काठमाडौं - दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन् । 

यसरी दुर्घटनाबाट ज्यान गुमाउनेमा रोल्पा रुन्टीगढी–९ निवासी २४ वर्षीया शोभा परियार रहेको र दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिएका छन् ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि लमही लगिएको प्रहरीले जनाएको छ । 

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा एक आपसमा ठोक्किँदा दुर्घटना भएको डीएसपी गौतमले जानकारी दिएका छन् ।