काठमाडौं – दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना व्यक्ति घाइते भएका छन् ।
यसरी घाईते हुनेमा, डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिनु भएको छ ।
राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर घाइते भएका चारै जनाको स्वास्थ्ये अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले जानकारी दिनुभएको छ ।
0 comment