काठमाडौं – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसन आईओसी ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।
जस अनुसार पेट्रोलको मूल्य ९.५२ पैसाले घटेको छ भने डिजेलको मूल्य ८.१३ पैसा घटेको छ । भारतीय आयल कर्पोरेशनले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची सार्वजनिक गर्दै आएको छ ।
आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए । सञ्चालक समितिले उपभोक्ता मूल्य घटाउने वा नघटाउने निर्णय गर्ने उनले बताए । हाल डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १६५ रुपैयाँ र पेट्रोलको १७५ रुपैयाँ रहेको छ ।
0 comment