काठमाडौं – यार्चा गुम्बा एक बहुमुल्य जडिबुटि हो । लामा हिमालीयान भोटे भाषामा यार्चाको अर्थ यार–बर्ष चा–घाँस बार्खे घाँस र गुम्बा गुम्ब–हिउँदो बु– किरा अर्थत हिउँदे किरा हुन्छ । 

यो समुन्द्र सतहबाट ३,००० मीटर देखी ६,००० मीटरको उचाईमा पाइन्छ । यसलाई तिब्बती भाषामा यार्चागुम्बा भनिन्छ । यार्चागुम्बा एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ ।

हिमाली भेगमा हिउँद सकिएपछि बैशाख तिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फूल्न शुरु गर्छ, त्यही समयमा पुतलीहरूले फुल पार्न थाल्छन । सोहि पुतलिको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमीन मुनि पुग्छ र उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ । यसको जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुन्छ ।

जमीन मुनिको भाग ४ मि. मि. मोटो र ४ से. मि. जति लामो तथा माथीको भाग मसिनो ५–६ से. मि. जति लामो हुन्छ । यार्चागुन्बु यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समुद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बा’ भनिन्छ ।
पछिल्लो समय यार्सा खोज्न जाने मानिसहरुका लागि यो काल बन्न पुगेको छ, 

जिल्लाको बाँस गाउँपालिका भित्रका यार्सागुम्बा पाटनहरुमा १५ दिनमै चार घटना घटेका छन् । वैशाखदेखि हाल सम्म सात जनाले ज्यान गमाएका छन् । यस्तैगरी ढुंगाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । बुधवार दिउँसो १ बजे बाँस गाउँपालिकाको यार्सागुम्बा पाइने बन स्याङ्पा पाटनमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दुहु गाउँपालिका वडा नम्बर ५ पासुका १४ वार्षिक बालक पारस महरा रहेको मृतकका आफन्त जनक महराले बताए । यता जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महराको मृत्यु भएको हो । मृतक महरा धारीपाटा माध्यमिक विद्यालय धारीमा कक्षा ८ मा अध्ययनरत थिए । गत शनिवार राति हुम्दुङतीस्थित पाटनमा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा चट्याङ लागेर तीन जना संकलक घाइते भएका थिए । चट्याङ लागेर दुहुँ गाउँपालिका– २ हिकिलाका १८ वर्षीय महेश बडाल,  सोही गाउँपालिका– १ पिपलचौरी बस्पालीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए । घाइते भएका तीन जनाको हेलिकप्टर मार्फत उद्धार गरी उनीहरुको उपचार भइरहेको छ । 

वैशाख १९ गते मंगलबार बाँस गाउँपालिका १ भोलुममा हिम पहिरो गएको थियो । उक्त हिमपहिरोमा जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापा, डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको मृत्यु भएको थियो ।

सो घटनामा ७ जनाले भागेर ज्यान जोगाएका थिए ।  बिहीबार मात्रै बाँस गाउँपालिका १ छाङरुका ४२ वर्षीय वीरसिंह अइतवालको कुन्ती भन्ने स्थानमा यार्सा संकलनका क्रममा मृत्यु भएको हो । उक्लिएका ३ जना घाइते भए । ७ जनाले भागेर ज्यान जोगाए तर ६ जनाले ज्यानै गुमाए । 

उच्च गुणस्तरको यार्साको अन्तर्राष्ट्रिय बजार मूल्य नै सुनभन्दा महँगो छ । त्यस कारण मानिसहरु यसलाई पाउन आफ्नो ज्यानै थाति राखेर जोखिम ठाउँमा गएर पनि संकलन गर्ने गर्छन् । यार्सागुम्बा भेटिने मौसममा त समुन्द्री सतहबाट हजारौँ मिटर माथिको गाँउहरु नै रित्ता हुने गर्दछन् । विद्यालय बन्द देखि हातपात चल्ने सबै जना यस यार्साको खोजीमा निस्कने गर्दछन् ।

बर्षायाम सुरु हुँदा नहुँदै खासगरी जिल्लाको महाकाली नगरपालिका, मार्मा गाउँपालिका, बाँस गाउँपालिका, अपि हिमाल गाउँपालिका लगायत छिमेकी जिल्ला बैतडी लगायत सुदूर पहाडका मानिसहरु पनि यार्सा टिप्न दार्चुलाको बाँस जाने गर्दछन् । तै पनी बिशेष गरी दार्चुलाको केही ठाउँका मानिसहरू एक/दुई महिनाकै लागि ज्यानको बाजी लगाएर घरमा ताल्चा मारेर यार्सागुम्बाको खोजीमा जान्छन् ।