काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।
संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पठाओ लगायतका राइडरका लागि आवश्यक कानुन बनाइने बताए। उनले सरकारी कार्यालयमा विद्युतीय सवारी किन्ने नीति अवलम्बन गरिने बताए।
त्यस्तै आगामी वर्ष हुम्लालाई राष्ट्रिय सडकसँग जोडिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। पौडेलले न्यून आय भएको वर्ग र समुदायलाई स्थानीय तहमार्फत् लघुबीमा गर्न सहजीकरण गर्ने बताए।
त्यसैगरी, राष्ट्रपति पौडेलले तिलौराकोट र राम जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरिने बताए ।
पौडेलले दोधारा चाँदनी सुख्खा बन्दरगाह तीन वर्षभित्र सम्पन्न गरिने बताए । व्यापारिक कारोवारमा सिण्डीकेट र कार्टेलिङ अन्त्य गरी उपभोक्ता ठगिने वातावरणको अन्त्य गरिने बताए । विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि पहल गरिने बताए । उले चलचित्र पर्यटनको विकास गरिने बताए ।
त्यस्तै, राष्ट्रपति पौडेलले हेटौंडा कपडा उद्योग, गोरखकाली टायर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने जानकारी दिए।
उनले लामो समयदेखि बन्द तथा रुग्न अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिनेसमेत जानकारी दिए।
निजी क्षेत्रको सहकार्य र साझेदारीमा औद्योगिक क्षेत्र विषेश, औद्योगिक ग्रामको पूर्वाधार तथा सञ्चालन गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा समेटिएको छ।
त्यस्तै उद्योगका लागि आवश्यक पर्ने माल र प्रसारण लाइन लगानीकर्ता स्वयंले निर्माण गरेको लागतको निश्चित स्रोतभर्ना सरकारले दिइने राष्ट्रपति पौडलले जानकारी दिए।
सरकारले उद्योगी सञ्चालनका लागि विद्युतमा सहुलियत दिइने र लद्यु, घरेलु र साना उद्योगको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ।
त्यसैगरी, राष्ट्रपति पौडेलले सरकारले भाडामा लगाएका जग्गाहरुको अनुगमन गर्ने बताएका छन् ।
पौडेलले ढुंगाजन्य वस्तु नियमनका लागि अत्यावश्यक कानुनी व्यवस्था गरिने बताए । गरिबी परिचयपत्र वितरणको कार्य दुई वर्षभित्र वितरण गरिसक्ने सरकारको योजना रहेको बताए ।
सरकारले सहकारीहरुको नियमन गर्न सहकारी नीति परिमार्जन गरिने बताए ।
पौडेलले औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढाउन विदेशस्थित कुटनीतिक क्षेत्रबाट पहल थालिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । बन्द भएका हेटौंडा सिमेन्ट, गोरखकाली उद्योग सञ्चालनमा ल्याइने बताए ।
त्यस्तै, राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षमा कर पुनरावलोकन गर्ने बताएका छन् ।
वित्तिय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने बताए । पौडेलले भने,‘सरकारी कार्यालय,विकास समितिलाई गाभ्ने वा खारेज गर्ने र त्यो सम्पत्ति व्यवस्थापन गर्न उचित कानुन प्रवद्र्धन गर्ने व्यवस्था मिलाइनेछ ।’
संघ, प्रदेश र स्थानीय तहको बजेट निर्माणदेखि कार्यान्वयनसम्ममा पुँजीगत खर्च वृद्धि गरिने बताए । पौडेलले वित्तिय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने बताए । आगामी आर्थिक वर्ष पुँजीगत खर्चमा वृद्धि गरिने बताए ।
उनले राजस्व प्रशासनलाई चुस्त बनाइने बताए । पौडेलले भने,‘राजस्वको दायरा विस्तार गरिनेछ । आर्थिक क्रियाकलापलाई औपचारिक क्षेत्रमा समेटिनेछ । तिनै तहको बजेट निर्माणदेखि कार्यान्वयनसम्म पुँजीगत खर्च वृद्धि गरिनेछ । वित्तिय संघीयताको प्रभावकारी कार्यान्वयन गरिनेछ ।’
सरकारले कृषि उत्पादनलाई प्रोत्साहन गर्न एक वडा एक विशेष उत्पादन क्षेत्र कार्यक्रम अघि सारिएको बताए । स्थानीय स्तरमा कृषि उत्पादनलाई प्रोत्साहन गर्ने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ।
त्यसैगरी, राष्ट्रपति पौडेलले सरकारी ऋण पत्र उपलब्ध गराउनुको साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गर्ने जानकारी दिए।
त्यस्तै उनले देशभरि बीमाको पहुँच विस्तार गर्ने बताए। न्युन आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत् लघु बीमा गराउन सहजीकरण गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।
त्यस्तै, राष्ट्रपति पौडेलले सरकारको ध्यान अर्थतन्त्र सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
पौडेलले भने,‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ । वैदेशीक लगानीमा सकारात्मक प्रभाव देखिन थालेको छ । विदेशमा रहेकाहरू सामाजिक सुरक्षा कोषमा आवद्ध हुन थालेका छन् । भ्रष्टाचार नियन्त्रणको सहनशीलतालाई कार्यान्वयन गर्न थालेको छ । विधिको शासनप्रति जनताको भरोसा बढेको छ । सुशासनमा कुनै सम्झौता हुनेछैन ।’
उनले संघीय लोकतान्त्रीक गणतन्त्र संस्थागत हुँदै गएको बताए । पौडेलले सरकारको नीति तथा कार्यक्रममा मानव विकासको सूचकांकमा पछि परेका सुदूरपश्चिम र मधेश सरकारलाई प्राथमिकतामा राखिने बताए । नीति तथा कार्यक्रममार्फत् राष्ट्रिय समन्वय परिषद्लाई क्रियाशिल बनाइने बताए।
त्यसैगरी, सरकारले काठमाडौं-तराई फास्ट ट्रयाकलाई चार वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने घोषणा गरेको छ।
राष्ट्रपति पौडेलले पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइने जानकारी गराए।
त्यस्तै राष्ट्रिय राजमार्गहरूमा सुरुङ मार्ग, फ्लाई ओभर तथा अन्डर पाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण कार्यलाई निरन्तरता दिइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ।
त्यस्तै रणनीतिक तथा ब्यापारिक महत्वका सडक खण्डको निर्माण तथा स्तरोन्नति गरिने र त्यस्ता सडक खण्ड पाँच वर्षभित्र सम्पन्न गर्ने सरकारको नीति रहेको राष्ट्रपति भौडेलको भनाइ छ।
त्यस्तै पूर्व-पश्चिम राजमार्गलाई स्तरोन्ति गर्ने कार्यलाई निरन्तरता दिइने र आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडकसँग जोडिने नीति तथा कार्यक्रममा समेटिएको छ। महाकाली, कर्णालीलगायतका करिडोरको निर्माणलाई समेत सरकारले प्राथमिकतामा राखेको छ।
त्यसैगरी, राष्ट्रपति पौडेलले सरकारी कार्यालयहरूमा विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिइने जानकारी दिए।
उनले सहरमा विद्युती सवारी सञ्चालन गरिने र त्यस्ता प्रविधिलाई सहुलियता प्रदान गर्ने बताए।
'सहरमा क्रमशः विद्युतीय सञ्चालनको व्यवस्था मिलाइने छ। ग्यास डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय ऊर्जाबाट चल्नेगरी रुपान्तरण गर्ने प्रविधिलाई सहुलियतसहित प्राथमिकता दिइनेछ,' नीति तथा कार्यक्रममा समेटिएको छ।
त्यस्तै, सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रुपमा र २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेको छ।
राष्ट्रपति पौडेलले हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षासम्बन्धी मापदण्ड कडाईका साथ लागू गरिने बताए। उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवं टर्मिनल भवनको स्तरोन्नति गर्दै नियमित हवाई उडान सञ्चालनमा जोड दिने बताए।
नेपाल वायुसेवा निगमको पुन:संचरना गरिने बतए। नयाँ मुलुकहरूसँग हवाई सेवा संझौता गरी नेपाली वायु सेवा कम्पनीहरुको अन्तर्राष्ट्रिय बजार विस्तार गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै पौडेलले निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थलहरूलाई पूर्ण क्षमतामा उपयोगमा ल्याइने बताए।
त्यसैगरी, राष्ट्रपति पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया द्रुत रूपमा अगाडि बढाउने घोषणा गरेका छन्।
प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने समेत बताए। हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने उनले बताए।
आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नति गर्ने समेत उनले बताए। नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने बताए।
त्यस्तै, राष्ट्रपति पौडेलले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराइने बताए ।
दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्याइने बताए । विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोडिने बताए । खाना पकाउने ग्याँसलाई विद्युतबाट प्रतिस्थापन गर्ने सरकारको योजना रहेको बताए । हाइड्रोजन इन्धनको उत्पादन सम्भाव्यताको अध्ययन गरिने बताए ।
त्यसैगरी, राष्ट्रपति पौडेलले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिएका हुन्। सुरक्षाको दायराभित्र सबै नागरिकलाई समेट्दै लैजाने उनले बताए।
त्यस्तै, राष्ट्रपति पौडेलले नागरिकता सम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरे। उनले अब विदेशमा रहेका नेपाली नागरिकले आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताए। एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने सरकारले घोषणा गरेको छ।
0 comment