काठमाडौं - आफ्नै श्रीमानको परिवारबाट घरेलु तथा महिला हिंसामा परेको भन्दै आफुलाई न्यायको माग राख्दै प्रहरी प्रशासनदेखि अदालतको ढोका चाहर्दा चाहर्दा थाकेकी विनु यादवले अन्तिम बिकल्पको रुपमा आमरण अनसन बस्न बाध्य भएको बताईन् ।
आफ्नै श्रीमानबाट बलात्कृत भएको भन्दै श्रीमान प्रदीप कठायत, पटक-पटक बलत्कारको प्रयास गर्ने जेठाजु पवन कठायत र आफू बलात्कार भएको कालिमाटी प्रहरी बृतमा दिएको उजुरी डर त्रास देखाउँदै फिर्ता गर्न लगाउने प्रहरी नायब उपरीक्षक सुरज कार्कीमाथी कारवाहिको माग राख्दै विगत १५ दिनदेखि माइतिघर मण्डलामा अनसन बस्दै आएकी विनुको गृहमन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत, उपसचिव उमाकान्त अधिकारी र जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीसँग लामो वार्ता भएको थियो ।
वार्तामा बसेका सरकारी अधिकारीहरुबाट आफ्नो माग पूरा गर्ने प्रतिवद्धता आएपछि सम्झौता पत्रमा हस्ताक्षर गर्दै बुधबार बेलुका आफ्नो अनसन तोडेकी हुन् ।
विनुको आमरण अनशनको १५ औं दिनमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनसनस्थल माइतीघर मण्डलामा आएर सत्याग्रही यादवलाई जुस खुवाएर अनसन स्थगित गराएका हुन्।
अनसन स्थगित गराउने क्रममा गृहमन्त्री श्रेष्ठले विनुको ५ बुँदे मागप्रती सहमति जनाउँदै कार्यान्वयनको दृढता समेत व्यक्त गरे।
हरेक पिडितले राज्यबाट न्यायको लागि सडक आन्दोलन र आमरण अनसनमा बस्न पर्ने बाध्यताको अन्त्य हुन जरुरी छ ।
0 comment