काठमाडौं - जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।
यस प्रकरणसम्बन्धी मुद्दा भोलि अदालतमा दर्ता गरिने सरकारी वकिल कार्यालयले जनाएको छ। मुद्दा दर्ता भएपछि भोलिबाटै थुनछेक बहस सुरु हुनेछ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अदालतले हिरासतमा राख्न दिएको म्याद मंगलबार सकिएपछी म्याद थप गर्नका लागि १६ जनालाई अदालतमा उपस्थित गराइएको थियो।
0 comment