काठमाडौं – दाङमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई झन्डै एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा तुलसीपुर ६ निवासी ३१ वर्षीय शुनिल वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।
उनलाई जबरजस्ती करणी मुद्धामा सर्वोच्च अदालत काठमाडौंकोले २०७९ जेठ १९ गते १६ वर्ष कैद र ५० हजार जरिमाना तोकेको थियो । तर अदालतको उक्त फैसलापछि उनी फरार रहँदै आएका थिए ।
फरार रहेका वलीलाई प्रहरीले बुधबार उनकै घरबाट पक्राउ गरीएको डीएसपी गौतमले जानकारी दिनु भएको छ । साथै वलीलाई बाँकी कैद भुक्तानीको लागि जिल्ला अदालतमा उपस्थित गराएर कारागार कार्यालय तुलसीपुरमा पठाईएको पनी प्रहरीले जनाएको छ ।
0 comment