राकेश कुमार शर्मा

मुलुकको राजनीतिले नयाँ मोड लिएको छ । नेपाली जनताहरु एमसीसी र बिआरआईको भुमरी र दलदलमा नराम्रो सँग फसे । राजनीतिक नेतृत्वहरुले गर्दा मुलुकको स्वाधीनता धरापमा पर्न गएको छ । नेताहरू सन्तुलनमा बस्न सकेनन् । 

नेतृत्व गर्ने नेताहरूले एमसीसी परियोजनालाई लामो समय देखि अडकाउनु र अल्झाई राख्नु नेपालीहरुका लागि दुर्भाग्यपूर्ण हुने भयो । समयमा नै एमसीसी परियोजनालाई हुन्छ या हुन्न एमसीसी परियोजनालाई किनारा लगाउनुपर्ने थियो । नेताहरूको पटकपटक झुक्याउने गतिविधिले अमेरिकालाई झनै चिढाउने काम गरेको छ । यसकारण अब मुलुक द्वन्द र संकटग्रस्त अवस्थामा जाने निश्चित छ । कसैले रोकेर रोक्न र थाम्न नसकिने अवस्था छ । सेनाहरुले पनि अब केही गर्न सक्दैनन् । 

अब एमसीसी परियोजना लागू नगरे नेपाली जनताहरु अमेरिकाको आँखाको कसिंगर भइन्छ । एमसीसी परियोजना पास गरे नेपाली जनताहरु चीनको आँखाको कसिंगर भइन्छ । नेपाली जनताहरु एमसीसी र बिआरआईको भुमरी र दलदलमा नराम्रो सँग फसेको अवस्था छ । मुलुकको परिस्थिति अत्यन्त गम्भीर मोड र जटिल अवस्थामा पुगेको छ । हाल समाधानको कुनै विकल्प र उपाय नै देखिँदैन । अब हाम्रो मुलुक अमेरिकाको एमसीसी र चाइनाको बिआरआईको चपेटामा रणभुमि बन्ने निश्चित छ ।

मुलुकमा एमाले, काँग्रेस र माओवादी लगायतका राजनीतिक पार्टीहरु सबै समाप्त र पतन भयो बुझ्न आवश्यक छ । अब मुलुकमा एमसीसी र बिआरआई बीचको नयाँ राजनीतिक शुरुआत भएको छ ।