काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सत्तासाझेदार दलको बैठक बोलाएका हुन् । 

उक्त बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले सत्तासाझेदार दलको बैठक बोलाएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । उक्त बैठक सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दिउँसो साढे २ बजे बस्दै छ । 

सत्तासाझेदार दलमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी,

राष्ट्रिय जनमोर्चा,नेपाल समाजवादी पार्टी, आमजनता पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।