१. नेपालि सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई AI (आर्टीफीसीयल इन्टेलीजेन्स) र साइवर सेक्युरेटी सम्बन्धी तालीम दिई AI Operator - Controller को रुपमा तयार पारौं। 

२. ड्रोन आक्रमण, क्षेप्यास्त्रको विरुद्ध तालीम दिऔँ।

३. विश्वमा अत्याधुनिक हतीयारहरु निर्मीत छन् वा बन्ने छन्। ति हतीयार बनाउने र चलाउने तालिम दिऔँ।

४. हाम्रो सुरक्षा फौजलाई उत्कृष्ट ट्रेनर (गुरुजी) बनाउने, विभीन्न देशका ट्रेनरलाई ट्रेनिङ दिने ट्रेनर (TOT) को रुपमा तयार पार्ने । 

सबै राष्ट्रहरुसँग आ–आफ्नै विषेशताहरु छन्। जस्तै अमेरीकासँग हतीयार छ, उसले हतीयार बेच्छ। ब्रिटिससँग मेनेजमेन्ट सीस्टम र सर्टिफिकेसन छ ऊ त्यही वेच्छ। चाईनाले विभीन्न बस्तु उपकरण उत्पादन गर्छ, उ त्यही बेच्छ। स्विजरल्याण्डले आफ्नो सौन्दर्यता बेच्छ। अरबले तेल बेच्छ। थाईल्याण्डले टुरीजम र सेक्स टुरीजम बेच्छ भने हाम्रो पुर्खाले आर्जेको आँट, हिम्मत, इमान्दारीता र बहादुरीपन जो विश्वले बुझेको छ र हामी नेपालीले विर्तामा पाएको विर गोर्खालीको उपाधीलाई “Secure the World“  भन्दै हाम्रा तालीम प्राप्त र आधुनिक सुरक्षा निकायलाई नेपालकै सुरक्षा निकायको मातहतमा रहने गरी विभीन्न शक्तीसाली राष्ट्रहरुमा जस्तै: अमेरीका, युरोप, अस्ट्रेलीया, अफ्रीका, मीडल इस्ट र एसीयाका शक्तीसाली राष्ट्रहरुको विशेष आन्तरिक सुरक्षाको जिम्मा लिएर सेवा दिन किन पहल नगर्ने ?

१. बिश्वका शक्तिशाली राष्ट्रहरुमा हाम्रो सेना हुँदा हाम्रो सैन्य सम्बन्ध बिश्वको शाक्तिशाली राष्ट्रसँग कसिलो र मजबूत हुन्छ। जसले गर्दा दुई शक्तिशाली ठूला देशको बीचमा रहेको सानो क्षेत्रफल भएको तर, अती नै शक्तिशाली राष्ट्रको रूपमा नेपाललाई स्थापित गराउन सकिन्छ।

२. यस सम्बन्धले हाम्रो देशलाई अन्य औद्योगिक, व्यापारिक, आर्थिक र कूटनीतिक क्षेत्रमा शक्तिशाली राष्ट्रको रूपमा स्थापित गराउँछ।

३. नेपाली नागरिकले सम्मानित र उच्च तलबको रोजगारी पाउने छन्।

४. ती देशहरु जहाँ हाम्रा बिशेषज्ञ र शक्तिवान सेनाले आन्तरिक, बिशेष सूरक्षा दिइरहेका हुन्छन्, ती देशहरुबाट हाम्रो देशले सुरक्षा दिएबापत  वर्षेनि रोयल्टी स्वरूप ठुलो रकम आर्जन गर्दछ ।

सेना घटाएर बेरोजगारी संङ्ख्या नबढाऔँ ।। भएको सेनाको तालीम र क्षमता बढाऔँ।।।  क्षेत्रफलमा सानो भएपनी शक्तिशालि देश नेपाल भनेर चिनाऔँ।।।।

नेपाली सेना मासेर कसको सेना भित्रयाउने दाऊ छ ? मेरो व्यक्त्तिगत प्रश्न, बिचार, जिज्ञासा ???

- देवेन्द्र बजगाईं