काठमाडौं – पृथ्वीमा जीवको उत्पत्तिका सम्बन्धमा धेरै पहिलेदेखि बैज्ञानिकहरुले अध्ययन अनुसन्धान गर्दै आएका छन् । जीव विकासका व्याख्याता चाल्र्स डार्विनले पनि यस विषयमा ठूलो अभिरुचि लिएका थिए, तर उनले यस विषयमा गहिरो अध्ययन गर्न भ्याएनन् । पछि सन् १९२० को दशकमा रुसी बैज्ञानिक ए.आई. ओपारिन र बेलायती बैज्ञानिक जे.बी.एस. हाल्देनले आजभन्दा करौडौं बर्ष पहिले पृथ्वीमा विद्यमान तरल पदार्थमा भएको अभूतपूर्व रासायनिक प्रतिक्रियाबाट नै जीवको सृष्टि भएको हो भन्ने अवधारण अघि सारे । तीस वर्ष पछि सन् १९५३ मा सिकागो विश्वविद्यालयका प्राध्यापक ह्यारोल्ड युरेकोको अनुसन्धानशालामा उनका शिष्य स्टान्ले मिलेरले प्राचीन पृथ्वीको वातावरणसित मिल्दोजुल्दो वातावरण एउटा विशेष प्रकारको सिसाभित्र उत्पन्न गरे । सो प्रयोगमा उनले बिजुलीको झिल्कालाई बिजुली चम्काईका रुपमा उपयोग गरिएको थियो ।

जीव विज्ञानको इतिहासमा साह्रै महत्व राख्ने मिलर–युरेका प्रयोगले के सावित गरेर देखायो भने करौडौं बर्ष पहिले पृथ्वीमा विद्यमान वातावरणभित्र त्यति बेला उलब्ध यौगिकहरुबीच प्रतिक्रिया भएर नै पहिलो जीवकोषको निर्माण भएको हो । सो प्रतिक्रियामा बिजुली चम्काइ वा चट्याङको पनि ठूलो भूमिका रहेको थियो भन्ने प्रमाणित गरेको छ ।  अनुमान गरिए अनुसार सो घटना करिब ३ अर्ब बर्ष पहिले समुद्रभित्र कतै भएको थियो भन्ने बुझाउँछ ।