काठमाडौं – भारतको गुजरातमा एक दलित पुरुषले क्रिकेटको बल टिपेको निउँमा कुटपिटगरी औंला काटिदिएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार स्थानीय पुलिसले भतिजाले खेलको क्रममा क्रिकेट बल उठाएको भन्दै क्रिकेट खेलिरहेका मानिसको समूहले एक दलित व्यक्तिलाई कुटपिटगरी उनको औला काटिदिएको बताएको छ ।
उनीहरुले उक्त पनि गरेका थिए । बल टिप्ने बालकका काका धीरज परमारले आपत्ति जनाएपछि यो विषय तत्कालका लागि रोकिएको थियो । तर त्यही साँझ धारिलो हतियारसहित आएका सात जनाको समूहले परमार र उनका भाइ कीर्तिमाथि आक्रमण गरी एकजना अभियुक्तले कीर्तिको औँला काटेर गम्भिर घाइते बनाएको एफआईआरले जनाएको छ ।
एफआईआरमा मुद्धा दर्ता
धारा ३२६ (स्वैच्छिक रूपमा खतरनाक हतियारले गम्भीर चोट पु¥याउने), ५०६ (आपराधिक धम्की) र भारतीय दण्ड संहिता र एससी र एसटी (अत्याचारको रोकथाम अधिनियम) को अन्य प्रावधानहरू अन्तर्गत एफआईआर दर्ता गरिएको छ ।
दलित व्यक्तिलाइ धम्की र जातीय आधारमा गाली गलैजागरी औला काटिदीने अभियुक्तको खोजी भइरहेको अधिकारीहरुले बताएका छन् । बीबीसी
0 comment