामा लिए । रोमनहरुले यहुदीहरुको मन्दिर भतकाइ दिएर त्यहाँका यहुदीहरु बिस्थापित भएर युरोपका विभिन्न देशहरुमा छरिए । उनीहरु जहाँ पुगे त्यहाँ साहित्य, कला र विज्ञानको बिकासमा ठूलो टेवा पु¥याए । अल्बर्ट आइस्टाइन पनि यहुदी नै थिए, जसले प्रमाणु बमको आविष्कार गरेको थिए । यही कारण यहुदीहरु संसारका सबैभन्दा बुद्धिमानी जातिमा गनिन पुगे । अहिले यिनै यहुदीको इसारामा अमेरिकाको बिदेश निती चलिरहेको छ । 

हेलोकष्टमा यहुदीहरुको नरसंहार

अमेरिकाका अधिकांश पुजीपति, ब्यापारी र उद्योगपति यहुदीहरु नै रहेका छन् । जर्मन तानाशाह हिटलरको आदेशमा होलोकष्ट नामक यहुदी मार्ने नाजी कार्यक्रम निर्माण गरिएको थियो । होलोकष्टले १५ लाख बालबालिका सहित करिब ६० लाख यहुदीहरुको निर्ममताका साथ ज्यान लिएको थियो । यही समयमा यहुदीहरु ज्यान जोगाउन भागेर अमेरिका पुगेका थिए । दोस्रो विश्वयुद्धको समाप्तिपछि पनि ब्रिटेनले यहुदी अध्यागमनको कोटामा लगाएको हदबन्दी फुकुवा गरेन । यसको जवाफमा इजरायल भूमिका यहुदीहरु तथा विश्वभरीका यहुदी समुदायले आफ्नो स्रोत र साधन जम्मागरी गैरकानूनी अध्यागमनको एक संगठित नेटवर्कको आयोजना गरे । अलियाबेट नाम दिइएको यो नेटवर्कबाट करिब ८५ हजार यूरोपेली यहुदी शरणार्थीहरु इजरायलमा प्रवेश लिन सफल भए । 

प्यालेष्टाइन सभ्याताको नयाँ केन्द्र स्थापना भएकै समयमा जेरुसेलम नगरको पनि स्थापना भएको मानिन्छ । प्यालेस्टानलाई यहुदी इसाईहरु पवित्रभूमि मान्छन् र श्रद्धा गर्छन् । त्यसैगरी नै मुसलमान धर्मवलम्बीहरु अरबहरु पनि उत्तिकै श्रद्धा गर्दछन् । इसामसिहाको जन्म जेरुसेलममा भएको थियो । डेविड राजाको समयमा यहुदीहरुले नै इसामसिहालाई क्रममा झुन्ड्याइएको भनाइ छ । इसाले सिनागोव (यहुदी मन्दिर) मा आफ्नो जुन बिचार अभिब्यक्त गरेका थिए, त्यसलाई यहुदीहरुले आफ्नो विरुद्ध ठाने र क्रुद्ध यहुदीहरुले डेविडको आदेश अनुसार इसालाई क्रसमा टागेको थिए । १६ औं शताब्दीदेखि प्रथम विश्वयुद्धसम्म यो नगर अटोमन सम्राज्यको अधिनस्थ थियो । 

यहुदीहरुको राजनीतिक आन्दोलन

यहुदीहरुका आरध्यदेव यहोवा  हुन् । १९ औं शताब्दीमा आइपुग्दा यहुदीवादले राजनीतिक अन्दोलनको रुप लियो । सन् १८८० को समयमा रुसीहरु यहुदीहरुलाई मार्ने अभियानमा लागे । सुरक्षित बासस्थानको खोजीमा हजारौं यहुदीहरु प्यालेष्टाइन प्रवेश गरे । थियोडर हर्जलको अध्यक्षतामा स्वीट्जरल्याण्डको ब्रासेल सहरमा सन् १८९७ मा यहु्दीहरुको अन्ताराष्ट्रिय सम्मेलन सम्पन्न भयो । यही सम्मेलनले बिश्व यहुदी संगठनको स्थापना ग¥यो । यसका शाखाहरु विश्वमा विस्तार भए । 

यहुदी नेता हर्जलले यहुदी राज्य नामक पुस्तक लेखे उनले उक्त पुस्तकमा यहुदीहरुको स्वतन्त्रराज्य स्थापना गर्न प्राचीन पैत्रिकभूमि प्यालेष्टाइनको आवाज बुलन्द गरे । यसका लागि हर्जलले आन्दोलन नै छेडे । बीसौ शताब्दीको सूरुसम्ममा यहुदी राज्यको अन्दोलन तीब्र गतिमा अघि बढ्यो । सन् १९१७ नोभेम्बर २ मा बालफोर घोषणापत्रमा प्यालेष्टाइनमा स्वतन्त्र यहुदी राज्य स्थपना गर्ने उल्लेख गरियो । तत्कालिन ब्रिटिस बिदेश मन्त्री लर्ड बालफोर यसका अगुवा बनेका थिए । हिटलरले सन् १९३३ मा यहुदी समाप्त पर्ने अभियान चलाएपछि यसबाट प्रभावित भएका यहुदीहरु प्यालेष्टाइन प्रबेश गर्न थाले । विश्व यहुदी संगठनले अमेरिकी यहुदीहरुको आडमा सन् १९४२ मा बाल्टिमोर कार्यक्रम अगाडि ल्याउदै प्यालेष्टाइनमा यहुदी राज्यको माग गरे । डेबिटबन गुरियोले अतंकवादी कार्यक्रम नै संचालन गर्न थाले । सन् १९३९ मा २० लाख यहुदीलाई प्यालेष्टइन प्रवेश गराउने उद्घोष गरे । प्रथम विश्वयुद्धसम्म तुर्क र तातर बिरुद्ध प्यालेष्टाइनहरुले रगत बगाए । सन् १९२२ मा तुर्कले प्यालेष्टाइन कब्जा ग¥यो । यसले बेलायती उपनिबेशवादको हैकम स्वीकार्न बाध्य हुनु प¥यो । ब्रिटिसको शासनकालमा अमेरिका, रुस र युरोपबाट लाखौं यहुदीहरुलाई प्यालेष्टाइनमा प्रवासमा ल्याउने काम गरियो । अरबहरुको बाहुल्यता भएको प्यालेष्टाइनमा सन् १९३० मा आइपुग्दा ३ लाख यहुदीहरुको संख्या पुग्यो, जबकि यसअघि प्यालेष्टाइनमा ५ लाख अरबहरु र ५० हजार यहुदी मात्र थिए । 

आफ्नै राज्यभित्र अल्पमतमा पर्न थालेपछि अरबहरुले सन् १९३६ मा बिद्रोह गरे । यो बिद्रोहलाई शान्त पार्न ब्रिटिस प्रशासनले प्यालेष्टाइनलाई तीन भागमा बाँडी दियो । तर अरबहरुको कडा बिरोध पछि यो योजना त्यतिकै खेर गयो । छुट्टै राज्य स्थापना हुने भएपछि यहुदीले भने यस योजनालाई स्वागत गरेका थिए । प्यालेष्टाइनमा यहुदीहरुको आगमन बाक्लिन थालेपछि अरब राष्ट्रहरुले तीब्र रोष प्रकट गर्न थाले । प्यालेष्टाइन राज्यका अरब र यहुदी ब्रिटिस उपनिवेसबादलाई प्यालेष्टाइनबाट लखेट्न चाहन्थे । सन् १९४८ सम्म इजरायल नामको कुनै पनि राज्य एसियाको मानचित्रमा थिएन । 
दोस्रो विश्वयुद्धको समाप्तिपछि प्यालेष्टाइन राज्यको समस्याको समाधान गर्ने अभिभारा संयुक्त राष्ट्रसंघलाई आईप¥यो । त्यसबेला फेरि विश्वयुद्ध नहोस् भन्नका लागि संयुक्त राष्ट्रसंघको स्थापना गरिएको थियो । राज्य राज्य बीचको विवाद समाधान गर्ने जिम्मेबारी पनि स्वाभाविक रुपले संयुक्त राष्ट्रसंघले लिनु पथ्र्यो । संयुक्तराष्ट्रसंघले सन् १९४७ मा प्यालेष्टाइन भूमिमा यहुदी र अरबी दुई अलग राज्य निर्माण गर्ने निर्णय लियो । ब्रिटिस म्यान्डेटको म्याद सकिनै लागेको थियो र राष्ट्रसंघले आफ्नो निर्णय लिनै लागेको मौका पारि अमेरिका र ब्रिटेनको आडमा सन् १९४८ को मे १४ मा तेल अभिभमा नयाँ इजरायली राज्यको घोषणा गरियो । घोषणाको ११ मिनेट पछाडि अमेरिका र ब्रिटेनले यसलाई बैधता स्वीकार गरे । ऐतिहासिक प्यालेष्टाइनी भूमि इजराइली नक्सा भित्र यसरी कैद गरियो । 

अरब इजरायल युद्ध

प्यालेष्टाइनीहरु अब आफ्नै मुलुकमा शरणर्थी बन्न पुगे । यहुदी राज्यको स्थापनाले इजरायल र अरब राज्यहरुको बीचमा शत्रुता उत्पन्न भयो र सन् १९४९ मा अरब इजरायल युद्ध छेडियो । इजरायललाई अमेरिकाले युद्ध खर्च अत्याधुनिक अग्नियन्त्रको सहयोग गरे । इराक, सिरिया, लेबलन, साउदी अरब, मिश्र, जोडन आदि अरब मुलुकहरुले प्यालेष्टाइनलाई सहयोग गरे । उनीहरु प्यालेष्टाइनलाई अरबमा फिर्ता ल्याउन चाहन्थे । युद्धले लाखौं लाख प्यालेष्टाइनीहरु शराणर्थी बन्न पुगे । ३ लाख अरबीहरु इजरायलबाट विस्थापित भए । सन् १९४९ मा संयुक्त राष्ट्रसंघको अग्रसरतामा अरब राज्यहरु र इजरायल बीच युद्ध बिराम सम्झौता भयो । यस युद्धमा अरब राष्ट्रहरुले पराजयको सामना गर्नु प¥यो । अहिले पनि इजरायलीहरु यस युद्धलाई आफ्नो स्वतन्त्रताको युद्ध भनिरहेका छन् । हाल जारी हमास इजरायल युद्धलाई इजरायलीहरु दोस्रो स्वतन्त्रताको युद्ध भनिरहेका छन् । इजरायली प्रधानमन्त्री नेतान्याहुले यो युद्ध स्वतन्त्रताको दोस्रो युद्ध भएको र यसमा इजरायल बिजयी हुने एक टेलिभिजन सम्बोधन मार्फत उद्घोष गरिसकेका छन् । अहिले युद्धमा संयुक्तराज्य अमेरिका प्रत्यक्ष रुपले संलग्न भैसकेको अवस्था छ । यसैलाई मध्यनजर गरि अमेरिकाको चिरपरिचित दुश्मन राज्य इरानले युद्धको परिणाम भयानक हुने चेतवानी अमेरिकालाई दिइसकेको छ । 

सन् १९४९ को युद्धमा विस्थापित भएका अरबीहरुलाई इजरायलले पुनः स्थापना गर्न अस्विकार ग¥यो । बाँकी प्यालेष्टाइन भूमि पाएका २ लाख प्यालेष्टाइनलाई बसोबास गराउने इजरायलले नयाँ प्रस्ताव ल्यायो । सन् १९५९ मा इजरायल र ट्रान्सजोर्डनले परिकल्पित प्यालेष्टाइन भागबन्डा गरे । यसले ट्रान्सजोर्डनको भुमि बृद्धि भयो । जोर्डन नदीको पूर्व र पश्चिम दुबै मात्र प्राप्त भएपछि यसको नाम नै जोर्डन रहन गयो ।

सन् १९६७ मा इजरायल र अरब मुलुकहरु बीच भयंकर युद्ध भयो । सन् १९५६ मा मिश्रले स्वेजनहरमा इजरायली जहाजमाथि रोक लगायो र इजरायल, फ्रान्स र ब्रिटेनले मिश्रमाथि आक्रमण गरेका थिए । सन् १९७९ मा मिश्र र इजरायल बीच एउटा सम्झौता भयो जसलाई क्याम्प डेभिड सम्झौताले जानिन्छ । यस सम्झौतामा पश्चिमी किनारा र गाजा क्षेत्रलाई स्वायत्तता प्रदान गर्ने, इजरायलले साइन नदीक्षेत्रबाट आफ्ना लडाकु दस्ता हताउने आदि कुराहरु उल्लेख गरिएको थियो । तर यो सम्झौतालाई अरब राष्ट्रहरुले बहुपक्षीय नभएको भनी असहमति जनाए । संयुक्त राष्ट्रसंघको महासभाले पनि क्याम्प डेभिड सम्झौताको भत्र्सना गर्‍यो । 

राष्ट्रपति इसाई र प्रधानमन्त्री मुसलमान हुन अनिवार्य देश लेवनानमा सन् १९७५ मा डरलाग्दो गृहयुद्ध भयो । यस गृहयुद्धमा शराणार्थी प्यालेष्टाइनहरुले मुसलमानहरुलाई साथ दिए । प्यालेष्टाइनहरुको स्थिति सुदृढ देखियो । तब इजरायलले सन् १९७८ मा लेबनान माथि आक्रमण ग¥यो । अपरेसन लिटानी नाम जुन इतिहासमा परिचित छ । यसको उद्देश्य प्यालेष्टाइनीहरुको बढ्दो शक्तिलाई खत्तम गर्नु थियो । सन् १९८२ मा लण्डनमा तत्कालिन इजरायली राजदूत एलोमो अर्गभको हत्याको दोष प्यालेस्टानीहरु माथि लगाइयो । लेबनान माथि बम बारुद पड्काइए । प्यालेष्टाइनी सैनिक अखडाहरु इजरायलले ध्वस्त गर्‍यो । 

पिएलओको गतिबिधी

सन् १९६४ मा ४२२ जना प्रतिनिधि समावेश भएको प्यालेष्टाइनी राष्ट्रिय परिषद्ले प्यालेष्टाइन मुक्ती संगठन पिएलओ को स्थापना ग¥यो । यहीदेखि आफ्नो मातृभुमिका लागि प्यालेष्टाइनहरु संगठित रुपमा इजरायल बिरुद्ध लड्न थाले । सन् १९६९ मा यासिर अराफतले पिएलओ को अध्यक्षको पद सम्हाले । पिएलओ ले मुसलमान, यहुदी, इसाईहरु, समान अधिकारका साथ रहन सक्ने राज्यको अवधारणा अघिसारे । इजरायलीहरुले प्यालेष्टाइनहरुमाथि हिंसात्मक क्रुर दमन चलाउने निती लिएपछि प्लास्टाइनहरुले आफ्नो राज्यलाई मुक्त गर्ने एउटै उपायको रुपमा सशस्त्र संघर्ष संचालन गर्न थाले पिएलओलाई सन् १९७४ मा अरब लिगको शिखर सम्मेलनले प्यालेष्टाइनीको बैधानिक संगठनको रुपमा मान्यता दियो । संयुक्त राष्ट्र संघले पनि यासिर अराफतलाई साधारण सभामा पर्यवेक्षकको रुपमा निमन्त्रणा ग¥यो । यासिर अराफतले एक हातमा जैतुनको हाँगो शान्तिको प्रतिक र स्वतन्त्रता सेनानीको बन्दुक बोकेर राष्ट्रसभालाई सम्बोधन गर्ने मौका पाए । उनको हैसियत अन्य राष्ट्राध्यक्ष सरह रह्यो ।

राष्ट्रसंघले प्यालेष्टाइनहरुको अस्तित्व स्वीकार गरि प्यालेष्टाइन भूमिबाट हट्न दबाव दिएपनि इजरायल टेरेन । नत इजरायल बिरुद्ध राष्ट्रसंघले कुनै कडा कदम नै चाल्ने सक्यो । आखिर सन् १९९३ सेप्टेम्बर १३ मा इजरायलले प्यालेष्टाइनीहरुको अस्तित्व स्वीकार ग¥यो । नेता अराफत र इजरायली प्रधानमन्त्री इतियाजक रबिनले अमेरिकी राष्ट्रपति विलक्लिन्टनको पहलमा वाशिंगटन सम्झौतामा हस्ताक्षर गरे । यो सम्झौता अन्र्तगत इजरायलले सन् १९६७ मा हत्ताएको भुमिमध्ये गाजा र जेरीको सहरलाई प्लास्टाइनी स्वशासनलाई सुम्पिनी निर्णया ग¥यो । यही सम्झौताका कारण तत्कालीन इजरायली प्रधानमन्त्री रविनको हत्या गरियो । हेब्रान हत्या कान्ड माच्चियो । अराफतलाई पनि फतहले राष्ट्रद्रोहीको संज्ञा दियो । इन्तिफाडा आन्दोलन चलिर¥यो । वाशिंगटन सम्झौतालाई कार्यन्वयनमा ल्याउन इजरायलले कन्जुस्याई ग¥यो । अहिले पनि जेरी सहरको आकार, यहुदी बस्तीहरुको सुरक्षा, प्यालेष्टाइन प्रहरीहरुको संख्या पश्चिमी किनारमा राख्ने रक्षक आदि बिषयलाई लिएर इजरायल र प्यालेष्टाइन बीच लामो समय देखी द्वन्द्व चलिरहेको छ । यद्यपि यसबेला सिमित रुपमा प्यालेष्टाइन राज्यको अस्तित्व रहेको छ । प्यालष्टाइन छुट्टै राज्य मुक्तिका लागि ३५ बर्ष प्यालष्टाइन मुक्ति संगठनका नतृत्व गरका र सन् १९९६ मा प्यालष्टाइनी प्राधिकरणका राष्ट्रपति भएका यासर अराफतल प्रयाग गरका सामाग्रीमा कालिनियम २१० नामक हानीकारक पदार्थ फला परकाथियो । त्यसपछि थप अनुसन्धान गर्न फ्रान्स, रुस र स्वीट्जरल्याण्डका विशषज्ञहरुका टिमल अराफतका शब उत्खनन गरी नमुना संकलन गरका थिया । अराफतकी पत्नी सुभाल बिष खुवाएर आफ्ना पतिका इजरायलल हत्या गरका आराप लगायकी थिइन् । यस विषयल पनि इजरायल र प्यालष्टाइनलाई जानीदुश्मन बनाएका थियो ।

को हुन हमास ?

सन् १९८७ मा स्थापना भएको प्यालेष्टाइनी लडाकु समूह हमासले सन् २००६ देखि अनवरत रूपमा गाजा क्षेत्रमा शासन गर्दै आएको छ । सन् २००६ मा प्यालेष्टाइनी विधायिक निर्वाचन जितेदेखि यो समूहले अर्को वर्ष गाजा क्षेत्रलाई कब्जा गरेको घोषणा गरेको थियो । त्यसयता सो क्षेत्रमा निर्वाचन भएको छैन । यस समूहअन्तर्गत धार्मिक इकाइ, समाजिक सेवा इकाइ र लडाकु इकाइ सक्रिय छन् । स्थापनाको एक वर्षपछि जारी गरेको समूहको बडापत्रमा यसले प्यालेष्टाइनलाई पूर्ण स्वतन्त्र बनाउने र त्यो भेगमा इस्लामिक राज्य स्थापना गर्ने मूल लक्ष्य लिएको थियो । उसले भन्ने गरेको प्यालेष्टाइनमा गाजापट्टी र वेस्ट बैंकका अतिरिक्त अहिले इजरायल रहेको क्षेत्रसमेत पर्छ । इजरायलविरुद्ध कट्टर नीतिका कारण इजरायल र उसका घनिष्ट मित्रराष्ट्र अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र जापानले हमास समूहलाई आतंकवादी संगठनको सूचीमा राखेका छन् । 

निष्कर्ष

इजरायल र प्यालेष्टाइन दुबै पक्षले विभिन्न घट्नालाई फरक फरक तरिकामा प्रस्तुत गरेपनि दुई बीचको संकटले दुबै इजरायल र प्यालेष्टाइनीले लामो समयदेखि ज्यान गुमाईरहेका छन् । प्यालेस्टिनी अर्थ व्यवस्थाको निरन्तर बिनास भै रहेको छ । यसले मध्यपूर्वी एसियालाई विश्वको सबैभन्दा अस्थिर र राजनीतिक रुपमा विष्फोटक क्षेत्रको रुपमा परिचित गराएको छ । 

गाजामा ३० लाख बढी प्यालेष्टाइनीहरु बसोबास गरिरहेका छन् । वेस्टबैकमा २२ लाख बढी प्यालेष्टाइनीहरु रहेका छन् । इजरायलमा यहुदीहरुको जनसंख्या लगभग ९२ लाख हाराहारी रहेको छ । गाजापट्टीका लाखौ लाख अरबीहरुलाई कत्लेआम गर्न इजरायल लागिपरेको छ । मुसलमानहरुको अस्तित्व नै मेटाउने यहुदीहरुको हर्कतलाई अरबी राष्ट्रहरुले निको मानिरहेका छैनन् । मध्यपूर्वका २२ मुस्लिम देशहरु मध्ये साउदी अरब मात्र यतिबेला चुप जस्तो देखिएको छ । हमास–इजरायल युद्धले साउदी अरब र इजरायल बीचको सम्बन्ध सुदृढीकरणको प्रयास समेत अन्यौलमा परेको छ । मध्यपूर्वका इरान लगायतका मुस्लिम देशहरुले इजरायलको मानवता विरोधी दुष्कार्यको तीब्र विरोध गरिरहेका छन् । रुस चीन लगायतका शक्तिराष्ट्रहरु प्यालेष्टाइनको पक्षमा देखिएका छन् । अमेरिका र यूरोपेली देशहरु भने इजरायलको पक्षमा खुलेर लागेका छन् । आफ्ना भूमिमा अन्यायपूर्ण तरिकाले शरणार्थी बनाइएका प्यालष्टाइनीहरुलाई स्वतन्त्र मूलुकका स्वतन्त्र नागरिकका मान्यता दिनु पर्न पक्षमा यतिबला विश्वका ठूला जनमत देखिएको   छ ।