परीक्षा कोइराला,

सत्य तथ्य घटनाहरूमा आधारित रही विभिन्न सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । तर , आज लोकतन्त्रको मेरुदण्ड पत्रकारिताको उद्योग टिक्न गाह्रो भइरहेको स्थिति छ । यधपि सरकारीले पत्रकारिताकोलागि कुनै बजेट र पारिश्रमिक र स्रोत साधन छुटाएको छैन ।

राज्यको चौथो अंगका रुपमा रहेका मिडियालाई व्यवस्थित , दिगो , भरपर्दो र विश्वसनीय बनाउन निजी क्षेत्र, बैंक, तथा बितीय संस्था, सामाजिक संघ संस्थाको र सरकारी निकायले सहयोग गर्नु आवश्यक छ । निजी क्षेत्र , बैंक तथा वित्तीय क्षेत्र ,सामाजिक संघ संस्था र सरकारी गतिविधि, विनियोजित बजेट तथा आगामी कार्यक्रम आमसंचारका माध्यम मार्फत जानकारी दिलाइनु पर्छ । 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता  नेपालमा २०४७ सालको संविधान आएपछि मिडिया उद्योग विकास हुने क्रम जारी भयो ।
भारतको विभिन्न सहरबाट नेपाली भाषाका साहित्यिक पत्रपत्रिका प्रकाशित आएका थिए।  नेपाली सरकारी सञ्चार गोरखापत्रले सन्  १९५८ सा बैशाख २४ देखि प्रकाशन सुरु भयो । २००७ साल, २०१६ साल, २०३६ साल, २०५७ साल, २०६२/०६३ को जन आन्दोलनको बलमा २०७२ सालमा   देशमा राजनीतिक व्यवस्था र शासन प्रणालीमा पटक पटक धेरै परिवर्तन आएका छन् ।   नयाँ संविधान जारी गरी राजनीतिक व्यवस्था परिवर्तन, राज्यको पुनसंरचनाबाट नागरिकको हक अधिकार मात्र प्राप्त भयो । 

छापाखाना र प्रकाशन ऐन २०४८ ले पत्रपत्रिका दर्ताले स्थायित्व हस्तान्तरणसम्बन्धीको ऐन कार्यान्वयनको अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ । राष्ट्रिय प्रसारण ऐन–२०४९ र नियमावली २०५१ आएपछि नेपालमा सामुदायिक रेडियो (एफएम) र टेलिभिजन प्रसारणको शुभारम्भ भएको हो । नेपाली सञ्चारमाध्यमलाई दर्ता, नवीकरण, निगमन, अनुगमन गर्ने मुख्यतया जिल्ला प्रशासन कार्यालय, प्रेस काउन्सिल, सूचना तथा प्रसारण विभाग, प्रदेशमा आन्तरिक तथा कानुन मन्त्रालयकोक्षेत्राधिकारभित्र परेका छन् । 

देश प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली आमसञ्चारमाध्यम विशेषतः छापा तथा विद्युतीय सञ्चारमाध्यम अहिले महासङ्कटमा पुगेका छन्। विश्वव्यापी रूपमा फैलिएको कोभिड – १९ सङ्क्रमण, विश्व लकडाउनको अवस्थापछि उत्पन्न आर्थिक सङ्कटले नेपाली मिडिया उद्योगलाई ठूलो असर पारेको छ । सरकारको एन , कानुन, नीति, नियम, निर्देशिका र कार्यविधिको प्राथमिकतामा नेपालका मिडिया नपरेकाले विस्तारै मेडिया उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। मिडिया उद्योग सेवा मूलक उद्योग हो । 

मिडिया उद्योग सेवामूलक उद्योग हो , यसलाई स्थायित्व प्रदान गर्न जरुरी छ ।  मिडियामा पत्रकार र  कर्मचारीले जीविकोपार्जन गर्न  पारिश्रमिक पाउन आवश्यक छ । उनीहरुलाई पारिश्रमिक दिन मिडियाले आम्दानी गर्न आवश्यक छ । मिडिया उद्योगको आम्दानीको प्रमुख स्रोत विज्ञापन बजार हो। व्यक्तिगत, निजी क्षेत्र र सरकारी तहबाट  आउने आम्दानी नै मिडियाको आयस्रोत हो । नेपालमा प्रिन्ट मिडिया र इलेक्ट्रोनिक टेलिभिजन, एफएम रेडियो अनलाइनका विकास र विस्तारकालागि संविधानले दिएको अधिकार भएता पनि कुनै  विकासमा कुनै प्रस्ट ऐन, कानून, नीति र व्यवस्था मने आउन सकेको छैन ।      

छापा तथा विद्युतीय सञ्चारमाध्यम खुल्ने र बन्द हुने काम सामान्य भएको छ । कोभिडको विश्वव्यापी असरपछि नेपालको निजी क्षेत्र सुस्ताएको छ । पहिलेजस्तो सार्वजनिक आमसञ्चारमाध्यमबाट आफ्नो उत्पादनको विज्ञापन दिएर बजार विस्तार गर्ने अवस्थामा निजी क्षेत्र छैनन् । सामुदायिक, निजी, साझेदारी र सहकारी मोडलमा खुलेका नेपाली सञ्चारमाध्यमले अहिले  सङ्कट बेहोरिरहेका छन्। सरकारी विज्ञापन पनि अहिले सुस्ताएको छ । व्यक्तिगत विज्ञापन केही वर्ष अघिसम्म नेपाली छापा सञ्चारमाध्यमको प्रमुख आम्दानीको स्रोतका थियो । अहिले यो पनि सामाजिक सञ्जालले निस्क्रिय बनाइदियो । गृह मन्त्रालय  राहदानी विभागले राहदानी हराएको सूचना राष्ट्रिय स्तरको पत्रपत्रिकामा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था थियो तर त्यो पनी हटाइदिए। यसले मिडियामा आउने सानो स्रोत पनि बन्द भयो ।

मिडिया  एउटा पेसा र अर्को व्यवसाय पनि हो  । तर यसको प्रमुख कार्य जनसमुदायको सेवा गर्नु नै हुनु पर्दछ । मिडिया आफैमा एउटा व्यवसाय भएकाले यसले पनि नाफा कमाउनु पर्दछ, अन्यथा यो बजारमा टिक्न सक्दैन ।  यसको मुख्य उद्धेश्य जनतालाई सुसूचित पार्नु हो । यदि सूचनाको प्रवाह गर्ने आफ्नो दायित्व मिडियाले पुरा गर्न सकेन भने यसको औचित्य माथि प्रश्न चिन्ह खडा हुनेछ । स्वास्थ्यकोलागि हानीकारक  बियर, रक्सीको विज्ञापन दिँदा मिडियालाई आर्थिक लाभ त हुन्छ, तर त्यसबाट समाजलाई अहित हुने गर्दछ । त्यसैले मिडियाले त्यस्ता कुराको प्रचारप्रसार गर्न विशेष ध्यान दिनु पर्दछ । 

वर्तमान समयमा राजनीतिक सङ्कीर्णता, अस्तव्यस्तता, अराजकता, निहित स्वार्थजस्ता कारणले मिडिया क्षेत्र दलदलमा भासिएको छ ।
मुलुकमा व्याप्त अस्तव्यस्त, दण्डहीनता, मानवअधिकारको रक्षा सुशासन, कर्तव्य र अधिकारको बोध मिडियाले नै गर्ने हो । लोकतन्त्रमा सही सूचना पाउनु पनि नागरिकको अधिकार हो । त्यसैले आमसञ्चारका माध्यम नागरिकहरूको सूचनाका स्रोत हुन् । पछिल्लो समय सामाजिक सञ्जाल पनि सूचनाका राम्रो माध्यम बनेका छन् । सही सूचना नै  सञ्चार माध्यमको प्रमुख व्यापार हो । सेवा भनिए पनि सञ्चार माध्यमले बिक्री गर्ने त्यही सूचना हो ।
स्मरणीय छ मिडियामा आउने आम्दानीका स्रोत नैतिक हुनुपर्ने , अदृस्य हुन नहुने र मिडियाबाट नै आम्दानी गर्नु पर्ने  खास गरेर पत्रकारलाई समुचित पारिश्रमिक दिनुपर्ने सन्दर्भमा मिडिया उद्योगलाई व्यवसायिक , दिगो , भरपर्दो र स्थायी बनाउन आवश्यक छ ।