काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा परेका बालकृष्ण खाँण निलम्बनमा नपरेपछि आपत्ती जनाएका छन् ।
नेता थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पार्टीका नेता बालकृष्ण खाँण पक्राउ परेपनि सभापति शेरबहादुर देउवाले निलम्बन नगरेको भन्दै आपत्ती जनाएका हुन् । साथै गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्न न सकिने बताएका हुन् ।
बुधबार राजधानीमा आयोजित प्रजातान्त्रिक विचार समाजको महाधिवेशनमा बोल्दै नेता थापाले यो प्रकरण राष्ट्र द्रोह भन्दै दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताएका छन् साथै नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताए ।
पार्टीको बैठकमा खाँणलाई निलम्बन गर्न माग गर्दा समेत सभापति देउवाले नमानेको उनको भनाइ छ । उनले भने,’ नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता मुछिनु भएको छ । विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियाको पालना सबैले गर्नुपर्छ । अनुसन्धानबाट यदि दोषी भएमा दोषीले सजाय पाउनुपर्छ । यसमा जो–जो मुछिन्छन् सबैलाई कारबाही हुनु पर्ने बताएका छन् ।
पार्टीमा दाग लागे त्यसलाई निकालेर बाँकी रहेकालाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । कोहीप्रतिको पूर्वाग्रही भएर होइन । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्न न हुने बताएका छन् ।
0 comment