प्रभातराज पाण्डे,

त्यसपछि श्री ५ पृथ्वीनारायण शाह पूर्व तर्फ एकिकरण गर्न तम्सिनु भयो र वि.स. १८३० मा चौडण्डीमाथि विजय गर्नुभयो । अर्को वर्ष विजयपुर राज्यलाई एकिकरण गरी पूर्वको सिमाना मेची नदीको आसपास पु¥याउनु भयो । पृथ्वीनारायण शाहको निधनपछि उहाँका जेठा छोरा प्रताप सिंहको पालामा चितवनलाई नेपालमा गाभियो तर उनी  स्त्री–लम्पट तन्त्र साधनामा लिप्त हुँदाहुदै  असमयमै निधन भएका कारण नावालक रणवहादुर शाह नेपालका राजा बन्नुभयो । नाएबीको रुपमा राजमाता राजेन्द्रलक्ष्मीले शासनको बागडोर आफ्नो हातमा लिइ ससुराको एकिकरण अभियानलाई निरन्तरता दिनुभयो । वि.स. १८३४ देखि १८४२ सम्म चौबिसे राज्य अन्र्तगतको लमजुङ, तनहुँ तथा कास्की नेपालमा एकिकरण गरियो । 

\राजमाता राजेन्द्रलक्ष्मीको मृत्यु्पछि नावालक रणबहादुर नायबीमा पृथ्वीनारायण शाहका कान्छा छोरा फत्ते बहादुर शाह सत्तामा आउनुभयो र आफ्नो पिताको एकिकरण अभियानलाई पूर्वतर्फको सिमाना सिक्किमको तिन तिहाई भू–भाग जितेर टिष्टा नदी सम्म पु¥याउनु भयो । त्यसपछि उहाँले पश्चिम तर्फ ध्यान केन्द्रित गरी बाँकी रहेका चौबिसे राज्यहरुमाथि वि.स. १८४४ सम्म अधिकार जमाउनु भयो । बहादुर शाहले बाईसे राज्यहरुमाथि पनि आक्रमण गरी कर्णाली प्रदेशका राज्यहरुलाई जित्दै जृुम्लालाई आफ्नो अधिनमा पारिसकेपछि वि.स. १८४७ मा डोटी राज्यलाई विजय गरेर नेपालको पश्चिमी सिमाना महाकाली नदी सम्म पु¥याउनु भयो । त्यसै वर्ष उहाँले कुमाँऊको राजधानी अल्मोडामा आक्रमण गरी कुमाउमा पनि विजय प्राप्त गर्नुभयो । अर्र्को वर्ष उहाले गढवालको राजधानी श्रीनगरमाथि हमला गरी यसलाई आश्रित राज्य बनाउनु भयो तर तिव्वतसँगको युद्धले गर्दा यो एकिकरण रोकियो ।

सन्काहा स्वभावका रणबहादुर वालिग हुँदै गएपछि मनमौजि  र अविवेकी बन्दै जाँदा नेपालको दरवार षडयन्त्र र जालझेलको गँुडमा परिवर्तित हुन थाल्यो । बहादुर शाहलाई नाना थरिका आरोप लगाई बन्दि बनाईयो । यातनापूण बन्दि अवस्थामै उहाँको हत्या गरिएको बताईन्छ । उहाँको रहस्यपूर्ण मृत्युपछि यो अभियान प्रधानमन्त्री भिमसेन थापा र सेनापति अमर सिंह थापाको नेतृत्वमा अगाडि बढ्यो । वि.स. १८६१ मा श्रीनगरमाथि पुनः आक्रमण गरियो र गढवाललाई पूर्ण रुपमा नेपालमा गाभियो । यसरी नेपालको पश्चिमी सिमाना यमुना नदी सम्म पुग्यो । त्यसपछि तुरुन्तै नेपाली सेनाले यमुना नदी तरी यमुना नदि देखि सतलज नदि विचका १२ र १८ ठकुराईका नाममा रहेका थुप्रै स–साना राज्यहरुलाई एकिकरण ग¥यो । वि.स. १८६३ मा अमरसिंह थापाको फौजले सतलज पार गरि विभिन्न ठाउँहरु जित्दै कांगडा सहरमा आक्रमण ग¥यो तर रावी नदी सम्म पुगिसकेका नेपाली सेनाले काम्हगडा किल्लालाई जिन्न भने सकेन । एकिकरणको क्रममा नेपाली सेनाले कांगडाका राजा संसारचन्दलाई चार वर्ष सम्म कांगडा किल्लामा घेराबन्दी गरेर राखे । पछि संसारचन्दको सहायताको लागि आएका पञ्जावकेशरी रणजित सिंहको फौजसँग नेपाली सेनाको युद्ध भयो, फलस्वरुप ज्वालामुखी सन्धि गरियो र यस सन्धि अनुसार नेपाली सेना सतलज नदी वारी आएर बस्न बाध्य भए । यसरी विशाल नेपालको पुनः एकिकरण गरियो र नेपालको पूर्वि सिमाना टिस्टा नदी र पश्चिम सिमाना सतलज नदी सम्म विस्तारित भयो । 

पृथ्वीनारायण शाहले मख्य राज्यहरुलाई एकिकृत गरेर एउटा सिंगो देशको स्थापना गर्नुभयो । सन् १७४४ मा नुवाकोटमाथि विजय प्राप्त भईसकेपछि मुख्य उद्देश्य तिव्वत सँग व्यापार गर्नु थियो । सन् १७४८ मा सिन्धुपालचोक, काभ्रेपलान्चोक र केहि अन्य राज्यहरु यसको पूर्वमा स्थित थिए । मकवानपुर र सिमरौँगढ नेपालमा गाभिसकेपछि छिट्टै उहाँले बारा, पर्सा, रौतहट र सिन्धुलीगढीलाई सन् १७६२ मा आफ्नो अधिनमा ल्याउनु भयो । त्यसपछि गोरखा अधिराज्यको सिमाना ईस्ट ईन्डिया कम्पनीसँग ठोक्किन पुग्यो । सन् १७६८ मा राजधानीलाई गोरखाबाट काठमाण्डौ सारियो । यति गरिसकेपछि सन् १७७५ मा पृथ्वीनारायण शाहको ५३ वर्षको उमेरमा परलोक भयो । उहाँको चौडण्डी र विजयपुरलाई आफ्नो राज्यमा गाभ्ने सपना अधुरो नै रहयो । पृथ्वीनारायणका छोरा प्रतापसिंहको शासनमा तिन वटा राज्य दाङ, कपिलवस्तु र चितवन नेपालमा गाभियो । त्यसैगरि तनहँु, पाल्पा, पर्वत, माथिल्लो नुवाकोट, गरहु, सतहु, भिरकोट र कास्की राज्यहरु सन् १७८५ मा नेपालमा गाभिए । त्यसपछि मकवानपुर, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी सुनसरी, मोरङ, झापा, सिन्धुली र उदयपुर गाभिए । सन् १७६९ मा जाजरकोट अधिराज्यका राजा गोरखा अधिराज्यमा आफ्नो राज्य मिलाउन तयार हुनुभयो । सन् १७७७ मा २५ वर्षको उमेरमा प्रतापसिंहको मृत्यु भयो । त्यसपछि कोशी, लमजुङ र तनहुँका साथै चौविसे अधिराज्य सन् १७८९ मा नेपालमा गाभियो । त्यसको लगतै कालिगण्डकी पश्चिमको बाईसे अधिराज्य र सल्यान, पाल्पा पनि नेपालमा गाभियो ।