सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको गज्जबको कमाउ धन्दा भेटिएको छ ।
न गाउँपालिकाले कुनै टेन्डर खोलेको छ, न त वालुवा, ढुङ्गा, गिट्टी कर उठाउँदै छ भन्ने कुनै जानकारी आएको छ । तर गाउँपालिकाले नगदी रसिद काटेको भेटिएको छ । अझा रोचक कुरा त के छ भने गाउँपालिकाले काटेको रसिदमा भुक्तानिकर्ताको नाम, ठेगाना वा कुनै विवरण पनि छैन । के को लागी रसिद काटिएको हो खुलेको छैन । यहाँसम्म कि रसिद काटिएको मिती समेत छैन ।
कतै कसैले गाउँपालिकाको नाममा दुई नम्बरी धन्दा गरिरहेको त छैन ? होईन भने, यसरी गाउँपालिकाको रसिदको दुरुपयोग गर्नेलाई कारवाही हुनुपर्छ कि पर्दैन ?
कि गाउँपालिकाले यसरी नै लुट्नु भनी कार्यकर्ता भर्ती गरेको हो ?
0 comment