काठमाडौं - प्रहरीले बाराबाट स्याउको कार्टुनभित्र लुकाई छिपाई राखेको १३ किलो ५०० ग्राम लागू ओैषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका-८ स्थित सडकमा मे १ ख २३२२ नम्बरको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गर्दा १३ किलो ५०० ग्राम गाँजासहित ४ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मकवापुरको मनहरी गाँउपालिका वडा नम्बर ८ ज्यामिरेका ३४ वर्षिीय राजकुमार भन्ने चन्द्र बहादुर मोक्तान, झापाको मेची नगरपालिका वडा नम्बर ६ शान्तिटोलका ४६ वर्षीय शंकर दाहाल, सोही ठाउँका ३४ वर्षीय बिनोद कुमार पोखरेल र रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का २४ वर्षीय अर्जुन गौतम रहेका छन्।
मकवानपुरको हेटौंडाबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको बसलाई रोकेर चेकजाँच गर्दा उक्त बसको सिट मुनी स्याउको कार्टुनभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध गाँजा १३ किलो ५०० ग्राम फेला परेको हो।
गाँजा र बससहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
0 comment