काठमाडौं - सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न 'ह्वीप' जारी गरेका छन्।
सिंहदरवारमा मंगलबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनअनुसार आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन र बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
त्यसैगरी, नेपाली कांग्रेसले पार्टीका सांसदलाई सोमबार प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
कांग्रेसका प्रमुख सचेतकले रमेश लेखकले बुधबार बिहान ११ बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुनुका साथै विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गरेका हुन्।
नेकपा एमाले, रास्वपा, राप्रपा, जसपा, नेकपा एस र जनमत पार्टीका सांसदहरुले यथास्थितिमा बजेट पास हुन नसक्ने अभिव्यक्ति दिँदै आएका छन्।
0 comment