काठमाडौं – आइतबार एमाले पार्टी कार्यालयमा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्ने क्रममा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले चाहेको जस्तो व्यवस्थापन भए टिमसहित एमालेमा जाने बताएका छन् ।
भेटमा उनले आफू बिहान उठेदेखि नसुतेसम्म काम गर्न पाउने गरि जिम्मेवारी पाउनुपर्ने आफ्नो माग रहेको र सबै व्यवस्थापन भएपछि मात्रै एमालेमा आउने स्पष्ट पारेका छन् । गौतमले पार्टीमा सबैभन्दा बढि जिम्मेवार प्राप्त नेता भन्दा कम जिम्मेवारी नदिन समेत आग्रह गरेको छन् । आवश्यक व्यवस्थापनका लागि अघि बढ्न एमाले अध्यक्ष ओलीलाई जानकारी गराएको बताएका छन् ।
एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतम एमालेमा फर्कन इच्छुक देखिएका छन् ।
गौतमले राखेको प्रश्तावलाई एमाले अध्यक्ष के. पी. ओलीले पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्षमा पुगिने बताएका छन् ।
0 comment