प्रभातराज पाण्डे,

काठमाडौं – एकजना वृद्ध ग्राहक मसँग जोड–जोडले कराए यी नेताहरुलाई काटनुपर्छ कि मधेशीहरुलाई, भन्नुस् त सर’ भन्दै । मान्छे काटने कुराको म समर्थन गर्न सक्दैनथे । मैले त्यस्तै जवाफ दिएँ । उनले फेरी सोधे, दोषी को हो ? मैले जे जाने त्यही जवाफ दिएँ, पटक–पटक आची खाने नेताहरु नै पहिला दोषी हुन् । उनी र मेरा बीचमा पाँच मिनेट जति संवाद चलिराख्यो मलाई चिया खान हतारो थियो, म घर फर्के  । 

यी वृद्ध ग्राहक पहिले नाकाबन्दी झेलिरहेका एउटा प्रतीक पात्र मात्र हुन् । देश पहिले नाकाबन्दीका कारण अत्यन्त पीडादायी अवस्थामा थियो । यसको लामो चित्रण गरिराख्न आवश्यक छैन, यो लोकतान्त्रिक गणतन्त्रले नेपालीहरुलाई साँच्चै सडकमा ल्याइदिएको छ । ठुला राजनैतिक दलका नेताहरु (जो सबैखाले कमिशन वा भ्रष्टाचारद्धारा अकुत  पैसा कमाउछन्) अन्य भ्रष्टाचारहरु, तस्करहरु, काला बजारियाहरु ठूला नोकरशाहिहरु  बाहेकका नेपालीहरु केही दिनमै खान नपाएर घरभित्रै मर्नुपर्ने हो कि भन्ने त्रासले अतिकित छन् । उनीहरुले सतहमा देखेको कारण मात्र छ, भारतले नाकाबन्दी गर्‍यो भन्ने । 

नेपाली जनता मूलत अहिले पनि २०४५ सालतर्फ फर्कन सकेका छैन्, जतिखेर राजाको नेतूत्वमा शासनसता चल्ने गथ्र्यो । सभवतः  सोनिया गान्धीले उनी हिन्दु धर्मावलम्बी नभएको कारण देखाई  भगवान् पशुपतिनाथमा  दर्शन गर्न  नदिईएका कारण अहंकारबश  राजबि गान्धीको सरकार, नेपाल र नेपाली जनतालाई भोकभोकै मार्न यस्तै नाकाबन्दीको अस्त्र लिएर यसैगरी उत्रियो । सोनिया गान्धीले श्री पशुपतिनाथको दर्शन गर्न पाउन, पथ्र्यो  वा पर्दैनथ्र्यो ,यो छुट्ठै बहसको बिषय हुनसक्छ ।  तर, एउटा सानो देशको भुपरिवेष्ठित भू–राजनीतिको गलत फाईदा उठाउदै जसरी नेपालीहरुलाई घरभित्रै  मार्ने अभिप्रायले अमानवीय ब्यबहार गरियो , त्यसको प्रशंसा कसैले मिल्र्दैनथ्यो । तर आश्चर्य के थियो भने नेपालका काग्रेस र कम्यनिष्टहरुका त्यतिखेर भुईमा नै खुट्ठा थिएनन् । उनहिरुबीच सडकमा छात्ती थुर्दै भन्थे– हामीले नै गराएको हो  नाकाबन्दी, भारतले हाम्रा लागि गरिदिएको हो नाकाबन्दी !’ 

त्यतिखेर राजा बीरेन्द्रको नेतृत्वको शासनले १३ महिनासम्म घोषित नाकाबन्दीको सामना गरेको थियो । तर नागरिकले आवश्यक बस्तुहरु पाउदै नपाउने यो दुरावस्था भाग्नुपरेको थिएन । 

 २०४७ सालको संविधान यिनै कांग्रेस, एमाले र माओवादीले मिलेर खाएका हुन् नी ! माओवादीले भारतको सहयोगमा नेपालमा हत्या, हिंसा, लुटपाटको आतंक मच्चाइराख्यो, कांग्रेस एमालेले संविधान चलाइराख्न सकेनन् । शेरबहादुर देउवाले गैरसंवैधानिक तरिकाले शासन चलाउन खोजेका थिए । संविधानको रक्षा गर्न राजाले त्यसो गर्न दिएनन् । पहिले सबैले प्रतिगमन सच्चियो भने । अन्ततः तीन वर्षको समय किटान गरेर ‘डिरेल’ भएको प्रजातन्त्रलाई ‘रेल’ मा राख्छु भन्ने प्रतिवद्धताका साथ राजाले  शासनको बागडोर आफ्नो हातमा लिए । पछि के भयो ? यिनै दलहरु कांग्रेस, एमाले, माओवादीहरु सबै फुत्तफुत्त निस्किएर दिल्ली पुगे । ‘साउथब्लक’ ले ‘ड्राफ्ट’ गरेको १२ बुँदे दिल्ली सम्झौतामा सबैले  आखाँ चिम्लिएर दस्तखत गरे । नगरे सत्ता पाईंदैनथ्यो, सत्ताका लागि यो सामान्य कुरा भयो ।

आज, क–कसले के के भोग्दैछ ? त्यो हामीले देखिरहेका छौं । अंगिकृत नागरिकले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश आदि महत्वपूर्ण पद पनि पाउनुपर्छ भन्ने माग के मधेशीको हुनसक्छ ? खड्ग ओली के भन्छन् । महभारतमा एउटा प्रसंग छ । दुर्याेधनहरुको अहंकारका शिकार भएका  पाण्डवहरु जब वनवासमा थिए, पाण्डवहरुलाई थप लज्जित तुल्याउन दुर्याेधनहरु पाण्डवहरु बसेको ठाउँ नजिकै राजसी ठाँटबाँटका साथ वनभोज गए ।  उनीहरु रमाइलो गर्न जलबिहार गर्न जुन ठाउँमा  पुगे त्यहाँ गन्धर्वराज चित्रसेनका परिजनहरु पनि जलबिहार गरिरहेका थिए । दुर्याेधनको अहंकारी समुह चित्रसेनका चेलीबेटी माथि हातपात गर्न उद्यत भयो । चित्रसेनका सेना उल्टियो । कर्ण लडाइंमा भाग्यो, दुर्याेधनलाई  सेनाले बाँधेर राख्यो । दुर्याेधनका भाइहरु युधिष्ठिरसँग हारगुहार गर्न गए । भीमसेन र अर्जुनले ‘कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडायो’ भनेर खुसी व्युक्त गरे । तर, युधिष्ठिरले मानेनन् । पहिले शत्रु भए पनि आफ्ना भाइहरुको रक्षा गर्नुपर्छ र मित्र भए पनि बाहिरको मानिसलाई हस्तक्षेप गर्न दिनु हुँदैन भनि उनै भीम र अर्जुनलाई चित्रसेनसँग युद्ध गर्न पठाएर दुर्याधनलाई मुक्त गराए । तर हाम्रा दलहरुले के गरे ? बाहिरको शक्ति निम्त्याएर पहिले आफ्नो राष्ट्र कमजोर गरे र अहिले राष्ट्रको  बलमा एउटा  क्षेत्रीय महाशक्तिसँग युद्ध लड्ने दुस्साहस प्रकट गदैैैछन्, जुनकुरा असम्भव छ । बुद्धि छ भने यिनीहरुले इमान्दारीपूर्वक इतिहासमा गरेका गल्तीहरु बारे देशसँग क्षमा माग्नुपर्छ । तबमात्र उनीहरुलाई राष्ट्रले माफी दिन सक्छ, अन्यथा राष्ट्रले त अझै धेरै अल्झन झेल्नु पर्छ नै , अहिलेका दल र नेताहरुको अस्तित्व पनि विलिन हुनसक्छ ।


(लेखकः विशाल नेपाल महाअभियानका केन्द्रिय सदस्य हुनुहुन्छ)