काठमाडौं -  उखुको रकम भुक्तानी नभएको भन्दै कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले बिहीबार काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । 

आर्थिक वर्ष २०७१/७२ मा सरकारले २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरे पनि हालसम्म नपाएको भन्दै अनुदान रकम अविलम्व असुल उपर गराइ कारवाही गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

त्यस्तै उद्योगले लामो समयदेखि किसानको रकम भुक्तानी नगरेको उनीहरुको गुनासो छ । उनीहरुले सबै उखु किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उपजको सरकारले निर्धारण गरेको न्युनतम समर्थन मुल्य अनिवार्य रुपमा पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका थिए ।

त्यस्तै समितिले ट्याक्टर खरिद गर्दा सहुलियत दरमा भन्सार गराइ कृषकले स्वयं ल्याउन पाउने गरी व्यवस्था मिलाउन पनि माग गरेको छ ।