अहिलेसम्म नेपालमा चराएर तथा केहि समय चारउने केहि समय बाँँध्ने र घाँस काटेर खुवाउने गरेको पाइन्छ, फाइदा तथा घाटाको हिसाबकिताब कमैले राखेको पाइन्छ अर्थात अभिलेखीकरणमा ध्यान दिएको पाइदैन । बाख्रापालन व्यावसायलाई अझ लाभदायक, व्यवसाय उन्मुख र कृषक मैत्री बनाउनका लागि तुलनात्मक लाभ बढि हुने गरि बाख्रापालनलाई व्यवसायिक र बिकास गर्ने कार्यक्रम निर्माण गरि लागु गर्नृुपर्छ । बिना धितो ग्रामिण भेगमा लगानी नीतिको कार्यान्वयनका लागि बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुले पशु फर्मलाई धरौटीको रुपमा स्विकार गर्ने व्यवस्था हुनुपर्छ । बजारमा किसानहरुको पँहुच विस्तार गर्ने कार्यक्रम संचालन गरिनुपर्छ । यसका लागि संकलन केन्द्र स्थापना गर्ने, स्थापित संकलन केन्द्रमा साना किसानलाई प्राथमिकता दिने जस्ता नविनतम कार्यहरु गरिनुपर्छ । बाख्राको मलमुत्रदेखि कुनै पनि कुराको आर्थिक महत्वको प्रचार प्रसार पशु बिमा गराउने निकायको विस्तार गर्न गरुरी छ । 

रैथाने अर्थात स्थानीय बाख्राको महत्व

रैथाने जातका बाख्राहरु शारीरिक रुपमा खाना हुने भएपनि रैथाने हावापानीमा राम्रोसँग भिजेको हुनाले विदेशी बाख्राको तुलनात्मक साधारण व्यवस्थापन तथा स्याहार सुसारमा पनि राम्रो उत्पादन दिन सक्छन् । रैथाने जातका बाख्रा पालन गरी मुख्यतया निम्न फाइदाहरु लिन सकिने हुनाले महत्वपुर्ण मानिन्छ । 

  •  यि बाख्राहरुलाई तुलनात्मक रुपमा कम रोग लाग्छ ।
  • रैथाने जातका घाँसपात र कृषिउपपदार्थहरु र भान्छाबाट खेर जाने पदार्थहरु खुवाएर पनि पाल्न सकिन्छ ।
  • रैथाने बाताबरण तथा हावापानीमा भिजिसकेको हुनाले वातावरणको प्रतिकुल प्रभावलाई खप्न सक्ने क्षमता हुन्छ । 
  •  रैथाने खसीबोकाको मासुको स्वाद सबैले मन पराउने हुनाले बेच्ने समस्या पर्दैन । 
  • शरीरिक तौल कम हुने हुनाले सानातिना चाडपर्व तथा सानातिना बनारमा पनि सजिलै बेच्न सकिन्छ । 
  • परापुर्व कालदेखि नै नेपाली कृषकहरुले बाख्रापालन गरी आएको हुनाले यस सम्बन्धि परम्परागत ज्ञानको उपयोग गरी रैथाने बाख्रापालनलाई निरन्तरता दिन सक्छन् ।
  • भविष्यमा यिनै स्थानिय बाख्राहरुबाट छनौट गरी राम्रो उत्पादन दिने जातहरु विकास गर्न सकिन्छ । 
  • स्थानिय बाख्राहरुलाई उन्नत जातहरुसँग क्रस गराई हावापानी सुँहाउदो जात विकास गर्न सकिन्छ ।
  • पर्यावरणीय दृष्टिकोणबाट पनि महत्वपुर्ण मानिन्छ । 
  • पाठापाठी ५÷६ महिनामा उमेर पुगेपछि बेच्न सकिने, पाठीहरु चाँडै नै ब्याउने, एक पटकमा १ भन्दा बढी पाठापाठी दिने र ब्याउने अवधि कम हुने हुनाले स्थानिय बाख्राले छिट्टै आम्दानी दिने गर्छ ।
  • धेरै किसिमको घाँसपात बाँधेर पाल्ने सकिने, केटाकेटीले पनि रेखदेख गर्न सक्ने, भीरपाखामा पनि चर्न सक्ने र परम्परागत पालन प्रविधि अपनाएर पनि पाल्न सकिने हुनाले स्थानिय जातका बाख्राहरुलाई पाल्न सजिलो हुन्छ । यसलाई सुधार गर्न सके उत्पादन क्षमतामा अझै बृद्धि गर्न सकिन्छ । 
  • रोग कम लाग्ने, नेपालको हावापानी सुहाउने र प्रति बाख्रामा मुल्य कम पर्ने हुनाले यस व्यवसायमा जोखिम कम हुन्छ । 
  • स्वादिलो मासु भएकोले बजार सजिलै पाइन्छ । 

रैथाने जातका बाख्राहरुमा रहेका मुख्य कमजोरीहरु

स्थानिय बाख्राको त्यति ठूलो महत्व हुँदाहुँदै पनि प्रायजसो जातहरुको कम उत्पादकत्व यिनिहरुको प्रमुख कमी कमजोरी हो । यससँग अन्तरसम्बन्ध रहेका पक्षहरु निम्नुसार रहेका छन् ।
–    अनुवंशीय क्षमता नै कम हुनु ।
–    सानो जिउको हुनु, बृद्धिदुर कम हुनु । 
–    उचित प्रजनन विधि नअपनाउनु र छनौट लागु नगर्नु । 
–    खोरको उचित व्यवस्था नगर्नु ।
–    दुधको लागि पाल्न नसकिने अर्थात् दुधालु नहुने ।
–    आहारा र दानापानीको उचित व्यवस्था नगर्नु ।
–    माउ बाख्रालाई उचित व्यवस्थापन नगर्नु ।
–    बोकाको उचित व्यवस्था नगर्नु ।
–    रोग लागेमा समयमा उपचार नगराउनु । समयमा खोप नलगाउनु ।
–    चरन क्षेत्रको विकास नहुनु ।
–    उन्नत पालन व्यवस्थापन कृषकहरुले नअपनाउनु ।

रैथाने बाख्राको संरक्षण विकासमा गर्नैपर्ने केही कार्यहरु

  • उपयोगिता मार्फत संरक्षण गर्नु नै संरक्षणको सर्वोत्तम उपाय हो । 
  • छनौटको व्यवस्था गर्ने, हाडनाता प्रजनन् विधिपुर्ण रुपमा रोक लगाउने । अन्यफरक स्थानको नाता नपर्नेसँग प्रजनन गरेर पनि संरक्षण गर्न सकिन्छ । 
  • स्वच्छ दानापानीको व्यवस्था गर्नुको साथै गोठको सरसफाई गर्ने ।
  • उचित स्याहार संभार गर्ने, दानामा खनिज पदार्थ एवं भिटामिन मिसावट गरी खानदिने ।
  • सेपिलो जग्गामा बाख्रा नचराउने, समय समयमा आन्तिरिक एवं बाह्य परजीवीहरु विरुद्ध समय समयमा खोप लगाउने, रोग लागेमा समयमा नै उपचार गराउने ।
  • बाख्रा र बोकालाई राख्नका लागि अलग अलग कोठको व्यवस्था गर्ने ।
  • हामीले बाख्रापालन गर्दा राम्रोलाई खसी पार्ने नराम्रो बोका राख्ने खराब अभ्यास लागि सुधार गर्नु पर्ने ।