काठमाडौं - डडेल्धुराको परशुराम नगरपालिका-९ नौलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा नौ जना घाइते भएका छन् ।

 कञ्चनपुरको दैजीबाट जोगबुढा आउँने क्रममा दैजी-जोगबुढा सडक खण्डमा लु १ ज ४५७९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक डम्बर बिष्टले जानकारी दिनु भएको छ ।  

मृतकको सनाखत हुन सकेको छैन ।
घाइतेहरुको उपचारका लागि महेन्द्रनगर पठाइएको छ । 

घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । 

दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप सडकबाट करिव एक सय मिटर तल खसेको छ ।