शास्त्रदत्त पन्त,
भारतको हेपाहा प्रवृत्ति बढ्नुको कारण नेपालका दलका नेताहरुको असक्षमता र द्वैध प्रवृत्ति मुख्य हो । नेपालका सबै दलका नेता  ओजहीनहुनु मुख्य कारण हो । यस्तो हुने बातावरण बनाउने २०७२ को संविधान हो । भारतको हेपाहा प्रवृत्तिभन्दा पनेपालका दलका नाइकेहरुले उनीहरुलाई मालिक मान्ने प्रवृत्ति बढी खतरनाक छ । भारतका ऐरेगैरे नत्थुराम खैरे खबैलाई उनले मागेको समयमा, मागेजति समय भेट दिए तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको प्रतिनिधित्व गरिरहेको बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट भेटै पाएनन् । यो ज्ञवालीको मात्र अपमान हो, त्यसमा हाम्रो चित्त दुखाई छ । 

भारतले हेप्ने प्रवृत्ति आफैमा खराब हो, बैदिक संस्कारको विपरित हो तर त्यो भन्दा खराब नेपालका दलका नेताको स्वभाव हो । दलका नेता हेपिए भनेर हामी नेपालका सज्जन नागरिक चिन्तित छैनौं, तिनका कारण नेपाल र नेपाली जनताको स्तर घटाइयो, ओज र क्षमता घटाइयो, नेपालको भारतको नियत खराब त्योभन्दा बढी नेपालका नेता खराब छन् । 

नेपालका दलमाथि इण्डियाको बढ्दो दमन छ । भारतले किन हेप्छ भने नेपालका सबै दलका नेता खराब भएर हो, बिकाउ भएर हो, आसेगाँसे भएर हो, मगन्ते भएर हो । 

नेपालका  प्रधानमन्त्रीले भारतका राजदूतलाई चाहेका बेला हगलैपगलै भेट दिन्छन् । प्रदिप मर्यादाको पनि पालना गर्नु पर्दैन। नेपालका राजदूतलाई इण्डियाका प्रधानमन्त्रीले भेटै दिंदैनन्, नेपालका पदाधिकारीको ओहोदाको पनि मर्यादा गर्दैनन् । यसका दुईटा कारण छन्, एउटा कारण हो नेपालका सबै राजदूतले राजदूतमा हुनुपर्ने क्षमतै राख्दैनन् । कतिपय राजदूत पैसामा बेचिएका छन् भने कतिपय दलको भागबन्डामा पेरर भएका छन् । राष्ट्रियमूल नीति छैन, छान्ने पद्धति छैन, नियुक्ति गर्ने इकाई पनि क्षमतावान छैनन् । ती दलमा लागेबापत बपौती भाग पाएका मात्र हुन् । 

नेपालका केपी ओलीले भारतका “रअ” प्रमुख गोयल, सेना प्रमुख नरवाणे, परराष्ट्र सचिब, परराष्ट्रिमन्त्री, भाजपाको स्वास्थ्य प्रमुख उपाध्याय, परराष्ट्रप्रमुख वाले जस्ता जुनसुकैलाई पनि उनले चाहेको बेलामा भेट दिएका छन् तर भारतका प्रधानमन्त्री मोदीले नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई औपचारिक काममा गएको बेलामा पनि भेट दिएनन् । यो नोकरलाई  गरेको भन्दा तल्लो तहको व्यवहार भयो । किनकि तिनको स्तर त्यस्तै थियो । तिनीहरुको चाकरी गरेर एउटा छात्रवृत्ति कोटामा मरिहत्ते गर्दछन् । औषधि उपचारमा गएका बेलामा छृट्कालागि मरिहत्ते गर्दछन् । माधव नेपालले अशोक होटलमा बस्ने सुविधा लिएको निच काम विवेक कुमार शाहले “मैले देखेको दरबार” मा उल्लेख गरेका छन् । गिरिजाले मर्यादा विपरित सिंहदरबार, प्रधानमन्त्री निवासभित्रै शैया कोठामा, भान्छामा बाह्रै महिना चौबिसै घण्टा भारतीय राजदूतलाई प्रवेश गराइएको कुरा घामजस्तै छर्लङ्ग छ । केपी ओलीले पहिलो मिर्गौला भारतको सहयोगमा फेरेका थिए । बाबुरामले भारतले लगाएको÷अह्राएको जेपनि गर्दथे । प्रचण्डले दालभात खाएर भारतको निगाहाले दिएको बन्दुक बोकेर नेपालको राजसंस्थालाई पतन गराउने काममा एउटा सिपाही भएर लगाएको÷अह्राएको काम गरेका थिए । भारतको नजरमा उनी बेइमान नोकर हुन् । 

नेपाललाई भारले कतिसम्म हेप्छ भने भारतले प्रथम विश्व सरह देखिन नेपाललाई एक झोला कोभिड–१९ को खोप दान दियो । लगत्तै नेपालले २० लाख कोभिड–१९ को खोप खरिद गर्ने भनेर पूर्ण अग्रिम भुक्तानी ग¥यो । आधा दियो आधा दिँदै दिएन । ६४ बर्ष माथिकालाई एक डोज दिइयो दोस्रो  डोज लिनै पाएनन् । मिति कटेको तीन महिना पछि भूटान र जापानले दिएका दानबाट दोस्रो खोप दिइयो । बुढाबुढीलाई काम ग¥यो कि गरेन थाहा छैन । सुन्नमा के आयो भने स्वास्थ्यमन्त्रालयले ५ डलर प्रति डोजको बिल बनाउनु र आधा डलर मन्त्रीलाई दिनु भन्ने कुरालाई कम्पनी प्रमुखले मानेनन् । बरु उनले कमिशन नदिने चार डलर पचास सेन्टमा खोप दिने भनी फर्किएका थिए । त्यसपछि पनि पचास सेन्ट त कमिशन चाहिन्छ भनेर मागेपछि भुक्तानी भएको मध्ये आधा औषधि पठाएको छैन र कमिशन पनि दिएको छैन । यस्ता दलका नेताको मनोदशा भएपछि भारतको त कुरै छोडौं भारतको यौटा कम्पनीले पनि नेपाली दल र कर्मचारीलाई हेप्ने मात्रा बढाएको हो ।