काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधान मन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारसंग कुनै उद्देश्य र गन्तव्य छैन खाली स्वार्थ मात्र भएको बताउनु भएको छ । त्यसैले सत्ताका लागि मात्र एमालेले गठबन्धन नगर्ने बताएका हुन् ।
बुधबार एमालेले आयोजना गरेको मदन–आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।
अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यबिहीन र नीतिविहीन भएको उनको भनाई छ । तर हामी कसैसँग कहिल्यै मिल्दै, मिल्दैनौं भन्ने होइन, तर सत्ताका निम्ति, सत्ता स्वार्थका निम्ति, सरकार गठनका लागि मिल्ने कुरा हामीबाट कदापी हुँदैन । पूर्वप्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन सत्ता, सरकारी गठबन्धन, सत्ता प्राप्त गर्नका लागि गरिएको गठबन्धन हो त्यसैले सत्ता गठबन्धन जस्तो कुरा हामीबाट कदापी नहुने बताए ।
साथै अध्यक्ष केपी शर्मा ओलीले महान सपना बोकेर पनि तीनलाई पूरा गर्न नपाउँदै हत्या गरिएका मदन भण्डारी आदर्श व्यक्ति भएको बताएका छन् । बुधबार एमालेले मदन नगर बल्खुमा आयोजना गरेको मदन–आश्रितको स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्ना सपना पूरा नहुँदै हत्या गरिएका भण्डारी र जीवराज आश्रितको सपना पूरा गर्न लाग्नुपर्ने धारणा राखेका छन् ।
0 comment