काठमाडौं – वर्षा सँगै परेको चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
यसरी चट्याङ लागेर मृत्यु हुनेमा मङ्गला गाउँपालिका–३ सातबिसे घर भै मङ्गला गाउँपालिका–३ कै घाम्ताङमा छोरीको घरमा गएकी ६० वर्षीया महिला रहेको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तले जानकारी दिएका छन् ।
जगदेवी कामीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएपछि मृतकका ज्वाइँले प्रहरीमा खबर गरेको प्रहरीले जनाएको छ ।
मृतकको सब पोस्टमार्टमका लागि सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सूचना अधिकारी किरण लामाले जानकारी दिएकाछन् ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक पन्तको नेतृत्वमा खटेको टोली घटनास्थल पुगेको थियो । घटनास्थलको मुचुल्का बनाएर सबलाई बेनी अस्पतालमा पठाएको उनले जानकारी दिएकाछन् ।
0 comment