काठमाडौं – सर्वोच्च अदालतबाट समेत जन्मकैदको सजाय सदर भएका रेशम चौधरीको रिहाइका लागि सरकारले प्रक्रिया सुरु गरेको छ । टीकापुर घट्नामा दोषि ठहर भएका चौधरीलाई गणतन्त्र दिवसमा “कैद” माफी दिने सरकारले तयारी गरेको हो । 

सरकारले केही समय अघि चौधरीलाई उन्मुक्ति दिनका लागि प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक दर्ता गराएको थियो । उक्त विधेयक संसद्मा पेस भए लगत्तै सर्वोच्चले चौधरीको हकमा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले गरेको जन्मकैदको फैसला सदर हुने फैसला सुनाएको थियो । 

चौधरीलाई छुटाउने अन्य विकल्प सकिएपछि सरकारले उनलाई बाँकी कैद माफी दिने प्रक्रिया सुरु गरेको हो । सरकारले आगामी गणतन्त्र दिवसका दिन उनलाई राष्ट्रपतिबाट माफी दिने तयारी गरेको छ । जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर चौधरीलाई रिहाइ गर्ने सरकारको तयारी छ ।