काठमाडौं – बैतडीमा एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरीएको छ ।
यसरी उद्धार गरिनेमा जिल्ला दोगडाकेदार गाउँपालिका १ रीमकी २६ बर्षीया दमयन्ती भट्ट जोशी रहेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताएका छन् ।
दमयन्तीको सोमबार राति शल्यक्रियाद्वारा बच्चा निकालिएको थियो तर उनको अत्यधिक रक्त श्राव भएका कारण जिल्ला अस्पताल बैतडीमा उपचार हुन न सकेपछि नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।
दमयन्तीलाई बैतडीमै ६ युनिट रगत चढाएको र थप उपचारका लागि अन्यत्र रेफर गर्नुपरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी डोबालले बताए ।
यसरी समस्यामा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तगर्त हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको छ ।
0 comment