काठमाडौं - प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँढे तीन किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका तेम्बा शेर्पा रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक जान लागेका शेर्पा नियमित चेकजाँचका क्रममा तीन किलो ६ सय ग्राम चरेससहित पक्राउ परेको लागुऔषध नियन्त्रण व्युरोले जानकारी दिएको छ।
घटनाको विषयमा थप अनुसन्धान हुँदैछ ।
0 comment