
प्रभातराज पाण्डे,
२०५८ जेठ १९ (सन् २००१ जुन १ तारिख) का दिन राजपरिवारका १० सदस्यको हत्या भयो जसलाई दरवार हत्याकाण्डका नामले चिनिन्छ । घटना पश्चात सार्वजनिक समाचारमा युवराज दिपेन्द्रले राजा विरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुती, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, शारदा, जयन्ती र शारदाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी त्यसपछि युवराज दिपेन्द्रले आफैमाथि गोली प्रहार गरेको झुठा प्रचार गरियो । अर्को दिन अस्पतालमा गम्भिर घाईते भनिएका युवराज दिपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायवी अधिकार सुम्पियो । त्यसपछि राजपरिवारका सवै सदस्यहरुको सामूहिक अन्तिम संस्कार गरियो । जुन ४ तारिखका दिन राजा दिपेन्द्रको मृत्युको औपचारीक घोषणा गरियो र ज्ञानेन्दलाई् नयाँ राजा घोषित गरियो । नयाँ राजाले सर्वोच्च अदालतका प्रधानन्यायाधिश केशवप्रसाद उपाध्याय र तात्कालिन सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरिय छानविन समिति गठन गरि घटनाका सम्बन्धमा छानविन गर्न आदेश दिईयो । एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्यो र त्यसलाई सार्वजनिक पनि गरियो । प्रतिवेदनमा लागूपदार्थ र रक्सीले मातेका युवराज दिपेन्द्र घटनामा दोषी रहेको निष्कर्ष निकालीएको थियो ।
घटना लगतै सवैलाई हतारहतार छाउनी स्थित सैनिक अस्पताल पुर्याईयो । अस्पतालको माहोल निकै तनावपूर्ण बनेको थियो, चिकित्सकहरु घाईतेको उपचारमा व्यस्त थिए । त्यसवेला पोखरामा रहनुभएका तात्कालिन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग पनि सम्पर्कको प्रयास भईरहेको थियो । राजा विरेन्द्र शाहको सैनिक सचिव विवेक शाहले दरवारका अन्य उच्च कर्मचारी, सेनापति, प्रहरी प्रमुख, गृहका उच्च अधिकारी सवैलाई त्यही बोलाईयो । प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले पनि पहिले ज्ञानेन्द्र शाहलाई पोखराबाट बोलाउने पर्नेमा जोड दिनुभएको थियो ।
मौसमको प्रतिकुलताले हेलिकोप्टर पोखरातीर जानै सकिरहेको थिएन । कोइरालाले यसवीच चिकित्सकसँग केहिकुरा बुझ्नु भएको थियो भने तात्कालिन अधिराजकुमार ज्ञानेन्द्र शाह भोलिपल्ट विहान मात्रै काठमाण्डौ आईपुग्नु भयो । उहाँलाई लिन कोईराला अस्पतालको हेलिप्याडसम्मै पुगि उहाँहरुवीच अस्पतालकै पुस्तकालयमा कहिवेर कुरा भएको थियो ।
तात्कालिन राजा विरेन्द्रको निधन भईसकेको थियो । नयाँ राजा घोषणा नभएसम्म पूर्व राजाको मृत्यु घोषणा गर्न नमिल्ने प्रचलन थियो । ज्ञानेन्द्र, कोईराला र तात्कालिन राजपरिषदका सभापति विच छलफल भयो र अव के गर्ने भन्दा कोईरालाले परम्परा, विधि जे छ सोहि अनुरुप गर्नुस्, सरकारको तर्फबाट मैले के सहयोग गर्नुपर्छ, गर्छु मात्र भन्नुभयो । अन्तमा तात्कालिन युवराज दिपेन्द्रलाई राजा घोषणा गर्ने र ज्ञानेन्द्रलाई राज्यसहायक बनाएर उहाँबाट देशवासीका नाममा सम्बोधन गर्ने तय भयो ।
नेपाल अधिराज्यको संविधान २०४७ अनुसार राजगद्दीको उत्तराधिकारी सम्बन्धि कानून, रीत र परम्परानुसार राजपरिषदको वैठकले युवराज दिपेन्दलाई् बेहोस अवस्थामा राजा घोषणा गर्यो र राजा शारिरीक अशक्तताको कारण कार्यभार संचालन गर्न असमर्थ हुनु भएकाले अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायक घोषणा गरियो । तदनुसार, गृह मन्त्रालयबाट सम्बन्धित पदाधिकारीहरुलाई दिउँसो ३ः३० बजे औपचारिक पोशाकमा शवयात्रामा उपस्थित हुन उर्दी जारी गरियो । सिंहदरवार बाहिर आम जनमानसको शोक जुलुसलाई नियन्त्रण गर्न कठिन हुँदा ठाँउठाँउमा कफ्यु लगाउने बाध्यता पर्यो । जताततै सुरक्षाकर्मी तैनाथ गरिए पनि सैनिक अस्पताल छाउनीबाट शुरुभएको शवयात्रामा प्रधानमन्त्री कोईराला र मन्त्रीहरुमाथि स्वयम्भू क्षेत्रमा ढुङ्गा बर्साईयो तापनि मानिसहरु स्वस्फुर्त शवयात्रामा समेल हुन सडकमा ओईरिए । राजपरिवारका सवै सदस्यहरुको पशुपतिमा राजकिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । राज्यसहायक ज्ञानेन्द्रले २०५८ जेठ २१ मा दिनुभएको शाहीसन्देसमा “उक्त घटना आकस्मिक रुपमा स्वचालित हतियार पड्किन गई” भएको हो भनि बताउनुभएको थियो ।


0 comment