हरि चौधरी,

काठमाडौं – मानिसको शरीरमा झण्डै ६ सय ३९ मांशपेशी रहेका हुन्छन् । तिनलाई विभिन्न नामबाट सम्बोधन गरिन्छ । ती सबै मांसपेशीहरूलाई सँगै राखिदिए पछि मात्र मानिसको शरीरको रूप देखिन्छ । सबै शारीरिक मांसपेशीहरू क्रमवद्धरूपमा शरीरका कङ्गालरूपी हाडहरूमा बाँधिएका हुन्छन् ।

शरीरका कङ्गालरूपी हड्डीहरू मानिसका आवरणमा रहन्छन् भने मांसपेशीहरू मानिसका शरीरका भागहरू बन्दछन् । यिनीहरू बिना मान्छे बाँच्न सक्दैनन् । मांसपेशी बिना खाना खान, श्वास (प्रश्वास र कुरा गर्न मात्र नसक्ने होइन कि मानिसको मुटु नै निष्काम हुनजान्छ । किनभने मानिसका ती सबै प्रणाली नै मांसपेशीय कार्य हुन् । सबै मांसपेशीहरू लामो र पातलो कोषबाट बनेका हुन्छन् । यसलाई हामी मांशतन्तु पनि भनेर भन्दछौं । तर प्रत्येक मांसपेशीहरू एकापसमा कसरी र के गरी काम गर्दछन् त्यसमा फरक पर्दछ ।

त्यसैगरी यिनीहरूको प्रत्येक नाम, आकार अनुसार नामकरण गरिएको हुन्छ । मानिसहरू कुनै कार्यमा व्यस्त हुँदा मांसपेशी खुम्चिन्छन्, मसांग्रिन्छन् त्यसले गर्दा शरीरभित्र एक प्रकारको अम्लीय पदार्थ उत्पादन हुन थाल्दछ । यसलाई हामी अम्लीय क्षार पनि भन्दछौं । यस्ता उत्पादित अम्लीय पानीहरू विष बराबरका हुन्छन् । जसको प्रभावले शरीरका मांसपेशीहरूलाई ढिलो बनाइदिने भएकोले हामीलाई थकानको अनुभव हुन्छ । यदि अम्लीय क्षारहरू हाम्रो मांसपेशीहरूबाट हटेको खण्डमा हामी थकान कम भएको महसूस गरी पूर्ववत कार्यमा व्यस्त हुन्छौं ।

साधारणतया शरीरमा जम्मा भएका अम्लीय पदार्थहरू त्यतिकै हट्दैनन् । हामी यो बाहेक शारीरिक परिश्रम वा कार्यमा व्यस्त हुन्छौं । त्यस पश्चात् शरीरका मांसपेशीहरूले अन्तर विषहरूको उत्पादन गर्न थाल्दछन् । ती उत्पादित अन्तर विषहरू रगतको माध्यमबाट शरीरमा प्रवेश गर्ने हुनाले हामीलाई मांसपेशी मात्र नभएर सम्पूर्ण शरीर नै थकान भएको महसुस हुन्छ । त्यसमा पनि विशेषतः मस्तिष्क नै बढी थकान भएको पाइन्छ । त्यसकारण शारीरिक व्यायाम पश्चात् हुने थकान वास्तवमा शरीर भित्रकै एक प्रकारको आन्तरिक विष हो ।