रामशरण पाण्डे,

छिमेको मुलुक इन्डियाले आफ्नो सात दसक लामो स्वतन्त्र दिवस मनाउने क्रममा विभिन्न ठाँउमा इन्डियन सेनाद्वारा सयौ नागरिकको हत्या गरेको छ। राजधानी दिल्लीमा प्रधानमन्त्रि नरेन्द्र मोदीले तमझमको साथ् उत्सब मनाउदै गर्दा विभिन्न राज्यहरुमा स्वतन्त्र दिवसको समयका इन्डियन सुरक्षा फौजले गोलिनै चलाउन परेको समाचार आउने क्रम अहिले मात्र होइन यो त एउटा परम्परा बनि सकेको छ। तिलंगना राज्यको माग बिस्तार हुँदै गर्दा बिस्तारै यसको असर आसम, मेघालय, हुँदै मणिपुरमा फैलदो छ। इन्डियन अदालतको फैसलाबाट बल्न सुरु गरेको बिद्रोह मणिपुरको राजधानीमा बल्दै छ ।

मणीपुरको राजधानी इम्फाल हो । यसको उत्तरमा नागाल्याण्ड दक्षिणमा मिजोरम पश्चिममा असम पर्दछ भने पूर्वमा बर्मा पर्दछ। २२,३७४ बर्ग कि मि मा फैलिएको यो भूभागका मूल निवासी मेइती हुन्। इनिहरुले बोल्ने भाषालाई मेइतिलोन अर्थात्  मणिपुरे  भनिन्छ । यस क्षेत्रको पाहाडी भागमा कुकी जाति र नागहरु पनि बस्ने गर्दछन। मणिपुरमा खास गरि ३ जातिहरु मेइति, कुकी र नागाहरु निवास गर्दछन यिनीहरुको भाषा ,सस्कृति रहन सहन फरक–फरक छ। एक अर्काको भाष संस्कृतिलाई निन्दा गरेकै कारण यहाँ विभिन्न झगडा हुने गर्छ । जातिलाई लिएर भएको झगडाले आजकाल त विभिन्न मांगराख्दै बिरोध झापड हुँदै छुट्टै देश निर्माणको लागि अगि बढेको छ ।

हुन् त पुर्बी इन्डियामा रहेको यी भूभाग कुनै समय छुट्टै देशहरु थिए । यसलाई अंग्रेजको इष्ट इन्डिया कम्पनीले नै एकिकृत बनाएको हो । अंग्रेजको अन्त्य पछि निजाम हैदरावाद, जुनागढ कास्मिर जस्तै अंग्रेजी ताकतको उत्तराधिकारी सरदार बल्लब भाइ पटेलले शक्तिको आडमा जबर्जस्ति यी देशहरुलाई आफ्mुमा बिलय गराएका थिए। त्यसैले त् इन्डिया बनेको सात दसक सम्म नागाल्याण्ड, मिजोरम ,आसम,मणिपुर, मेघालय , त्रिपुरा दर्जेलिंग , सिक्किम ,कास्मिर पन्जाब लगायत राज्यहरुमा इन्डियन स्वतन्त्र दिवस मनाउने समयमा कर्फ्यु नै लगाउनु पर्दछ सयौको हत्या गर्नु पर्दछ के यहि हो त् इन्डियन प्रजातन्त्र ? अंग्रेजले इन्डियामा आफ्ना निकट पात्रहरु नेहरु र सरदार पटेलहरुलाई छाडेर गएपछि नेहरु–पटेल जोडीको सासकद्वारा छलकपट गर्दै निजाम हैदरावाद, जुना गढ, कास्मिर मणिपुर , मेघालय, नागाल्याण्ड, मिजोरम ,आसम, पछि सिक्किम माथि अधिकार जमाएको थियो। सोहि छलकपडको बिरोधमा कास्मिरमा कास्मिरी मणिपुरमा मेइति दर्जेलिग़मा नेपाली भाषी नेपाली र बंगालमा बंगालीहरुले आफ्नो पुन स्वतन्त्रताको माग राख्दै विभिन्न गतिबिधि गर्दै आइरहेका छन्। यता लोकतन्त्रको ठेकदार इन्डियन सरकारले शक्ति प्रयोग गर्दै तत तत क्षेत्रको जनताहरुलाई दवाउदै छ । जनता मार्दै हत्या गर्दै लोकतन्त्रको नाममा आफ्नो स्वतन्त्र दिवस मनाउदै आइरहेको छ । त्यसैले त इन्डिया स्वतन्त्र भएको दिनलाई इन्डियामा जबरजस्ती गाभिएका धेरै राज्यले आफ्नो राज्य गुमेकोले कालोदिनको रुपमा बिरोध गर्ने गर्दछन। 

 अगष्ट १५ को दिन इन्डियन सरकारले बिहान देखि कर्फ्यु जारि गर्दै आफ्ना ठुला ठुला हतियार प्रदर्शन गर्दै गर्दा कास्मिर मात्र होइन, पन्जाब लगायत देशको बिहार र युपी बाहेक पुरै भूभागमा ठुलो हुलदंगा फैलिने गर्दछ । सो नियन्त्रण गर्ने नाममा अगष्ट १५ का दिन मात्र सयौ मानिस सरकारी फौजवाट मारिने र इन्डियाको लागि नरभोग दिने परम्परा छ । इन्डियन सुरक्षाकर्मीहरु पनि पचासौ जना मर्ने र सयौ जना गम्भीर घाइते हुने गर्दछन् । यसरि हेर्दा के देखिन्छ भने आगामी केहि बर्ष भित्र इन्डियामा ठुलो असन्तोस फैलिनगइ ठुलो धन जनको नोक्सान व्यहोर्न पर्ने देखिन्छ । त्यति मात्र होइन अब इन्डिया अखण्ड नरहने अबस्था आउदै छ । यसै क्रममा कास्मिर, पन्जाब ,असम ,मेघालय , मणिपुर आदि ठाँउमा इन्डियन सुरक्षा फौजले बार्षिक हजारौ मानिस मार्ने लाखौ मानिस घाइते बनाउने र बेघरवार बनाउने गर्दछ। जुन विभिन्न अन्तराष्ट्रिय संघ सस्थाहरुले आफ्नो प्रतिबेदनमा उल्लेख गरेको छ। इन्डियाको आन्तरिक अबस्था यस्तो छ । फेरी इन्डिया नेपाल लगाएतको आन्तरिक मामलामा हात हाल्ने गर्दछ । त्यसैको परिणाम नेपालमा मधेस आन्दोलन संचालन गर्न ठुलो रकम र मानिसको आपूर्ति गरि नेपालमा असान्ती फैलाउने काम गर्दै छ । यसको पुष्टि त केहि बर्ष पहिले मधेस आन्दोलनको नाममा बिरगंजमा इन्डियन नागरिकको मृत्युले पनि गर्दछ। त्यति मात्र होइन बंगलादेशमा असान्ती फैल्याउन धन र बल लगाउछ श्रीलंकामा विभिन्न नाममा आतंक मच्चाउदै आइरहेको छ। माल्दिपको हालत त्यस्तै छ। यसले पाकिस्तानलाई राम्ररी बस्न दिदैन । त्यति मात्र होइन कहिले काही त चिनलाइ पनि असान्तीमा तान्ने प्रयास गर्छ पछिल्लो समय गल्वान्मा भएको थियो। 

इन्डिया यस्तो देश हो जसले आफैले नियन्त्रण गरेको भूभागमा त न्याय दिन सक्दैन भने, नेपालमा मधेसीको अधिकारको बारेमा पैरवी गर्न आउदा, श्रीलंका बंगला देश पाकिस्तानमा पैरवी गर्न खोज्दा ...... भन्दा देख्नेलाई लाज भन्ने उक्ति आउछ । मधेस आन्दोलन ताका नेपालमा बसी इन्डियन संचार माध्यमहरुले गरेको हर्कत आम नेपालीले देखेकै हो । इन्डियामा आफ्नै भूभागमा राज्यद्वारा हजारौको हत्या गर्दा ति कथित इन्डियन ठुला संचारमाध्यम कता हराए किन हराए ? खोजीको बिषय भएको छ। 

अर्को तर्फ हाम्रा राजनैतिक पार्टीभित्रको नेपाली अनुहारको बिदेशी एजेन्टहरुको गतिबिधि हेर्दा आम नेपाली जनताहरुले नेपाली अनुहारको बिदेशी एजेन्टको बिरुद्ध ठुलो आन्दोलन चलाउन पर्ने देखिन्छ ।  के यतातिर ध्यान दिनजरुरि छैन ? अबको लडाई नेपाली नामधारी नेपाली अनुहार भएको बिदेशी एजेन्टको बिरुद्ध हो । त्यो भनेको नेपाली संचार माध्यम पनि हुन् । त्यो भनेको नेपाल भित्र रहेका बिभिन्न राजनैती पार्टीहरुका नेताहरु पनि हुन् । त्यो भनेको सक्ति केन्द्रका कर्मचारीहरु पनि हुन्, जसले नेपाललाई भ्रष्टचार।को दलदलमा फसाउने गर्दछन् । न्यायलयमा न्याय किन्नु पर्छ, प्रहरीकोमा न्याय माग्दा किन्नु पर्छ । यस्तो एजेन्ट कर्मचारीहरुको कारण पनि नेपाल गरिबीमा बाँच्न बाध्य छ । त्यसैले यी सबै बिदेशी एजेन्टहरुलाइ नलखटेसम्म नेपालमा इन्डियन हस्तक्षेप जारि रहन्छ, युरोपीयन हस्तक्षेप जारि रहन्छ। त्यसको उन्मुक्तिको लागि नेपाली नागरिकको भूमिका महत्वपुर्ण हुन्छ । यस्ता महत्वपुर्ण कुरालाई आत्मासात गर्दै नेपाल जोगाउन आम नेपालीले सोच्नेबेला पो भयो कि ?