काठमाडौं – खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा तिनाउ गाउँपालिका–५, विस्कुनडाँडा घर भई माथागढी गाउँपालिका–३, कसेनीको अगेनी बस्ने १५ वर्षीय योगेश सुनारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले बताउनु भएको छ ।
अगेनीमा यामबहादुर चिदीको घरमा डेरा गरी बस्ने सुनारीसहित १५ वर्षीय अनिल चिदी र १५ वर्षीय विशाल गाहासँगै पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुवेर उनको मृत्यु भएको हो ।
डुबेपछि उद्धार गरिएका सुनारीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाईएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
0 comment