काठमाडौं – श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले चार महिनापछि पक्राउ गर्न सफल भएको छ ।
यसरी पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम घर भएका ३९ वर्षीय गर्भे विक रहेको प्रहरीले जनाएको छ ।
विकले आफ्नी श्रीमती २६ वर्षीया केशु विकलाई गत फागुन २० गते हत्या गरी कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित प्रयोगमा न आएको गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्यांकीमा फ्याँकी फरार भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फरार विकलाई काठमाडौंको चन्द्रागिरी नगरपालिका–१०, सतुंगलबाट पक्राउ गरीएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।
विकलाई आवश्यक कानुनी कारबाहीका लागि आज वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।
0 comment