काठमाडौं – धनगढीमा एक महिला डाक्टर मृत अवस्थामा फेला परेकी छिन् ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरकी २६ वर्षीया डा. प्रसन्ना शाह उनी आफ्नो घरमै मृत अवस्थामा फेला परेकी हुन् ।
शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले जानकारी दिएका छन् ।
शवको पोस्टमार्टम भई सकेको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन् । उनी मृत अवस्थामा फेला परेपछि अस्पतालले उनको परिवारप्रति समवेदना प्रकट गरेको छ ।
शाहको मृत्युको कारण नखुलेको हुँदा यसबारे प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
0 comment