रामशरण पाण्डे
राजनीतिले गरिबी बनाईएका,गरिबीका कारण श्रम बेच्न बिदेसिन पर्ने हाम्रोजस्ता मुलुकहरुमा राजनीतिक दलहरु सिद्धान्तका आधारमा चल्दैनन् ।सिद्धान्त त् देखाउने चिज मात्र हों। त्यसैले त् यी दल र यिनका नेतृत्वहरु कानुनको उलंघन गर्दछन। संबिधानको पनि मान्यता राख्दैनन्। किनकि यिनीहरुलाई देश जनता वा संबिधान कसैको मतलब हुँदैन। यस्ता नेतृत्वहरु देश, कानुन, जनता भन्दा माथि ठान्छन। हुन् पनि यिनीहरु देशको लागि भन्दा बिदेशीको लागि काम गर्ने एजेन्टको रुपमा काम गर्न रुचाउछन। यिनीहरुलाई बिदेशिद्वारा त्यस्तै कामका लागि स्थापित गरियको हुन्छ । त्यसैले त् चुनाव जसरि नि जित्ने , भ्रम फ़ैल्याएर जित्ने ,भोट किनेर जित्ने , गुण्डाहरु लगायर धम्क्यायर चुनाव जित्ने चुनाव जिते पछि विदेशीका लागि अनुकुल नियम कानुन बनाउने र आफु मनग्या धन जम्मा गर्ने गर्दछन। जुन दलहरुबाट सत्तामा पुगेपनि काम भने विदेशीका हित अनुसार गर्दछन।
विदेशबाट संचालित दल र त्यसका नेताहरु निहित स्वार्थ परक लहै लहैको भरमा काम गर्छ। जस्तो एम सी सी पारित गर्ने जोड बल गर्नु। नेपाल संबिधानमा नभयको सहमतिका कुरा गर्दै आफ्नो समय [आयु ] आफै थप्नु। बिदेशी कम्पनीहरुलाई कर छुट दिनु [एन सेल लगायत ] विदेशीलाई नागरिता बेच्नु र बिदेसी नागरिकहरुलाई बैकहरु बाट सहज ऋण दिनु। स्वस्थ सामग्री खरिदमा कमिसन लिनु। स्वस्थ र शिक्षाको ब्यापार गर्नु कर छलीका विभिन्न काण्ड घट्नु। सरकारी जमिन र प्राकृतिक स्रोतमाथि लुट मचाउनु। स्वदेसी कम्पनीलाई चल्नै नसक्ने बनाउनु , कर माथि कर थुपार्नु। बैकहरुबाट नेपालीलाई सुकुम्वासी बनाउनु आदि आदि।
भन्सार छली, कर छली, ठेक्का पट्टा कमिसन ,कालो ब्यापार जस्ता गैर कानुनि कामहरुमा सबैको सहमतिमा नै हुने गर्छ। देश निर्माण होस् या अन्य आम जनताको सरोकारको बिषयहरुमा कहिले सहमति हुन्न।
देश बनाउन सहमति हुन सक्दैन । बिधि निर्माणमा सहमति बन्दैन देश लुट्न सहमति हुन्छ। सहमतिमा देशको आबस्यक अनुसार बिधुत ,सडक स्कुल अस्पताल बनाउन सक्दैनन् । तर सहमतिमा तलब भत्ता र अन्य शुबिधा लिन सक्छन। भन्सार छल्न, कर छल्न,गुणस्तर हिन काम गर्न वाइटबडी, यति, बतास जस्ता विभिन्न काण्डको लागि सहमति हुन्छ। नेपालीलाई सुबिधा दिने काममा सहमति बन्दैन। यो कुरा २०४६ पछिका सासकीय सैलीले पुस्टि गरेको छ।
एजेन्टहरुकै कारण नेपालमा प्रजातान्त्रिक अभ्यास असफल भएको छ। कानुन सम्मत विधिको सासन असफल भएको छ। तर दुर्भाग्य नेपालका बुद्धिजीवी देश हितका लागि होइन आफ्नो स्वार्थको लागि बुद्धि बिक्रीमा लागेका छन्। शिक्षित युवायुबतिहरु यिनै बिदेशी द्वारा संचालित दलको सदस्य बनेका छन्। बाहिरि सक्तिको कठपुतली भएर [पैसाको लागि जे पनि गर्ने ] मानसिकताका कारण बिदेशी ठाडो हस्तक्षप भएको छ। जसरि एम सी सी मा ऋण लिय ठिकै छ नत्र भन्ने जस्ता बक्तब्या जारि हुन्छ। सरकार चुप रहन्छ। नेपालमा सरकार बनाउन सरकार ढलाउन बिदेशीको हात हुन्छ भने यस्तो सरकारलाई हामीले हाम्रो सरकार भनिदिन पर्ने ? यस्तै एजेन्ट गिरि गतिबिधिका कारण अन्य गरिबी मुलुकहरु जस्तै नेपालमा पनि बहुदलीय ब्यबस्था असफल साबित भएको छ। देश र समाज यतिखेर संक्रमणकालिन अबस्थामा गुज्रनु बाध्या छ। यो हुनुमा (पार्टी भन्दा माथि) उठेको व्यक्ति नहुनु हो । एजेन्ट भन्दा बाहिरको व्यक्ति नहुनु पनि हो। सक्षमलाइ ठाउ दिने पद्दति नहुनु पनि हो ।
राजनीतिक दलहरु निर्बाचन पछि पनि बिकास गतिमा अबरोध नहुने नीति बनाउन समेत एकमत हुदैनन्। त्यसका लागि पनि बिदेशी आदेश कुर्दछन। फलत देशको अर्थतन्त्र देशको मुल्या मान्यता सैली परम्परा भाषा सास्कृत दिनानुदिन गिर्दै गैरहेको छ। देशको सिर निहुरिने काम बर्तमान नेतृत्वबाटै भैरहेको छ। तर हामि रमिते बनिरहेका छौ। याँहा को शिक्षित युवायुवती मुखदर्शक बन्दै छन् समस्या हामीमै पनि छ।

0 comment